For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जका व्यवसाले मागे ‘व्यवसायिक सुरक्षा

byDainik Nepalgunj
February 24, 2024
in News
0 0
0
नेपालगन्जका व्यवसाले मागे ‘व्यवसायिक सुरक्षा
Share on FacebookShare on Twitter

व्यवसायिक सुरक्षा माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १४ बूँदे ज्ञापनपत्र बुझाएको छ ।

नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघले यहाँका उद्योगी व्यवसायीको व्यावसायिक सुरक्षा र नेपाल–भारत खुला सीमाका कारण सिर्जित समस्याका विषयमा गृहमन्त्री श्रेष्ठमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

साविकको मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका २४ जिल्लाको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र बाँके अहिले पनि पश्चिम नेपालको आर्थिक, वाणिज्य, कृषि, जडीबुटी, पर्यटकीय क्षेत्र, शैक्षिक, स्वास्थ्य सेवा र संस्कृतिमा अग्रणी स्थानमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष टंक धामीको नेतृत्वमा पदाधिकारीहरुले बुझाएको ज्ञापनपत्रमा वर्षौं अघिदेखि भारत र चीनमा आयात निर्यातको व्यावसायिक ट्रान्जिट बाँके बनेको भन्दै आर्थिक विकासमा प्रशस्त सम्भावना बोकेको बाँके खुला सीमा र त्यहाँबाट हुने अवैध कारोबारका कारण प्रभावित बनेको उल्लेख छ ।

भारतबाट दैनिक उपभोग्य सामानहरु (खाद्यान्न, तरकारीलगायत) को गुणस्तर परीक्षणबिना नै आयात हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै अध्यक्ष धामीले अवैध आयातका सामानसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेर उद्योगी धराशायी हुँदै गएको औँल्याए ।

यस्तो विषम परिस्थितिमा उद्योगी व्यवसायीलाई गरी खाने वातावरण निर्माण गर्नुको साटो विभिन्न बहानामा हतोत्साही भइरहेको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीम बहादुर रानाभाटले भने, ‘सहजरुपमा उद्योग सञ्चालनका लागि आवश्यक नीति निर्माण, शुलभ दरमा बैंक ब्याजलगायतमा ध्यान पुर्याउन सरकार गम्भीर हुन आवश्यक छ ।’

यस्ता छन्, नेपालगन्ज उद्योग वाणिज्य संघका माग

– सीमाको भारतीय बजार रुपैडिहामा दैनिकरुपमा १२ हजार पाँच सयजना नेपाली किनमेलका लागि जाने गरेको बाँकेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सीमा सुरक्षा पोष्टको प्रतिवेदनमा उल्लेख छ । उनीहरुले एकपटकमा न्यूनतम एक हजार पाँच सयदेखि ३० हजार रुपैयाँसम्मको सामान खरिद गर्ने गरेको र औषतमा दैनिक पाँच हजार रुपैयाँ बराबर खर्च गर्ने गरेको पाइन्छ । यो तथ्यांकको आधारमा नेपालगन्जस्थित जमुनाहा नाकाबाट हरेक दिन ६ करोड २५ लाख रुपैयाँ बाहिरिने गरेको छ । संघले २०८० असोज १५ गतेको एक घण्टामा दुई हजार ६ सय ९४ जना जमुनाहा नाकाबाट भारत प्रवेश गरेको तथ्याङ्क संकलन गरेको थियो ।

यो तथ्यांकलाई आधार मान्दा दिनको १० घण्टा सीमा खुल्दा २६ हजार नौ सय ४० जना भारतमा किनमेल वा श्रम गर्न गएको देखिन्छ । फर्कंदा हरेक व्यक्तिले औसतमा पाँच हजार रुपैयाँ बराबरको सामग्री लिएर आएको पाइएको थियो । चाडपर्वका बेलामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दैनिक ४० हजार जना किनमेलका लागि छिमेकी भारतीय बजार जाने गरेको सिमामा खटिएका प्रहरीको प्रतिवेदनबाट थाहा भएको छ ।

