For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज मुख्य समाचार

आउने बजेट पनि सपनाको पोको नबनोस्

byDainik Nepalgunj
March 22, 2024
in मुख्य समाचार, विचार
0 0
0
आउने बजेट पनि सपनाको पोको नबनोस्
Share on FacebookShare on Twitter

जेठ १५ गते संसदमा पेश हुने बजेटको प्रिबजेट छलफल चलेको छ । जनताका लागि नयाँ सपनाका पोका बाँड्ने छलफल भएको छ या अरु त्यो अहिल्यै भन्न सकिन्न । सधैं झैं संसदमा बजेट पेश हुँदै गर्दा ब्यापारीहरुलाई कर भन्सारका दरहरु कम्फर्टेबल बनाउने र जनतालाई झुक्याउन ब्यापार मैत्री भएन भन्ने ओठे जवाफ तयार भएको हुन्छ । उता सीमा पारिका मालिकलाई रिझाउन लैनचौरको आदेश पालन भएकोमा सरकारीतन्त्र दङ्ग हुन्छ । अर्थमन्त्री मख्ख भएर आफ्नो मन्त्रणा सुुरक्षित हुनेमा ढुक्क हुन्छन् । तर नेपाली कृषक जनताका लागि त्यो बजेट हर्ष न बिस्मात बनेको हुन्छ । यो जुनसुकै सरकार आएका बेला यस्तै हन्छ । कथित कम्यूनिष्ट समाजवादीहरुको सरकार होस कि उदारवादीहरुको सरकार होस् । घुमीफिरी रुम्झाटार भने झैं सधैं उस्तै ।

हरेक बर्ष बजेटमा कनिका छरेर जनताको आँखामा छारो हाल्ने काम गर्न कुनै पनि सरकारहरुले चुकेका छैनन् । खर्च नगर्ने र श्रोतको नै ठेगान नभएका हाइपोथेटिकल कुराहरु जोडेर ओहो नि क्या गरेको छ भन्ने भ्रम छर्न पनि सबै सरकारहरु खप्पिस छन् । नेताहरुका भत्ता, नयाँ र महङ्गा गाडी खरिद गर्न भने बजेटको कमी हुँदैन । भएका आयोजनाहरु अलपत्र पारेर नयाँ शिलन्यास गर्ने सस्तो पखाला लगाउने काम पनि बजेटमा हुने गरेको छ । बनिसकेका र भैरहेका संरचनाहरुलाई उपयोगमा ल्याउने, पूर्ण क्षमतामा सञ्चालन गर्ने भन्दा पनि नयाँ नयाँ थपेर राज्यकोषमा दबाब बनाउने काम पनि हरेक बजेटमा हुने गरेको छ । यो सबै क्रियाकलाप भनेको जनता ढाँट्ने, राज्यकोषको चरम दुरुपयोग गर्ने, अनावश्यक र अनुत्पादक कार्यमा सार्वजनिक ऋण थप्ने र जनतालाई सपनाका पोका मात्रै बाँड्ने प्रपञ्च हो ।

यो चैत महिना हो । बजेटको मिति आउन त अझै दुई महिना बाँकी छ । यसपटक बजेटको सैदान्तिक छलफल गर्ने भनेर यस अगाडिको सरकारका अर्थमन्त्रीले संसदमा छलफलका लागि प्रिबजेट छलफल प्रस्तुत गरे । यसमा छलफल हुन नपाउँदै सरकार नै फेरियो । अर्थमन्त्री नै फेरिए । अहिलेका अर्थमन्त्रीले अर्को नीति ल्याउने संकेत गरिसकेका छन् । डम्फू बाँसुरी आ आफ्नै छन् । तर बज्ने र राम्रो धुन दिने चाला भने कुनैको छैन ।

