For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

निर्दोष गिजराबासीमाथि निर्मम राजनीति

byDainik Nepalgunj
February 27, 2024
in मुख्य समाचार
0 0
0
निर्दोष गिजराबासीमाथि निर्मम राजनीति
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित फुटाहा बस्दै आएका तिलकबहादुर भुजेल सामान्य ज्यालादारी काम गर्थे । उनको कमाइले घर परिवार पाल्न धौधौ थियो । जग्गा किनेर घर हाल्ने उनले कल्पनासमेत गरेका थिएनन् । जो कल्पना थिएन, त्यसैलाई कसैले साकार पारिदिने खबर सुनाउँदा उनीमा खुसीको सीमानै रहेन । २०६१ सालतिर तत्कालीन नेकपा माओवादीका केही नेताहरुले उनलाई खजुरा गाउँपालिका-६ सिमलघारी गिजरामा सार्वजनिक जग्गा उपलब्ध गराउने आश्वासन दिए । त्यो आश्वासनलाई उनले सहजै स्वीकार गरे र गिजरामा टहरा बनाएर बसे । उनले जग्गा त पाए तर, लालपुर्जा अहिलेसम्म पनि पाउन सकेका छैनन् ।

उनीजस्तै द्वन्द्वमा माओवादीबाट विस्थापित भएर हजरा बम कालीकोटबाट नेपालगन्ज पुगिन् । उनलाई नेपालगन्जका व्यवसायी रतन, हिरा र राहुत टण्डनले गिजरामै बसाइँ दिए । उनीहरु जस्तै यहाँ पहाड तथा हिमालबाट मान्छे ल्याएर बस्ती बसाउने काम राजनीतिक दलले गरे । २०६२ पछाडि माओवादीले जसको जोत, उसकै पोत भनेर पहाडबाट सर्वसाधारण ल्याएलाई बस्ती बसायो । थोरै घरधुरी भएको गिजरामा अहिले ठूलो बस्ती भइसकेको छ । यहाँ करिब तीन हजार परिवार बसोबास गर्छन । तर, सबै लालपुर्जाविहीन छन् । जतिजति चुनाव आए त्यतित्यतिबेला उम्मेदवारको प्रमुख चुनावी कार्यक्रम गिजरा बस्तीमा हुन्छ र मुख्य चुनावी नारा हुन्छ यहाँका अव्यवस्थित, भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने ।

२०६२ सालतिर टण्डन परिवारले सञ्चालन गरेको चिनी उद्योगमा माओवादीले तोडफोड गरी जग्गा कब्जा गरेको थियो । विभिन्न राजनीतिक दलका आस्था राख्ने यहाँका बासिन्दाले त्यतिबेला माओवादीलाई सघाएका थिए । सघाउनुको एउटै कारण थियो, ‘जसले भोगचलन गर्छ, उसैलाई जग्गा दिने आश्वासन दिइएको थियो ।’

लालपुर्जाको आशाले सामूहिक कहिले कुन दललाई त कहिले कुन दलका उम्मेदवारलाई मतदान गर्छन यहाँका बासिन्दा । तर, जति जसलाई जिताए पनि उनीहरुको मत मात्र जान्छ लालपुर्जा आउँदैन । यसभन्दा अघिल्लो स्थानीय तहको चुनावमा एमालेलाई यहाँका अधिकांश जनताले मतदान गरे । एमालेबाट उम्मेदवार भएका किस्मतकुमार कक्षपति अध्यक्षमा निर्वाचित भए । जनतालाई दिएको आश्वासनअनुसार उनले लालपुर्जा वितरणका लागि प्रक्रिया अगाडि बढाए । तर, नेकपा माओवादीले यो प्रक्रियामा अवरोध गरेको नेकपा एमालेले बताएको छ । कक्षपतिको समयमा जग्गा नापजाँच, अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीको पहिचान भएको थियो । जब लालपुर्जा वितरण गर्ने अन्तिम चरणमा थियो, त्यतिबेला चुनाव आयो र स्थानीय सरकारको नेतृत्व फेरियो । अहिले नेकपा माओवादी केन्द्रका डम्बर विक (तुफान) गाउँपालिकाको अध्यक्षमा निर्वाचित छन् । यस वडामा माओवादीकै फारुख शेष वडा अध्यक्ष छन् ।

