For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Blog

पृथ्वी जयन्ती र एकता दिवस

byDainik Nepalgunj
January 12, 2024
in Blog
0 0
0
पृथ्वी जयन्ती र एकता दिवस
Share on FacebookShare on Twitter

पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिन आयो कि प्रत्येक वर्ष, कोही उनको पक्ष र कोही उनको विपक्षमा एक पक्षीय कुरा गर्छन् । यी दुई पक्ष–विपक्षका कुराहरु नेपाली राष्ट्रियता र समावेशी संस्कारको सन्दर्भमा बडो संवेदनशील चर्चा भएको हुन्छ । पृथ्वीनारायण शाहका पक्षधरहरुले उनलाई र उनको कार्यलाई राष्ट्रिय एकीकरणकर्ता र राष्ट्रिय एकीकरणको काम भन्ने गर्छन् । भने उनको विपक्षमा कुरा गर्नेहरुले पृथ्वी नारायणले गोर्खा राज्यको विस्तार गरेको मात्र हो, राष्ट्रिय एकीकरण गरेको होइन भन्छन । अझ भनौँ भने पुर्वाग्रहबाट प्रेरित भई इतिहासको सत्यतथ्यलाई समेत ओझेलमा पारेर वा अतिरञ्जित गरेर आ–आफ्ना तर्कहरु प्रस्तुत गर्छन । जसले गर्दा पृथ्वी नारायण शाह र उनको कार्यको कुरालाई यथार्थमा बुझ्न अलमल पर्छन् र बुझे पनि भ्रममा पर्छन ।
पृथ्वी जयन्तीलाई एकीकरण दिवस वा राष्ट्रिय एकता दिवस पनि भनिन्छ । पृथ्वी जयन्ती हरेक वर्ष पुस २७ गते मनाइन्छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यसपटक भने सरकारले सार्वजनिक बिदा दिएको छ । यो बर्ष ३ सय २ औं जन्मजयन्ती मनाउँदै गर्दा उनको भूमिका र सम्मानको विषयमा फेरि बहस सुरु हुन थालेको छ । दोस्रो जनआन्दोलनपछि मुलुकमा पृथ्वीनारायण शाहका सालिक र मूर्ति तोडफोड भए । मुलुक गणतन्त्रमा पुगेपछि भने शाहप्रति दुई थरी विचार सतहमा नै देखिएको छ । एकथरी भन्छन् उनी मुलुक एकीकरण गरेर आफूलाई राष्ट्र निर्माता बन्न सफल भए भने अर्को थरीले उनलाई पहिचान विरोधी तानाशाहको रुपमा चित्रित गरेका छन् । नेपालको इतिहासमा आठ टिकाको नामले परिचित पल्लो नुवाकोट, भीरकोट, गरहुँ, ढोर, तनहुँ, कास्की, लमजुङ र गोर्खा मध्य गोर्खा पछिल्लो राज्यको रुपमा राजा द्रव्य शाहले स्थापना गरेका थिए । राजा द्रव्य शाहको दशौ पुस्ताको रुपमा पूथ्बी नारायण शाह गोरखा राज्यको राजा भएका थिए ।
पछिल्लो राज्यको रुपमा स्थापना भएको गोरखा राज्य अन्य राज्यहरु भन्दा तुलनात्मक रुपमा कमजोर र गरीब राज्य रहेको थियो । कमजोर आर्थिक रुपमा गरीब राज्यको रुपमा रहेको गोरखा राज्यको राजा भएर पनि राजा पृथ्बी नारायण शाहको बिचार र लक्ष्य कमजोर र गरीब थिएन । छिमकी राज्य हिन्दुस्तान विश्वभर आफ्नो साम्राज्य फैलायको बेलायती साम्राज्यको अधिनमा रहेको र सोही बेलायती बिस्तार बादले नेपाललाई समेत आंखा लगाई रहेको कठिन घडीमा बिभाजीत राज्यहरुको रुपमा रहेको जुम्ला टुक्रियर बनेको बाइसे राज्य, आठ टिका भित्र पर्ने चौबिसे राज्य, मुस्ताङ राज्य, मकवानपुर, बिजयपुर, चौदण्डी राज्य र नेपाल भनेर चिनीने काठमाडौं, भक्तपुर र ललितपुर समेतलाई एकीकरण गरी सिंगो नेपालको कल्पना गर्नु र आफनो सुर बिरता, कौशल्ता, क्षमता प्रदान गरी वर्तमान स्वतन्त्र सार्वभौम नेपालको निर्माण गर्नु चानचुने कुरा थिएन । राजा पृथ्वीनारायण शाहले बिभाजीत राज्यहरुको रुपमा रहेको भुरे टुकुरे राज्यहरुलाई अंगे्रजको पन्जामा पर्नबाट जोगाई एकीकरण गरी एकीकृत राज्यको राजा भए ।
पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् । स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भूभागलाई सिगो नेपाल बनाएको श्रेय इतिहासले यीनैलाई दिएकोे छ । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो । पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरुपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ र दिइरहने छ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भूभागलाई जितेर काठमाडौ छिरेका यीनले काठमाण्डौको चन्द्रागीरी डाँडाबाट जब उपत्यकालाई नियाले त्यो सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर र अन्य भूभागहरु जितेका हुन् ।
भक्तपुरको राजपरिवारसंग मितेरि साईनो गाँसेर पनि आक्रमण गरि विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वी नारायण शाहमाथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा समबन्ध भन्दा पनि राष्ट्रियताले निर्देशित राष्ट्रसेवक र योद्धाका रुपमा सदैव नेपाली हृदयमा रहनेछन् । युद्धका क्रममा धेरै पटकको पराजय पछि विजय भएकोमा रिसले किर्तिपुर वासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वी नारायण शाहको आज सम्म पनि किर्तिपुरवासीहरुले पुराना क्रुरताका कथाहरु भन्दछन् । विगत नै वर्तमानको आधार हो । तर गणतन्त्रवाद आत्मसात गर्ने कतिपय मानिस विगतलाई स्वीकार्न तत्पर छैनन । यसले गर्दा पनि राष्ट्रिय एकता दिवस मनाउन राज्यले कज्युस्याईं गरिरहेको थियो । धेरैको मनमा यो पनि छ, एकता दिवस र पृथ्वी जयन्ती मनाउनु भनेको शाहवंश वा राजतन्त्रलाई प्रवर्दधन गर्नु हो । दिवस र जयन्ती मनाउने सन्दर्भलाई शाहवंशको जगेर्ना र राजतन्त्र फर्काउनेसँग जोडनु गलत बुझाइ हो ।
पृथ्वीनारायण शाह नेपाल र नेपालीहरुका गौरव हुन् । विशाल–नेपाललाई उनले एकीकरण गरेर यस क्षेत्रका स–साना हिन्दु राज्यहरुको अस्मिता जोगाए । अहिले हामी नेपाली भएको र नेपाल सार्वभौम राष्ट्र भएको जुन गर्व गर्छाैं त्यो पृथ्वीनारायण शाहकै देन हो । नेपालमा समावेशी राजनीतिक, सामाजिक र सांस्कृतिक चेत जगाउने समय सापेक्ष दृष्टिकोण उनैले उत्तिबेलै प्रक्षेपण गरेका थिए । समय बदलियो, राजनीतिक सन्दर्भ बदलिए, सत्तामा पुग्नेहरु, शक्तिमा रम्नेहरुको अनुहार बदलियो । यो संगै नेपालको एकीकरणको आधार भत्काउने काम भए, राष्ट्रिय एकता छिन्नभिन्न पार्ने काम भए । यसको सुरुवात पृथ्वीनारायण शाहको सालिक भत्काउने, उनको जन्मोत्सव नमनाउने, उनलाई राजतन्त्रको जननीका रुपमा अपव्याख्या गर्दै उनले नेपाल राष्ट्र बनाउन र नेपाली जनतालाई एकताको सूत्रमा बाँध्न निर्वाह गरेको भूमिकाको अपव्याख्या गर्दै घृष्णा पैदा गराउने काम राजनीतिक तहबाट भयो । यसैको प्रतिफल हो, नेपालमा अहिले उत्पन्न जटिल परिस्थिति, राष्ट्रिय भावना मर्दै गएको दुर्दान्त स्थिति, जातीय सदभाव विथोलिएको परिस्थिति भन्दा पनि हुन्छ ।