सीमा नाका व्यवस्थित र प्रविधिमैत्री नहुँदा उल्लेखित भारतमा किनमेल गर्ने नेपालीले यो वा त्यो बहानामा राज्यलाई तिर्नु पर्ने कर नतिरेको र खटिएका प्रहरीको आँखा छलेको देखिन्छ । यस्तो अभ्यासबाट दैनिक करोड बढी छलि भएकोले राजस्व छलि रोक्न ठोस पहल गर्न आग्रह गर्दछौ ।

– नेपालगन्ज भन्सार कार्यालयले जमुनाहा नाका क्षेत्रमै कम्तीमा पनि ३० वटा भन्सार काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएर छिटोछरितो कर असुली गरेमा आयात गरिने सामानमा औसत २३ प्रतिशतका दरले मात्र भन्सार महसुल संकलन हुँदा पनि यो नाकाबाट दैनिक एक करोड ४३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन हुने देखिन्छ । तसर्थ, तत्कालै भन्सार काउण्टरको संख्या बृद्धिका लागि पहल गर्न जोडदार माग गर्दछौ । त्यसैगरी १०० रुपैयाँ भन्दा बढीको सामान आयात गर्दा भन्सार महसुल तिर्नु पर्ने प्रावधानलाई अझ प्रभावकारी बनाउन अनुरोध गर्दछौं ।

– भारतबाट किनमेल गरेर फर्केका ग्राहकको सामान चेकजाँच गरी जमुनाहा नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउन २०७५÷७६ देखि जमुनाहा नाकामा थन्काएर राखेको स्क्यानर मेसिनलाई नियमित संचालन गर्न र नयाँ फेस रिडर मेसिन जडान गरी सञ्चालन गरेर एकै ठाउँबाट प्रभावकारी चेकजाँच गर्न माग गर्दछ । जमुनाहा देखि चौलिकासम्म गरिने चेकजाँचले भारतबाट आउने पर्यटकलाई पनि असर पुगेकोले सो बन्द गर्न आग्रह गर्दछौं ।

– सीमावर्ती रुपैडिहामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जस्तै जमुनाहा नाकामा पनि भारत प्रवेश गर्दा र भारतबाट नेपाल आउँदा सबै यात्रीहरुलाई अनिवार्य रुपमा परिचय पत्रका चेकजाँच गर्ने व्यवस्था लागूका लागि पहल गर्न माग गर्दछौ ।

– जमुनाहा नाकाको पूर्व र पश्चिमको १÷१ किलोमिटरको दुरीमा आधा दर्जन भन्दा बढी तस्करी गर्ने नाकाहरु रहेका छन । त्यहांबाट हुने चोरी पैठारी र राजस्व छलि रोक्न लामो दुरीको सीसी क्यामेरा जडान गरेर कडा निगरानी गर्न माग गर्दछौ । साथै त्यस्ता सामग्री ढुवानी हुने बाटोहरुमा पनि सिसि क्यामेरा जडान गरी अनुगमन बढाउन अनुरोध गर्दछौं ।

– सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका साईगाऊँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइयाबघौडामा छोटी भन्सार संचालन गरेर अवैध आयात नियन्त्रण तथा राजस्व वृद्धिका लागि पहल गर्न माग गर्दछौ ।

– युवा विदेश पलायन हुने हालको डरलाग्दो स्थिति रोक्न कक्षा ८ देखि स्नाकोत्तरसम्म अध्ययनरत विद्यार्थी र अध्ययन गर्न छोडेको सोही उमेर समूहका किशोरकिशोरी र युवाका लागि स्वदेशमै पढ्न स्वदेशमै पेसा, व्यवसाय गर्न र रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने थप नीति र कार्यक्रम ल्याउन, युवालाई उद्यमी बनाउन विशेष कार्यक्रम ल्याउन माग गर्दछौं ।

– एक पटक सम्झौता भएपछि बेस रेट बढ्यो भनेर बैंकहरुले मनोमानी ढंगले व्याज बढाएर उद्योगी व्यवसायी र सर्वसाधारणलाई लुट्ने अभ्यास तत्काल रोक्न र पूर्व सम्झौताअनुसार गर्न गराउन जोडदार माग गर्दछौं ।