गत हप्ता समाचार आयो यस आर्थिक बर्षमा पनि सरकारले यसबर्षको लागि छुट्याएको पूँजिगत बजेट आठ महिनामा ४० प्रतिशत पनि खर्च गर्न सकेन । यो समाचार नेपालको भलो चाहनेहरुका लागि पक्कै पनि कर्णप्रिय हुनै सक्दैन । नेपाली जनताले देखेको समृद्धिको सपनाको रित्तो पोको भन्नैपर्छ यो गतिलाई ।

नेपालमा बजेट बनाउने र खर्च गर्ने तौर तरिका यसबर्ष मात्रै होइन बितेका दुई दशक देखि नै मिलेको छैन । बजेट प्राय हाइपोथेटिकल बन्ने, श्रोतको सुनिश्चिता बिनाका बन्ने, अत्याधिक वितरणमूखि बन्ने गरेका छन् भने बल्लतल्ल छुट्याउने गरेको विकासे बजेट पनि समयमा खर्च नै नगर्ने र अर्को बर्ष खर्च हुँदैन भनेर बजेट कम छुट्याउने गरिएको छ भन्दा पनि हुन्छ ।

यस आर्थिक बर्षको लागि साढे सत्र खर्बको बजेट बनाइयो । त्यसको श्रोत नपुगेपछि समिक्षा अवधिमा संशोधन गरेर दुई खर्ब घटाइयो । पूँजिगत खर्चको बजेट झण्डै तीन खर्ब राखियो । आर्थिक बृद्धिको अपेक्षा ६ प्रतिशत राखियो । राजश्व संकलनको अनुमान १४ खर्ब राखियो । तर यी कुनैपनि अनुमानहरु नजिक नजिक पनि पुगेनन् । पुरै कोरा कल्पना जस्ता भए । यसले के देखायो भने नेपालको बजेट या त पुरै गलत तथ्याङ्का आधारमा बन्ने गर्छ, या मन्त्री, सचिव र केहि यिनका भितरिया सल्लाहकारहरुको लहटमा मात्रै बन्ने गर्छ । यसैले बितेका दुई दशकमा यस्तै यस्तै बजेटहरु बन्ने गरेका छन् । अचम्मको कुरा त यो छ कि वितरणका लागि छुट्याइएको बजेट मात्रै होइन थपेर रकमान्तर गरेर या ऋण लिएर पनि खर्च हुन्छ । तर निर्माण, पूँजिगत बजेटको अवस्था सधैं दयनीय नै हुने गरेको छ । तैपनि समृद्धिका नारा घोकेर जनतालाई छारो हालेर सपनाका पोकाहरु बाँड्न छोडिँदैन ।

देश समृद्ध बनाउन मुफतलालमा वितरण गर्ने र उधारोमा घ्यू बाँड्ने गरेर हुँदैन । तर सरकार बनाउन, सरकारमा रहिरहन यो प्रवृति सबै पार्टीमा रहेको छ । टुक्राटाक्री जोडेर बनाइने सरकारले यो अवस्थाको अन्त्य पनि गर्दैन ।

सुनिन्छ सिंहदरबार बनाउन जम्मा एक बर्ष लागेको थियो रे । त्यो बेला अहिलेको जस्तो प्रविधी थिएन । इक्यूपमेन्टहरु पनि थिएनन् । तर अहिले सबैथोक छ तर पनि पाँच दश करोडका आयोजना बन्न पाँच बर्ष लाग्छ । अर्बका आयोजना भयो भने त दुई देखि तीन दशक लाग्ने गरेका छन् । यो अवस्थाको अन्त्य कहिले हुने ? के यसरी देशको विकास र जनताको समृद्धि सम्भव छ त ?

