For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

किन लुकाइन्छ लाइसेन्स परीक्षाको नतिजा ?

byDainik Nepalgunj
January 2, 2024
in News
0 0
0
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी

दैलेख पिलाडीका टीकाराम रिजालले गएको असोज २६ गते बि वर्गका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा दिएका थिए । ट्रायल परीक्षा पूर्ण सफलतापूर्वक पास गरेको टीकारामको दाबी छ । तर, ट्रायल प्रहरीले उनलाई परीक्षाको नतिजा रुजुका लागि समय लाग्ने भन्दै १५ दिनपछि नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालय भेरीमा सम्पर्क गर्न भनेको थियो । यसबीचमा उनले आफू परीक्षामा उतीर्ण वा अनुतीर्ण के भएको हो कुनै माध्यमबाट जानकारी पाएनन् । कार्यव्यवस्ताका कारण कार्यालय पुग्न नपाएपछि उनी पुस १६ गते सोमबार मात्रै कार्यालय पुगे । कार्यालय पुग्दा उनलाई ट्रायल परीक्षामा अनुत्तीर्ण भएको भनियो । के कारणले ट्रायल भनियो भन्ने जान्नका लागि कार्यालयको लाइसेन्स सम्बन्धि काम हेर्ने ५ नम्बर कक्ष प्रशासन शाखामा बुझ्न जाँदा ढोकामा ताल्चा लागेको थियो । यतिन्जेल घडीमा मध्यान्नको १२ बजिसकेको थियो ।

टीकारामले कार्यालय निमित्त कायालय प्रमुख माधवप्रसाद ज्ञवाली कहाँ गएर आफ्नो गुनासो सुनाए । कार्यालय प्रमुखले के कारणले ५ नम्बर कक्ष बन्द छ बताउन सकेनन् । बरु परीक्षाको नजिता पुनः हेरिदिन माग गर्दै निवेदन लेख्न सुझाए । टीकारामले पनि उक्त प्रक्रियाका लागि निवेदन लेखेका छन् । तर, उनले कार्यालयको रेकर्ड हेर्दा आफूले ट्रायल परीक्षा दिएको दिन अनुत्तीर्ण भएकाहरू पास भएको लेखिएको समेत दाबी गरे । उनले भने, ‘मेरो २४ सिरियलमा थियो । त्योभन्दा पछाडिकाहरू फेल हुनुभएको थियो । करिब ६० जनामा केहीजना बाहेक अरू फेल हुनुभएको थियो । तर अहिले यहाँ हेर्दाखेरी ४०÷५० जना पास भएको देखिन्छ । यो कसरी हुन पुग्यो ?’

यातायात व्यवस्था कार्यालय भेरीले परीक्षाको नतिजा सार्वजनिकरूपमा प्रकाशित गर्दैन । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि सबैभन्दा पहिले अनलाइनबाट फारम भरी बायोमेट्रिक रेकर्ड कार्यालयमै स्वयं उपस्थित भएर उपलब्ध गराउनुपर्छ । त्यसपछि लिखित परीक्षा हुन्छ । जसको नतिजा सोही दिन साँझसम्म आइसक्छ । तर, लाइसेन्स पाउनका लागि सबैभन्दा महत्वपूर्ण प्रयोगात्मक परीक्षाको नतिजा जान्नका लागि भने १५ दिनपछि आउनु भन्ने गरिन्छ । कार्यालय प्रमुख ज्ञवालीले देशभरीका कार्यालयमै ट्रायल परीक्षाको नतिजा सार्वजनिकरूपमा प्रकाशित नगर्ने गरिएको बताए । तर, त्यसको कारण बताउन सकेनन् । नतिजा एकमुष्ट र सार्वजनिकरूपमा प्रकाशन नगर्नुको कुनै कानुनी आधार वा बाध्यता छ ?भन्ने प्रश्नमा उनले त्यस्तो बाध्यता नरहेको बताए ।

सवारी चालक अनुमति पत्र परीक्षा सन्चालन कार्यविधि निर्देशिका २०७७ मा प्रयोगात्मक परीक्षा सम्पन्न भएको दिनदेखि अधिकतम तीन कार्यदिनभित्र केन्द्राध्यक्षले सम्बन्धित परीक्षार्थीको मुल्यांकन फारम हेरी प्रवेश पत्रमा प्रयोगात्मक परीक्षा उतीर्ण वा अनुत्तीर्ण हो भन्ने व्यहोरा अंकित गरी सहीछाप गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका साथै, प्रयोगात्मक परीक्षा सम्पन्न भई परीक्षा दिई उतीर्ण भएका परीक्षाथीहरूको रोल नम्बर, नाम थर खुलाई दुई प्रति सूची तयारगरी एक प्रति परीक्षा स्थलमा र एक प्रति कायाालयको सूचना पाटीमा टाँस्नु पर्ने व्यवस्था गरिएको छ । सम्भव भएसम्म सो सूचीको एक प्रति कार्यालयको वेवसाइटमा समेत प्रयोेगात्मक परीक्षा सम्पन्न भएको दनदेखि अधिकतम तीन कार्यदिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, कार्यालयले यस्तो कुनै माध्यमबाट पनि नतिजा प्रकाशित गर्दैन । नतिजा जान्नकै लागि सेवाग्राहीहरू भौतारिइरहेका हुन्छन् ।