– धार्मिक सहिष्णुता कायम राख्नु पर्ने नेपालगन्ज सहरमा प्रहरीको दरबन्दी कम भएर बा दरबन्दीअनुसारका जनशक्ति कम भएर जनताले पूर्ण सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । दैनिक चोरीका घटनाहरु पनि बढेका छन् । यसको गहन अध्ययन गरी जनता, उद्योगी र व्यवसायीको जीउधनको सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछौं । साथै नेपाल प्रहरीको हवाला दिँदै उद्योगी व्यवसायीबाट रकम मागेको सुनिन आएकोले त्यस्ता कर्मचारीहरु वा नेपाल प्रहरीको भेषधारी व्यक्तिहरु पहिचान गरी कारवाहीको दायरामा ल्याई अनावश्यक तनाव दिने कार्य बन्द गर्न माग गर्दछौं ।

– ३५० जनाको क्षमता भएको नेपालगन्ज कारगारमा ९५० जना कैदी राखेको र त्यहाँको व्यवस्थापन फितलो हुँदै गएकोले सो को उचित व्यवस्थापनका लागि ध्यानाकर्षण गराउँछौं ।

ड्ड नेपाल प्रहरीका विभिन्न तहका कर्मचारीहरु सरुवा भएर पनि सम्बन्धित जिल्ला नगई काज मिलाएर बाँकेमा नै बसेर देश र जनताको सुरक्षाभन्दा व्यक्तिगत हितमा लागेको जिल्लाको सुरक्षा योगदान नगरेको पाइएकोले तत्काल सरुवा भएको कार्यालयमा नै पठाउने व्यवस्था मिलाउन आग्रह गर्दछौं ।

– प्रमुख जिल्ला अधिकारीको प्रयासका बावजुद सरकारी गाडी लिएर जनप्रतिनिधि र कर्मचारी भारतीय बजारमा किनमेल गर्न जाने र फूर्ति लाएर गाडी चेकजामा अवरोध सिर्जना गर्ने कार्य तुरुन्त बन्द गरियोस् । भारतबाट आउने पर्यटकहरुको विशेष सुरक्षा सहित सजिलो गरी नेपाल आउने, नेपालका पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिने र लामो समयसम्म बस्ने व्यवस्थालाई सहज बनाउन जमुनाहामा पर्यटक परामर्श केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन अनुरोध गर्दछौं ।

– स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना र सञ्चालन बिना देशको आर्थिक विकास हुन नसक्ने ठम्याइका साथ लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको प्रमुख नगर नेपालगन्जमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले भारत र चिनका मेसिनरी उत्पादकहरुलाई निम्त्याएर मेसिनरी एक्स्पो लगाउने र स्थानीय सरकारहरुसँग समन्वय गरी उद्यमी उत्पादन गर्ने योजना बनाएको छ । सो का लागि जग्गा र स्थायी प्रकृतिको संरचना आवश्यक पर्ने भएकोले विगतमा संघले भोगाधिकार प्राप्त गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो स्थित सडक डिभिजनको १० विगाह जग्गा पुनः भोगचलन वा प्रचलित स्थानीय दररेटमा लिजमा उपलब्ध गराउने व्यवस्थाका लागि सहजीरकण गरि दिनु हुन अनुरोध गर्दछौं ।

Previous Post

नेपालगन्जका व्यवसायीद्वारा व्यावसायिक सुरक्षाको माग

Next Post

घरेलु हिंसामा उजुरी दिंदै पुरुष

Next Post
घरेलु हिंसामा उजुरी दिंदै पुरुष

घरेलु हिंसामा उजुरी दिंदै पुरुष

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालमा महिला हिंसाको अवस्था

बाँके : ३६ दुर्घटनामा सातको गयो ज्यान

April 19, 2026
निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

निःसन्तान दम्पती बुझ्दै ‘आइभिएफ’

April 19, 2026
पूर्व विद्यार्थी समाजमा शर्मा

पूर्व विद्यार्थी समाजमा शर्मा

April 19, 2026
भारतबाट ल्याइएको अवैध माछा बरामद

भन्सार छलिएको ३१ लाख बढीको सामान बरामद

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version