For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेका परीक्षार्थीलाई कर्णाली प्रदेशको प्रश्नपत्र

byDainik Nepalgunj
April 8, 2024
in News, मुख्य समाचार
0 0
0
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी

जारी एसईई परीक्षामा बाँकेका दुईवटा परीक्षा केन्द्रमा ऐच्छिक गणित विषयको लुम्बिनीको लागि तोकिएको प्रश्नपत्रको सट्टा कर्णालीको लागि तोकिएको प्रश्नपत्र परीक्षार्थीलाई दिइएको पाइएको छ । परीक्षार्थीले प्रश्न पत्रमा शंका लागि समयमै निरीक्षकलाई जानकारी गराउँदा पनि उनीहरुले परीक्षार्थीलाई सही प्रश्नपत्र दिएनन् । करिब एक घण्टा कर्णालीको प्रश्न पत्रको उत्तर लेखिसकेपछि बल्ल लुम्बिनीको प्रश्न पत्र लेखे । अहिले विद्यार्थीहरु परीक्षा बिग्रेको भन्दै तनावमा छन् । बैजनाथ गाउँपालिकास्थित भगवती मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी नेरामावि बैवजनाथ ६ की विद्यार्थी चाहना बुढाक्षेत्रीले भनिन्, हामीहरुलाई अरुभन्दा फरक प्रश्नपत्र दिएपछि हामीले निरीक्षकलाई भन्यौँ । उहाँले चिट चोर्न नसकुन् भनेर फरक फरक दिएको हो फरक पर्दैन भन्नुभयो । करिब एक घण्टा लेखिसकेपछि मात्रै अर्काे पेपर सही भएको थाहा पायौँ । सुरुमा एउटाको उत्तर लेख्यौँ । पछि अर्कैको ।

यस्तै समस्या बैजनाथकै चिसापानीस्थित परीक्षा केन्द्रमा पनि आएको पाइएको छ । दुवै केन्द्रमा गरेर चारजना विद्यार्थीले कर्णाली प्रदेशको प्रश्नपत्रको उत्तर लेखेका शिक्षा समन्वय इकाई बाँके बताउँछ । यसो हुनुमा अर्काे प्रदेशको प्रश्नपत्र यहाँ पठाउने परीक्षा बोर्डसहित जिल्लास्थित शिक्षा समन्वय इकाई, परीक्षा केन्दाध्यक्ष र सम्बन्धित हलका निरीक्षक सबैको लापरबाही देखिएको छ । तर, शिक्षा समन्वय इकाई बाँके आफूहरुले अर्काे प्रदेशको प्रश्न पत्र पनि पर्न सक्ने जोखिम भएकोले ए कोड भएको प्रश्न पत्रमात्रै प्रयोग गर्न निर्देशन दिइएपनि सम्बन्धित परीक्षा केन्द्रबाट कमजोरी भएको बताउँछ । ईकाईका परीक्षा शाखाका प्रास लक्ष्मी थारुले आफूहरुले लुम्बिनीका लागि ए कोड भएको प्रश्नपत्र भएकोले हेरेर मात्रै दिन भनेर अभिमूखिकरण गरेपनि केन्द्राध्यक्ष र निरीक्षकले कमजोरी गरेको बताइन् । उनले अब दुईवटै प्रश्नपत्र उत्तरपुस्तिकासाथ साथ राखेर पठाइने जानकारी माथिल्लो निकायमा गराइसकेको बताइन् । इकाई प्रमुख रामसुरेश यादव पनि विद्यार्थीले लेखेको उत्तरका आधारमा प्रश्नपत्रलाई मानेर जाँच गर्ने व्यवस्था मिलाउने सल्लाह भएको बताउँछन् । आधा एउटा र आधा अर्कैको उत्तर लेखेकाको हकमा पनि सहजिकरण गरिने समन्वय ईकाई बताउँछ ।