२०७४ सालको चुनावपछि इतिहास मै शक्तिशाली कम्यूनिष्ट समाजवादीहरुको सरकार बन्यो । साढे तीन बर्ष चल्यो । त्यो साढे तीन बर्षमा कम्यूनिष्ट समाजवादीहरुले चारवटा बजेट ल्याए । ती बजेटले कम्यूनिष्ट समाजवादीहरुले भन्ने गरेको जस्तो नेपालको कायापलट भएन । बरु यो बीचमा वितरण गर्ने, सत्ताबृतमा बसेकाहरुका लागि सुविधा थप्ने, त्यसको श्रोत भरपाइ गर्न सार्वजनिक ऋण थप्ने काम दिल खोलेरै भयो । यिनीहरु कै पालामा देशको सार्वजनिक ऋण दोब्बर भन्दा बढिले बृद्धि भयो । पुराना एउटा पनि योजनाहरु सम्पन्न भएनन् । बरु पहिल्यै शिलन्यास गरिएका आयोजनाहरुमा फेरि शिलन्यास गरेर शिलालेख लेखाउने काम भए ।

नेपालका मुख्य तीर्थस्थलको रुपमा पहिचान बनाउँदै गएको र नेपालको बनारस भनेर स्थान बनाइरहेको देवघाटको महत्वले यिनीहरुलाई पोल्यो र संसारको एकमात्र शालिग्राम पाइने मुक्तिनाथबाट निस्केको पवित्र नदि कालीगण्डकीलाई डाइभर्सन गरेर देवघाटको महत्व नै विघटन गर्ने योजना ल्याए । पशुपतिनाथ, बनकाली, मृगस्थलीमा गैर हिन्दुहरुलाई मनपरि गर्न प्रवेश गराएर पशुपतिनाथको अवमूल्यन गरे । पशुपतिनाथमा सुन चढाउने नाउँमा भ्रष्टचारको दोकान चलाए । किराँत सभ्यताको पहिचान बनेको खुवालुङलाई तोड्ने निधो गरे । मुक्तिनाथमा अमेरिकी सेना बसाल्न र छिमेकी देश चिनको एक चीन नीतिमा दखल पुर्याउन चीन बिरोधी तत्वहरु र तिब्बतीहरुलाई जम्मा पार्न मुस्ताङमा लगेर बौद्ध विश्वविद्यालय खोल्ने योजना बनाए ।

भएका विश्वविद्यालयहरु र यसका आङ्गिक क्याम्पसहरु धमाधम घाँसे मैदान र गौचरमा परिणत हुँदै गएको यिनीहरुले देखेनन् । क्याम्पस पढ्ने विद्यार्थीहरु रित्तिँदै गएको परिस्थितिलाई बुझ्ने प्रयास गरेनन् उल्टो विश्वविद्यालयहरु थप्ने घोषणाहरु गरेर निर्माणमा आफ्नालाई ठेक्का दिने र कमिशन खाने योजनाहरु तयार गरे । वितेको सात दशक दरबारलाई महासामन्त भनेर राजनीतिको दोकान चलाएकाहरुले नै त्यै दरबारको जग्गा ठेक्का लगाएर कमिशनमा मनमस्त भए । देश कोरोनाले थल्लिएको बेला ओखती र अन्य स्वास्थ्य समाग्रीमा नै कमाउने धन्दा चलाए ।

जनताले आफ्नो पेशा बन्द गर्न परिरहेको हेर्नै चाहेनन् । बैंकबाट सहुलियतपूर्ण कर्जा, कृषि कर्जा र महिला उद्यमी कर्जाहरु आफन्तमा पार्ने योजनाहरु खुब चलाए । देशको एकमात्र राष्ट्रिय ध्वजावाहक विमानलाई ग्राउण्डेट गरेर आफन्तको लगानीमा खोलेको विमानलाई उडाइ रहे । साना उद्यमीहरु टाट् पल्टिएर उठिबास हुँदा पनि आँखा चिम्लेर मोटा ब्यापारिक घरनालाई सेवा गरिरहे ।

बजेटबाट नेपालीको पूँजी रक्षाका लागि कुनै सम्बोधन गरिएन । रेमिट्यान्स चाहिने तर विदेशमा अलपत्र परेका सीमा पारि गुहार मागेका नेपालीहरुलाई उनीहरु कै बेहालमा छोडियो । आफ्ना बुताले घर आउँदा बाटो छेकियो । नेपाली किसानले रोपेका र फलाएका तरकारीलाई छेकेर सीमा पारिबाट आउने तरकारी फलफूललाई हिमालसम्म जाने छूट दिइयो । नेपाली जनताले नेपालका कम्यूनिष्ट समाजावादीहरुको आर्थिक नीति, बजेट कार्यक्रम र नेपालको समृद्धिको कथा राम्रोसँग बुझ्ने मौका पाए । हात्तीले सपनामा खोले खाएको सपना नेपालीले पालिरहे ।

