For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बढ्यो साइबर अपराध

byDainik Nepalgunj
March 23, 2024
in News, मुख्य समाचार
0 0
0
बढ्यो साइबर अपराध
Share on FacebookShare on Twitter

प्रविधिको प्रयोग बढ्दै जाँदा त्यसको दुरूपयोग गरी हुने अपराधिक घटनाहरू समेत वृद्धि हुँदै गएको छ । प्रविधिको प्रयोग गरी हुने अपराधिक घटनाको अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनु प्रहरीका लागि समेत चुनौतिपूर्ण बनेको छ । साइबर सम्बन्धी अपराधको अनुसन्धानका लागि विज्ञ जिल्ला–जिल्लामा नहुँदा त्यसखालको अनुसन्धान र कारवाही चुनौति बनिरहेको हो ।

नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर अपराधका घटनामा कानुनी कारवाही सँगै सचेतनाको आव्हान पटकपटक गर्दै आएको छ । ब्यूरोका उप निर्देशक प्रहरी उपरीक्षक दिपक राज अवस्थीले शुक्रबार मात्रै ब्यूराको तर्फबाट अनुरोध सार्वजनिक गर्दै इसेवामा हुन सक्ने ठगी बारे जानकारी गराएका छन् ।

‘विभिन्न फोन नम्बरहरूबाट म इ सेवा वा कनेक्ट आइपीएसबाट बोलिरहेको छु, तपाईलाई बोनस÷चिठ्ठा प्राप्त भएकाले एसएमएस मार्फत पठाइएको लिङ्क वा सो लिङ्क अन्य नम्बरमा फरवार्ड गर्नुहोस्’ भन्ने जस्ता फोन कल ठगीका लागि आउन सक्ने तर्फ साइबर ब्यूरोल सचेत गराएको हो । त्यस्ता लिङ्क क्लिक गर्दा वा फरवार्ड गर्दा इसेवा ह्याक गरी आर्थिक ठगी हुने गतिविधि बढिरहेकाले भ्रमक फोन कलहरूमा विश्वास नगर्न ब्यूरोले अनुरोध गरेको हो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘पर्सनल टेष्ट अफ इङ्गलिस’ बुक गरिदिन्छु भनेर अग्रिम रूपमा अनलाइन वालेटमा रकम जम्मा गर्न ठगीको आरोपमा बाँकेको कोहलपुरका एक दुई सहित केही व्यक्तिलाई पक्राउ गरेको गत फागुन १२ गते साइबर ब्यूरोले जानकारी दियो । कोहलपुर वडा नं. ११ का दोमन केसी काठमाठौं, १४ का तिरूपति पाण्डे र बाग्लुङ्गका सुवास कँडेल ललितपुरबाट ब्यूरोले पक्राउ गरी विद्युतीय माध्यमबाट ठगी कसुरमा कारवाही अगाडि बढायो । उनीहरूबाट ८ थान मोबाइल, २३ सिमकार्ड तथा २ वटा ल्यापटप पनि प्रहरीले बरामद गरेको थियो ।

त्यस्तै गत फागुन २० गते साइबर ब्यूरोले नाबालिकाले पोष्ट गरेको फोटो डाउनलोड गरी विभिन्न फेक आइडी खोली नाबालिकाको फोटो प्रयोग गरी अश्लिल क्याप्सन लेखेको आरोपमा सिन्धुपाल्चोकका सुमन खत्री पक्राउ परे । उनले परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गरेको अनुसन्धानका क्रममा फेला परेको ब्यूरोका सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

माथिका घटना साइबर अपराध सम्बन्धी केही उदाहरण मात्रै हुन् । पछिल्ला बर्षहरू यस्ता धेरै उजुरीहरू साइबर ब्यूरामा पुग्ने गरेका छन् । साइबर ब्यूरोडमा दर्ता हुने उजुरीहरू बढ्दै गएको तथ्यांकले देखाउँछ ।

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात गत साउनदेखि २३ फागुनसम्म १२ हजार ७८९ उजुरी आएका छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार ९०६, आव २०७८÷७९ मा चार हजार ६८६ र आव २०७९÷८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका १६४, बालिकाका २४२, महिलाका पाँच हजार ७०३, पुरुषका छ हजार १७७ र अन्यमा ५०३ गरी जम्मा १२ हजार ७८९ निवेदन साइबर ब्यूरोमा परेको छ ।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेबसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरूपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए ।

साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेभसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन् ।

Previous Post

मधेश मिडिया मिसनद्वारा शुभकामना अदानप्रदान

Next Post

नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

Next Post
नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

March 2, 2026
बिष्टको शक्तिप्रदर्शन

बिष्टको शक्तिप्रदर्शन

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version