For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

औपचारिकतामा सीमित जमुनाहको पर्यटन सूचना केन्द्र

byDainik Nepalgunj
April 6, 2024
in News, मुख्य समाचार
0 0
0
औपचारिकतामा सीमित जमुनाहको पर्यटन सूचना केन्द्र
Share on FacebookShare on Twitter

नेपाल–भारत सीमाको जमुनाह नाकामा रहेको प्रवेशद्वार सँगै पर्यटन सूचना केन्द्र रहेको छ । प्रदेश सरकार मातहत रहेको सूचना केन्द्रमा सेवाग्राही शुन्य प्रायः हुने गरेको छ । अध्यागमन जस्तै कामविहीन उक्त कार्यालयमा पर्यटक लागि सूचना दिने कुनै सामाग्री राखेको पाइँदैन ।

जमुनाह नाका भारत तथा तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिदा उनीहरूलाई सूचना केन्द्र मार्फत जानकारी लिन सहज हुनसक्छ । तर, सूचना केन्द्रमा कुनै त्यस्तो जानकारी रहेको पाइँदैन । फाट्टफुट्ट आउने भारतीय नागरिक सूचना केन्द्र छिरिहाले मौखिक रूपमा नै कर्मचारीले जानकारी दिने गरेका छन् । औपचारिकताका लागि मात्रै पर्यटन सूचना केन्द्र सञ्चालन गरिएको जस्तो त्यहाँ पुग्दा जो कोहीले अनुभव गर्न सक्छन् ।

प्रदेश सरकारले पर्यटन व्यवसायको स्थापना, सुधार, विकास, बिस्तार प्रवद्र्धन तथा संरक्षण र पर्यटन सेवा सुविधा बिस्तार गर्न समन्वय तथा सहजीकरण गर्न पर्यटन सूचना केन्द्र पर्यटन विकास परिषद् सञ्चालनमा ल्याएको हो । परिषद्ले पर्यटक तथ्यांक संकलन र अभिलेखिकरण गर्ने, जनशक्ति विकास गर्ने, आवश्यक नयाँ जनशक्ति तयार गर्ने र पर्यटन स्थलहरूको पर्यावरण संरक्षण गर्ने लगायतका कार्य गर्ने भएपनि जमुनाह स्थित सूचना केन्द्र गतिविधिको कुनै सूचना पाइँदैन ।

नेपालको बाँके भारत उत्तर प्रदेश सँग जोडिएको जिल्ला हो । धार्मिक पर्यटकहरू उल्लेख्य मात्रामा भारतबाट दैनिक जसो नेपाल आउँछन् । काठमाडौं स्थिति पशुपतिनाथ देखि मानसरोवर जानेहरूले समेत यो रुटका प्रयोग गर्छन् । तर, पर्यटन सूचना केन्द्रमा भारतीय धार्मिक तथा घुम्न आउने पर्यटक जानकारी लिन पुगेको पाइँदैन ।

दुई जना करार कर्मचारी मात्रै रहेको जमुनाह नाकाको पर्यटन सूचना केन्द्र कामविहीन जस्तो देखिन्छ । नेपाल प्रवेशको द्वारमै पर्यटन सूचना केन्द्रको कार्यालय रहेपनि मेटिएको बोर्डका कारण पनि नेपाल भित्रिने पर्यटकले सूचना लिन त्यहाँ नपुगेको हुनसक्ने अनुमान गरिन्छ । सीमित जनशक्ति र सानो ठाउँमा सञ्चालित सूचना केन्द्रबारे नेपाल भित्रिने पर्यटकले जानकारी पाउने अवस्था नै देखिंदैन । ‘बाहिरबाटै हेर्दा पर्यटकीय क्षेत्र चिन्हित नक्सा, बोर्ड तथा कार्यालय र त्यसले गर्ने कामबारे उल्लेख भएको भए भारतबाट आउने पर्यटक त्यहाँ सहजीकरणका लागि जान सक्थे होलान्, स्थानीय समेत नदेख्ने जस्तो कार्यालय बाहिरबाट आउनेले कसरी थाहा पाउन सक्लान् ?’, पर्यटन व्यवसायी भन्छन्, ‘कम्तिमा एकछिन बिश्राम गर्ने र पर्यटकीय क्षेत्रबारे टाढैबाट देखिने जानकारीमूलक सूचना बोर्ड भए त्यहाँ पर्यटक चासो दिएर पुग्न सक्थे होलान् ।’

नेपालगन्ज नाकाबाट तेस्रो मुलुकबाट पर्यटक भित्रिदैनन् । न त नेपालबाट तेस्रो मुलुकका पर्यटक बाहिरिन्छन् । बर्षौदेखि भारत तर्फको अध्यागमनले सेवा रोक्दा नेपाल तर्फबाट जाने र नेपाल आउने तेस्रो मुलुकका पर्यटकले अन्य नाका प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

पर्यटन विकास परिषद् रूपन्देहीका कार्यकारी निर्देशक रामु जोशीले पर्यटन सूचना केन्द्र अब छिट्टै सञ्चालनको तयारीमा रहेको बताउँछन् । उनले सूचना केन्द्रमा पर्यटनसम्बन्धी डिजिटल र होडिङबोर्ड राख्ने तयारी भइरहेको जानकारी दिए । ‘केही समयपछि त्यसलाई मर्मतसम्भार गरेर नयाँ स्वरूपमा वैशाखको दोस्रो साताबाट नै सञ्चालनमा आउँछ’, उनले भने ।

अहिले उक्त कार्यालयले पर्यटन प्रवद्र्धनका केही कार्यक्रम मात्रै सञ्चालन गर्दै आएको सूचना केन्द्रका सूचना अधिकारी कान्ता भण्डारीले जानकारी दिइन् । “कहिलेकाहीँ झुक्किएर आउनुभएको छ, तर उहाँहरूलाई हामीले सबै विषय जानकारी दिएर पठाएका छौँ”, उनले भनिन् । त्यसबाहेक परिषद्बाट पश्चिम केन्द्रित होम स्टे प्रवद्र्धन र नेचर गाईड सम्बन्धी कार्यक्रम यस बर्ष आयोजना भएको उनले बताइन् ।

भण्डारीले केही दिनअघिमात्रै जर्मनका पर्यटक आएर फर्केको जानकारी दिँदै सूचना केन्द्र सञ्चालनमा नआउँदा पर्यटक अलमल परेपछि उनीहरूलाई सहजीकरण गर्ने काम गरिएको बताइन् ।

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सूचना केन्द्र सञ्चालनमा नआउँदा बाँकेको पर्यटन बजार प्रभावित भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि दबाब आवश्यक भएको बताए । ‘सूचना केन्द्र क्रियाशिल भएको भए कोहलपुर पुगेपछि रुट परमिट चाहिन्छ भन्ने कोहलपुर पुगेपछि थाहा पाउँदैन थिए’, उनले सीमानामा पर्यटन प्रहरीको समेत आवश्यकता औंल्याउँदै भने, ‘सीमामा पर्यटन प्रहरी भए अझ सजिलो हुन्थ्यो ।’

Previous Post

रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण

Next Post

ई–सिगरेट निषेधको तयारीमा सरकार

Next Post
ई–सिगरेट निषेधको तयारीमा सरकार

ई–सिगरेट निषेधको तयारीमा सरकार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

April 16, 2026
देशभर पश्चिमी वायुको प्रभाव

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

April 16, 2026
अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

April 16, 2026
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

April 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version