देशमा आवधिक योजनाहरु बन्न थालेको ६७ बर्ष पग्यो । यो ६७ बर्षको अवधिमा पाँचवटा व्यवस्था फेरिए । ६ वटा संविधान फेरिए । ४६ वटा त सरकारहरु बने । पञ्चायत देखि बहुदलीय, प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक र कम्यूनिष्ट समाजवादीहरुका सरकारहरु बने । तर आजसम्म देशको आवश्यकता के हो ? कुन कुराको नेपालीका लागि औचित्यता छ ? नेपालको भूगोल, यहाँको हावापानी, यहाँको पर्यावरणीय सुरक्षा, नेपालको आर्थिक क्रियाकलापको प्राथमिकिकरण आदिलाई मध्यनजर गरेर योजनाहरु कति बने बनेनन् वा बन्ने गरेका छन् छैनन् ? त्यो मूल्याङ्कन गर्नुपर्ने बेला अब भएको छ ।

नेपालको आवश्यकता र औचित्यको कुरा गर्ने हो भने नेपाली जनताको लागि न्यूनतम समृद्धि (गास, बास र कपास ) नै महत्वपूर्ण हो । यसका लागि देशका जनतालाई निकै ठूला ठूला भिमकाय दैत्य योजनाहरुको सपना पस्किनै पर्दैन । देशको अर्थतन्त्र र नेपालीको आयश्रोतले नै थेग्न नसक्ने विदेशी ऋणको भारी बोकाएर नेपालको भूगोल र यहाँको पर्यावरण नै नष्ट गर्ने योजना बनाउने र त्यसैलाई राष्ट्रिय गौरवका आयोजना भन्दै देश र जनतालाई छल गर्दै जाने कामले देशको न्यूनतम आवश्यकता कहिल्यै पनि पुरा हुनै सक्दैन ।

नेपालको विकासको लागि, आर्थिक जोहो गर्न, सार्वजनिक ऋण व्यवस्थापन गर्न, सार्वजनिक लेखा व्यवस्थापन गर्न बनेका संस्थाहरुको काम गर्ने शैली र सरकारले विनियोजन गर्ने बजेटको थितिलाई हेर्दा उदेक मात्रै लाग्छ । पछिल्लो समय त नेपालको वित्तिय क्षेत्र नै कोल्याप्स हुन आँटेको छ । आएदिन बैंकहरु संकटमा पुगेका समाचार आउने गरेका छन् । देशको आर्थिक क्रियाकलापको राम्रै हिस्सा ओगटेको सहकारी क्षेत्र संकटै संकटमा छ । लाखौं जनताले दुख सुखले जोडेको बचत कुम्ल्याएर सहकारीका सञ्चालक भाग्ने, त्यसमा राज्य सञ्चालकहरुको नै नाम मुछिने गरेको छ । साना र लघु उद्यमी उठ्नै नसक्ने गरि पलायन भएका छन् । डेरीहरु बन्द भैरहेका छन् । किसानको दुध बिक्न छोडेको छ । निर्माण व्यवसायिहरु राज्यले दिनुपर्ने रकम नदिएको भन्दैछन् ।

पछिल्लो दशकमा गरेको कामलाई हेर्ने हो भने देशलाई विदेशीको दासतातिर मात्रै लैजाने काम भैरहेको छ । पछिल्लो दुई दशकमा पुरै होचुवा, पहुँच र लहडका भरमा आयोजनाहरु बन्ने र हरेक योजनालाई बीना सुनिश्चित श्रोत व्यवस्थापनको पस्किने र अलपत्र पार्ने गरेको देखिन्छ ।

