अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ । मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाइ बुझिलिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
मृतकको नाममा वृद्धभत्ता बाँड्ने तत्कालीन वडाध्यक्षविरुद्ध मुद्दा दायर
- Dainik Nepalgunj

- Categories: News
Related Content
बर्दियामा कल्पतरु
by
Dainik Nepalgunj
May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न
by
Dainik Nepalgunj
May 14, 2026
आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
by
Dainik Nepalgunj
May 14, 2026
मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड
by
Dainik Nepalgunj
May 14, 2026
लागूऔषधसहित चौध जना पक्राउ
by
Dainik Nepalgunj
May 14, 2026