कक्षपति अध्यक्ष हुँदा एक परिवारलाई दुई कठ्ठाका दरले जग्गा दिने सहमति भएको थियो । त्योभन्दा बढी भोगचलन भएको भए बाँकी जग्गा स्थानीय सरकारको दररेटअनुसार पैसा तिर्ने वा जग्गा फिर्ता दिने भन्ने सहमति पनि भएको थियो । त्यतिबेला एक सय ३० बिगाह जग्गामा अव्यवस्थित, भूमिहीन र सुकुम्बासीको बसोबास गर्दै आएका थिए । अहिले फेरि जग्गा वितरणको काम अगाडि बड्दै गर्दा विवाद उत्पन्न भएको छ । यसलाई नेकपा एमालेले राजनीति गरिरहेको स्थानीय सरकारको आरोप छ । खजुरा-६ का दुई सय ८३ जना मात्र वास्तविक अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी भएको भन्ने वडामा लगत संकलन भएको छ । दुई सय ८३ जना मात्र अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी भए अरु कहाँ जाने र के गर्ने भन्दै यहाँका बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले वडा कार्यालय, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उनीहरुले हिजो जसको जोत, उसकै पोत भन्दै बस्ती बसाउने र आज व्यवस्थित नगरेको बताउँदै आएका छन् । ‘हाम्रो ठूलो माग केही छैन,’ दलबहादुर सुनारले भने, ‘हामी जहाँ जसरी बसेका छौं त्यसरीनै सरकारले सही ढंगले व्यवस्थित गर्नुपर्छ ।’ सरकारले बसेकालाई व्यवस्थित गर्ने र यहाँबाट उठिबास नलाउने आश्वासन दिएपछि यहाँका धेरै व्यक्तिले सहकारीबाट ऋण लिएर बस्न मिल्ने घरसमेत बनाएका थिए । अहिले यसरी राजनीतिक चंगोलमा फस्दा लगानी जोखिममा परेको शारदाकुमारी शाहीले बताइन् । ‘त्यतिबेला आश्वासन पाएपछि सहकारीबाट ऋण लिएर घर बनाए,’ उनले भनिन्, ‘अहिले ऋण नै तिरिसकेको छैन तर, लगानी जोखिममा परेको छ ।’

वडाभित्रका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीलाई व्यवस्थित गर्दा विवाद झिक्न खोजिएको वडा नम्बर ६ का वडाध्यक्ष फारुक शेषले बताए । उनका अनुसार ति समुदायका व्यक्तिलाई व्यवस्थित गर्न लगत संकलन भइ प्रमाणिकरण गरिएको छ र जग्गा नापजाँचसमेत भइरहेको छ । वडा नम्बर ६ मा दुई सय ८३ जना वास्तविक अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी भएको उनको भनाइ छ । ‘तीन पुस्तासम्म जग्गा नभएका घरपरिवारलाई छनोट गरेका छौं,’ उनले भने, ‘लगत संकलनभन्दा बाहिरकालाई कसरी व्यवस्थित गर्ने र कहाँकहाँ व्यवस्थित गर्ने भन्ने अर्को विषय हो । यसलाई पनि छलफल गर्छौं ।’ लालपुर्जा वितरण गरेकाबाहेक अरु बासिन्दालाई पनि यहाँबाट नउठाउने उनको भनाइ छ ।

गिजरा बस्तीमा व्यक्तिको जग्गासमेत हडपेर बस्ती बसेको उनले बताए । ‘केहीले व्यक्तिको जग्गा पनि हडपेका छन् । केही सार्वजनिक जग्गामा छन् भने कोही सरकार र टण्डन परिवारको नाममा रहेको संयुक्त जग्गामा बसोबास गरेका छन्,’ उनले भने, ‘व्यक्तिको जग्गा हडपेर बसेकालाई हामीले के भन्ने । अर्कोको सम्पत्तिमा कसरी हक दाबी गर्ने ?’

अहिले यहाँका निर्दोष नागरिकमाथि निर्मम राजनीति हुँदा उनीहरु लालपुर्जा पाउनबाट वञ्चित भएका छन् । कसैलाई लाजपुर्जा दिने र कसैलाई नदिने स्थानीय सरकारको निणर्यले जनतालाई काखा र पाखा गरेको यहाँका स्थानीयको भनाइ छ । एउटा नीति लिएर सबैलाई व्यवस्थित गरेर बसोबासको व्यवस्था मिलाउन उनीहरुले स्थानीय सरकारलाई आग्रहसमेत गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन आएका गिजराका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी । तस्विरः कवीर/दैनिक नेपालगन्ज

Previous Post

त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल र नामिबिया भिड्दै

Next Post

लुम्बिनी प्रदेशमा गाडी चालकलाई ड्रेस अनिवार्य

Next Post
लुम्बिनी प्रदेशमा गाडी चालकलाई ड्रेस अनिवार्य

लुम्बिनी प्रदेशमा गाडी चालकलाई ड्रेस अनिवार्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

April 15, 2026
नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

April 14, 2026
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

बैशाख संक्रान्ति मनाउन बागेश्वरीमा भक्तजनको घुईँचो

April 14, 2026
‘फोर ब्रदर्स एफसी’ खजुरा गोल्डकपको सेमिफाइनलमा

‘फोर ब्रदर्स एफसी’ खजुरा गोल्डकपको सेमिफाइनलमा

April 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version