संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकमा तोयम रायालाई सिफारिस गरेको छ ।
आइतबार विहान भएको परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको हो ।
हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।