देशमा बजेट बन्छ तर देशको आवश्यकता र औचित्यलाई हेरेर होइन त्यो पुरै भोटबैंकलाई हेरेर, कथित ठूला पार्टीका ठूला नेतासम्मको पहुँच र आर्शिवादलाई हेरेर विदेशीको रकमलाई लामो ब्याज लगाइदिने मेसो हेरेर नै बन्छ । जतिसुकै समावेशिताको कुरा गरेपनि बजेटको रुपरेखा हेर्यो भने बिभेदकारी र असमान वितरणको बजेट बन्ने गरेको तीतो यर्थात छ । देश र जनताको आवश्यकताको प्राथमिकीकरण गरेर बजेट किन बन्दैन ? भन्यो भने सांसदलाई दिने गरेको बजेट र समाजिक सुरक्षा भत्ता देखाएर समानताको ओंठे जवाफ दिन्छन् राजनीतिक दलहरु । यी यस्ता काम भनेका त देश विकासको हिसाबले हेर्ने हो भने वाहियात र दीर्घकालीन रुपमा राज्यकोषमा आर्थिक भार पार्ने मात्रै खर्च हुन ।

देशको ढुकुटीका श्रोत भनेका नै जनता हुन् । यसैले बडामहाराजधिराज पृथ्वीनारायण शाहले भन्नु भएको थियो ‘प्रजा (जनता) मोटा भया, दरबार (सरकार) बलियो हुन्छ’ भनेर । आज पनि यो भनाई संसारका हरेक देशमा उत्तिकै महत्वपूर्ण र शाश्वत सत्य झैं छ । यो कुरालाई हाम्रा नीति निर्माता र राज्यसञ्चालकहरुले बुझ्न खोजेनन् । आज दरबार बलियो भएन भनेर भन्सारका थर्मामीटर नापिन्छ । करको पोको खोजिन्छ । देशभित्र र विदेशीसँग ऋण लिन प्रतिष्पर्धा गरिन्छ । अति गरीब राष्ट्रको पगरी गुँथेर भीखको कटौरा लिएर संसार डुलिन्छ । तर प्रजा मोटा कसरी हुन्छन् भन्ने जरोतिर कहिल्यै सोच्ने गरिँदैन । दुब्लाएका जनताको खल्ती काटेर दरबारको ढुकुटी भर्ने र त्यो भरेको ढुकुटी राज्य सञ्चालकको मोजमस्ती र उनका आसेपासे पोसाउने योजनामा लगाउने परिपाटीले देशको न अवस्था फेरिन्छ न समृद्धि आउँछ । न नेपाली जनतालाई बाँडिएका सपनामा कुनै मूर्तता आउँछ । योे कुरा आज ब्यवहारत क्षणक्षण प्रमाणित भैरहेको छ । वर्तमानमा जे जसरी आयोजनाहरुको छनौट हुने र लगानी लगाउने गरिएको छ त्योे भनेको आवश्यकता र औचित्य बीनाको आयोजना नै हो । यस्तो बजेटले देश बन्दैन, बन्दै बन्दैन । जेठ १५ गते पस्किने बजेट बनाउँदा र यसमा प्रिबजेट छलफल चल्दै गर्दा नेपाली जनतालाई सपनाको पोको बाँड्ने होइन यर्थाथमा काम गर्ने बजेट बनोस् । कम्यूनिष्ट समाजवादीका अर्थमन्त्रीले यो बारेमा ध्यान दिउन । यसपटकको बजेट पनि नेपाली जनताको लागि सपनाको पोको मात्रै नबनोस् ।

Previous Post

सुन तस्करी प्रकरण: महरा हाजिरी जमानीमा रिहा

Next Post

सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

Next Post
सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

नेपालगन्ज : लागुऔषध समात्न चल्यो गोली

April 25, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु

April 25, 2026
आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो

बढ्दै औलोको सङ्क्रमण

April 25, 2026
बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

भूकम्पको एघार वर्ष पूराः अपूरै छन् भत्किएका संरचना

April 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version