अर्काेतिर कार्यालयले १५ दिन कटिसक्दा पनि नतिजा रुजु गरिसकेको हुँदैन । कार्यालय प्रमुख ज्ञवाली ट्रायलका सबै चरण पार गरेपनि गल्ती भएका ठाउँमा नम्बर घटाएर ७० प्रतिशत नम्बर ल्याउनेलाई मात्रै पास गर्नुपर्ने भएकोले लामो समय लाग्ने गरेको दाबी गर्छन् । तर, सेवाग्राहीहरू भने ट्रायल पछिको चरणमै आर्थिक लेनदेनमा लाइसेन्स वितरणका लागि सेटिङ्ग हुने गरेको बताउँछन् । यता कर्मचारीहरू १५ दिन लगाएर गरिने काममा पनि कुनै परीक्षार्थीको परीक्षामा त्रुटी हुनसक्ने तर्क गर्छन् । अर्काेतिर देशभरीकै कार्यालयमा परीक्षाको नतिजा सार्वजनिक नगर्ने गरिएकोले यहाँ पनि सोही प्रक्रिया जारी रहेको उनीहरूको तर्क छ । कार्यालय प्रमुख ज्ञवाली परीक्षाको नतिजा सार्वजनिक गर्नु आवश्यक रहेको स्वीकार्छन् । तर, किन गरिँदैन कारण खुलाउन सक्दैनन् ।

कार्यालयमा भेटिएका सेवाग्राहीले यातायात व्यवस्था कार्यालयको व्यवस्थापन नै बिचौलिया मैत्री भएको बताए । हुनपनि कार्यालय छेउको खाली जमिनमा सवारी साधन पार्क गर्ने गरिएको छ । सेवाग्राही त्यहाँ पुग्नेबित्तिकै बिचौलियाहरूले सेवाग्राहीको पिछा गर्न थाल्छन् । कार्यालय परिसरमा न नागरिक सहायता कक्ष छ न नागरिक बडापत्र नै । न सूचना अधिकारीको बारेमा फोन नम्बरसहितको बोर्ड राखिएको छ । सेवाग्राहीहरू सेवा लिने प्रक्रियाबारे जानकारी नपाएर भौतारिरहेका हुन्छन् । यही मौकामा बिचौलियाहरूले सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा पैसा असुल्छन् । तिनै बिचौलियामार्फत नै आर्थिक लेनदेनमा परीक्षामा अनुतीर्ण भएकालाई पनि लाइसेन्स दिने गरिएको आशंका सेवाग्राहीहरू गर्छन् । बिचौलियाहरूले सेवाग्राहीहरू लाइनमा बसेको बेला पनि कार्यकक्षभित्रै प्रवेश गरेर काम गराइरहेका हुन्छन् । कर्मचारीहरूले न कार्यालय पोशाक लगाएका हुन्छन् न परिचयपत्र नै भिरेका हुन्छन् ।

कार्यालय प्रमुख ज्ञवालीले सेवाग्राहीलाई प्रक्रियाबारे जानकारी दिने साधन र संयन्त्रको अभाव पनि स्वीकार गरे । उनले नागरिक वडापत्र र सेवाका लागि आधारभुत प्रक्रियाबारे जानकारी दिने बोर्डहरू छपाएर राख्न लगाइने पनि बताए । तर, परीक्षाको नतिजा सार्वजनिक गर्नेबारे तत्कालै आफूले केही गर्न नसक्ने उनको भनाइ छ । सूचनाको हकका पैरवीकर्ता एवं अधिवक्ता विश्वजित तिवारी कुनैपनि सार्वजनिक निकायले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिनुपर्ने बताउँछन् । सेवाग्राहीको सहजताका लागि पनि उपयुक्त माध्यमबाट नतिजा सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ ।

Previous Post

मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

Next Post

भारत – पाकिस्तानले आणविक प्रतिष्ठान, कैदीहरूको सूची साटासाट

Next Post
भारत – पाकिस्तानले आणविक प्रतिष्ठान, कैदीहरूको सूची साटासाट

भारत – पाकिस्तानले आणविक प्रतिष्ठान, कैदीहरूको सूची साटासाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

May 14, 2026
संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

May 14, 2026
सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

May 14, 2026
देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version