यसका साथै, बाँकेमा एसईई परीक्षा २०८० मा संगठितरुपमै चिट चोराउनेसम्मका घटनाहरु सार्वजनिक भए । मोबाइल र मेसेजिंग एपको प्रयोग गरेर एसईई परीक्षामा प्रश्नपत्र आउट गरेर उत्तर विद्यार्थीलाई पठाउने गिरोह नै रहेको फेला पर्याे । अनुगमनका क्रममा त्यसरी चिट चोराएको पाइएपछि पाँच जनालाई नियन्त्रणमा लिएर अहिले अनुुन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा लोटस इङ्गलिस मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा र सोही बिद्यालयका पार्टटाइम शिक्षक अलताफ खान, एउटा कन्सल्टेन्सीका सञ्चालक इरफान अली मिकरानी तथा दिलिप विक र सन्तोष नेपाली रहेका छन् ।

परेका व्यक्तिहरूमाथि लागेको आरोप प्रमाणित भएमा शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम छ महिना सम्म कैद वा एक लाख रूपैया सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

प्रहरी अनुसन्धानका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको एवन क्लासेस इन्ष्टिच्युटका म्यानेजिङ डाइरेक्टर ईरफान अली मेकरानीलाई नियन्त्रणमा लिई सोही ठाउँमा रहेको मोबाइल चेक गर्दा विज्ञान तथा प्रविधि विषयको प्रश्नको उत्तर लेखी पठाएको फेला पारेको थियो । त्यस्तै, सोही इन्ष्टिच्युटमा रहेका दिलिप विक र सन्तोष नेपालीलाई विज्ञान विषयको विज्ञान विषयको प्रश्नपत्र प्रिन्ट गरी कापीको पानामा उत्तर लेख्दै गरेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले उत्तर विद्यार्थीलाई पठाउन प्रयोग गरिएका ल्यापटप, मोबाइलहरू, प्रश्नपत्र र सोही प्रश्नका उत्तर लेखिएका उत्तर कापि नियन्त्रणमा लिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा रहेको लोटस बोर्डिङ स्कुलका शिक्षक अल्ताब खाँलाई पनि एसईई विज्ञान बिषयको प्रश्न पत्रको उत्तर लेखी बिद्यार्थीलाई पठाएको मोबाईल सहित फेला परेपछि नियन्त्रणमा लिएको थियो । त्यस्तै, सोही स्कुलका प्रधानाध्यापक तपन कुमार शर्माले शिक्षक अल्ताब खाँलाई विज्ञान बिषयको उत्तर लेख्न पठाएको भनि खुल्न आएको भन्दै शर्मालाई पनि नियन्त्रणमा लिइएको छ ।

परीक्षा हलमा मोबाइल लगायतका डिभाइसहरु लिन नमिल्ने नियम छ । कसरी मोबाइल परीक्षा हलभित्र छिरे । यसमा केन्द्राध्यक्ष र निरीक्षकहरु दोषी हुने कि नहुने ? प्रश्न उठेको छ भने यस घटनाले संगठितरुपमै चिट चोराइने गरेको र मोबाइलको दुरुपयोग पनि भइरहेको पुष्टि गरेको छ ।

यसैगरी, सिद्धेश्वर माध्यमिक विद्यालय सिधनवा परीक्षा केन्द्रमा दुईजना निरीक्षकहरु सविता कसेरा र दिर्गराज बजगाईले परीक्षार्थीहरुलाई चिट चोर्न नरोकिरहेको फेला परेपछि उनीहरुलाई निस्काशित गरियो ।

यसपटक बाँके प्रशासनले अनुगमनका क्रममा गरेका यी कारबाही सह्राहनीय त हुन् । तर, प्रशासनको निर्देशनमा हलभित्रै बर्दीमा प्रहरीलाई छिराएर परीक्षार्थीलाई हतोत्साहित गरेको विषय पनि सार्वजनिक भयो । जसलाई प्रशासनले गरेको अधिकारको दुरुपयोग बाहेक अरु भन्न सकिन्न ।

प्रायः निजी विद्यालयहरुले आफ्ना विद्यार्थीहरुको राम्रो रिजल्ट देखाएर विज्ञापन गर्ने र त्यसैबाट अभिभावकहरुलाई झुक्याउनका लागि चिट चोराउन संगठितरुपमै लाग्ने गरेको आरोपलाई केही हदसम्म यसपटक प्रशासनले गरेको कारबाहीले पुष्टि गरेको छ ।

Previous Post

मन्त्रिपरिषद् बैठक : विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय

Next Post

फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि

Next Post
फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि

फत्तेवाल आँखा अस्पतालमा भारतीय पनि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version