नेपालगन्ज एयरपोर्ट भित्र लिइने पार्किङ्ग शुल्कको आलोचना हुँदै आएको छ । मनपरी शुल्क लिइने नागरिकको गुनासो बीच पार्किङ्ग शुल्क, त्यसको सम्झौता लगायतका बारेमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयसँग सूचना माग गरिएको छ ।
नेपालगन्ज विमानस्थल भित्र रहेको सवारी साधन (पार्किङ्ग) सेवा शुल्कको सम्बन्धमा सार्थक टे«ड सेन्टर एण्ड सप्लायर्सका बिचमा ठेक्का सम्झौता भएको छ, छैन ? पार्किङ्ग गरे वापत लिने दस्तुर मापन कसरी निर्धारण गरिएको हो ? सो अधिकार कुन कानून अन्तर्गत भएको हो ? लगायतका बारेमा सूचना माग गरिएको हो ।
‘उपभोक्ताबाट उठाईएको पार्किङ्ग शुल्क पारदर्शिता र प्रयोग के मा हुने गरेमा छ ? उठाइएको रकम उपभोक्तालाई फाईदा हुने कुनै कार्यमा खर्च गरिन्छ गरिदैन त्यसको जानकारी उपभोक्तालाई के कसरी गराउने गरिएको छ ?
‘उपभोक्ताबाट उठाइएको पार्किङ्ग शुल्क पारदर्शिता र प्रयोग के मा हुने गरेमा छ ? उठाइएको रकम उपभोक्तालाई फाईदा हुने कुनै कार्यमा खर्च गरिन्छ गरिदैन त्यसको जानकारी उपभोक्तालाई के कसरी गराउने गरिएको छ ?’, माग गरिएको सूचनामा उल्लेख छ ।
त्यस्तै, सेवाग्राहीले काटेको टिकटमा कुन कुन सेवा वापतको शुल्क जोडिएको हुन्छ ? सो सेवा एयरलाइन्सले उपलब्ध गराएका छन्, छैनन् ? भन्ने पनि सूचना माग गरिएको अधिवक्ता बसन्त गौतमले जानकारी दिएका छन् ।
‘तोकिएको समय भन्दा ढिला हुने भएमा सबै सेवाग्राहीलाई फलाईट ढिलाको सम्बन्धमा जानकारी दिने सम्यन्त्र छ, छैन ? ढिलाको जानकारी दिने गरेको छ, छैन ?’, विमानस्थलसँग माग गरिएको सूचनामा उल्लेख छ, ‘फलाइट ढिला हुने भएमा वा सेवाग्राहीले फलाइट तोकिएको समयमा छ, छैन भनी सबै एयरलाइन्सबाट जानकारी लिन पाउने सम्यन्त्र के हो ? सबै एयरलाइन्सको टिकटमा त्यो व्यवस्थापन गरिएको छ, छैन ।’

एडभोकेसी फोरमका बसन्त गौतम, अधिक्ता विकास आचार्य, अधिवक्ता बल बहादुर चन्द, नागरिक समाज नेपालगन्ज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, फियानका सुरेश कुमार गौतमले सूचना माग गरेका हुन् ।
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.
© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.