इतिहासको अर्काे पाटो के छ भने लिच्छवीकालमा नेपाल विशाल थियो । मध्यकालमा आएर विशाल नेपाल खण्डित हुँदैगयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौविसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे । एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रुपमा यो देशको अस्मिता जोगाए । विगतमा पृथ्वीनारायण शाहले विच्छिन्न नेपाललाई एकीकृत गरेर यो देशको स्वतन्त्र अस्तित्व जोगाएका थिए । सो कठिन सत्कार्यका लागि जनताको साथ लिएका थिए । उनको दूरदृष्टि र आत्मबललाई जनताले साथ दिएका थिए । सानो गोर्खा राज्यबाट विशाल नेपालको पुनः एकीकरण त्यसैको परिणाम थियो । यतिखेर नेपालमा राष्ट्रियताको विषय दलअनुसारको फरक र राजनीतिक स्वार्थसंग जोड्ने गरेको छ । नेपालमा राष्ट्रियता बचाउने आन्दोलनले मूर्तरुप लिनै पाएकै छैन । अहिले राष्ट्रिय एकता खलबलिएको अवस्था छ । नेपालको भूखण्ड नै विभाजन गर्ने षडयन्त्र मच्चिएको छ । देशी–विदेशी शक्तिको षडयन्त्रको शिकार भएका राजनीतिक दलका नेताहरुले यो विषयलाई जसरी राजनीतिक स्वार्थमा घोलियो त्यसले मुलुकलाई छिन्नभिन्न पार्ने खतराहरु कायमै छन् । सवैलाई आ–आफ्नै अधिकार चाहिएको छ । समग्र मुलुकको अस्तित्वसंग कसैले पनि आफूलाई जोडन चाहेका छैनन् । भाषा, संस्कृति, भेष भुषा जेजस्तो भए पनि हामी नेपाली हौं भन्ने भावनाको विकास हुन सकेको छैन । पहिला नेपाली हुने कि मधेसी वा तराईबासी हुने ? नेपाली भएर मात्र हिन्दु, मुसलमान, इसाई, ब्राह्मण, क्षेत्री, दलित, जनजाति, मधेसी, सवै रहने हो । नेपालै नरहे त्यो अस्तित्व कहाँ गएर खोज्ने ?
मुलुकभित्र हरेक जातजातिबीच रहेको सौहार्दपूर्ण सम्बन्ध कटुतामा परिणत भैरहेको बेला विदेशीले चलखेल गरिरहेका छन् । सीमा मिच्ने क्रम रोकिएको छैन । राजनीतिक हस्तक्षेपको त कुरै नगरौं । सत्तामा बस्दा विदेशी हस्तक्षेपलाई सहयोग ठान्नेहरु विपक्षमा बस्दा त्यसलाई हस्तक्षेप नै हो भन्ने गर्दछन् । सत्तामा रहँदा र नरहँदा राष्ट्रियताको विषय नै फरक हुने गरेको छ । मुलुक संगीन परिस्थितिमा पुगिरहेका बेला राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहको स्मरण गर्नु हरेक नेपालीको कर्तव्य हो । छिन्नभिन्न रहेको नेपाललाई एकीकृत गरी बेलायती साम्राज्यवादबाट बचाएको नेपालको इतिहासको अर्काे पाटो के छ भने पन्ध्र सय वर्ष अगाडि पनि विशाल नेपाल थियो । समयक्रममा विशाल नेपाल खण्डित हुँदैगयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौविसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रुपमा यो देशको अस्मिता जोगाएका हुन् ।
नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता जोखिममा पर्दैगएको चिन्ता अहिले सर्वत्र जागेको छ । यस्तो चिन्ता उत्पन्न हुनुको पछाडि नेपालका सत्ता प्रतिको मोह राजनीतिक नेताहरुको आन्तरिक राजनीतिक समस्याको निराकरण र परिवर्तनका लागि बाहिरी शक्तिलाई गुहार्ने परनिर्भरतावादी सोच नै प्रमुख कारण छ । केही समयदेखि पृथ्वीनारायण शाहलाई राज्यले बिर्सिएको थियो । तर जनस्तरमा उनलाई बिर्सिने काम भएको थिएन । जनयुद्धको १० वर्षे कालखण्डमा तत्कालीन माओवादीले नुवाकोटको देवीघाटमा रहेको पृथ्वीनारायण शाहको शालिकमाथि तोडफोड र बम हान्ने समेत काम ग¥यो । गोरखामा पनि यस्तै काम भए तर ती भत्काइएका शालिकहरु आज पुनः ठडिएका छन् । राज्यले पुनर्निर्माण नगरे पनि जनस्तरबाटै उनीप्रति भावपूर्ण आस्था राख्नेहरुको कमी थिएन । यस्तै राजनीतिक स्तरमा एउटा तत्वले बिर्सिए पनि अन्य धेरै पक्षले सम्झिरहेकै थिए ।
पछिल्लो समय पृथ्वीनारायणप्रति पूर्वाग्रह राखेर आफ्नो राजनीतिक जीविका चलाउने संस्कार नेपाली नेतामा विकसित भएको थियो । नेपाल र नेपालीका लागि आजीवन संघर्ष र बलिदान गर्ने राजा पृथ्वीनारायण शाहलाई अपमानित बनाइएको थियो । विदेशी आईएनजीओ र पादरी कर्क प्याट्रिकहरुले लेखेका अनि लगाएका झूटा आरोपहरुलाई तथ्य मानेर पृथ्वीनारायण शाहले कीर्तिपुरका जनताको धार्नीका धार्नी नाक कान काट्यो रे भन्नेहरु आज देशका सत्तामा रहेका छन् । जबकि त्यतिका धार्नी नाक कान हुन पुग्नुपर्ने जनताको संख्या नै त्यतिबेला कीर्तिपुरमा नभएको विद्वानहरुको भनाइ छ । विद्वान् एवं प्राचीन संस्कृति र इतिहासका अध्येता डा. रामेश ढुंगेल भन्छन– पृथ्वीनारायण शाहको राष्ट्र निर्माण अभियानलाई साम्राज्यवादी राज्यविस्तारका रुपमा एकात्मक ढोल पिटनु र चित्रण गर्नु अन्यायपूर्ण हुन्छ । उनका अनुसार तात्कालिक परिवेश, उनका नीति तथा क्रियाकलापले गर्दा पृथ्वीनारायण शाह एउटा राजा मात्र नभई राष्ट्र निर्माता तथा भविष्यद्रष्टा युग पुरुषका रुपमा देखिन्छन् ।
पृथ्वी नारायण शाहको गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो । वि.सं. १७९९ मा नरभुपालको मृत्यु पछि बिस बर्षको उमेरमा पृथ्वी नारायण शाह गोरखाका राजा भएका थिए । यिनले नै साना साना राज्यहरुमा विभाजित नेपाललाई एकिकृत गर्न शुरु गरे । हुन त पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई ती राजाहरुले लामो समय बचाइ राख्न सकेनन । ती राजाले एकीकृत भएको राज्य आफ्ना भाइ छोरा हरुमा आफ्नै जीवनकालका बाडेर थिए । राजसंस्थालाई जोडेर पृथ्वीनारायण शाहको योगदानलाई भुल्ने र वेवास्ता गर्नु हँदैन ।
घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन । दुरदर्शी तथा कुशल व्यक्तित्व पृथ्वीनारायण शाहद्वारा दिइएका दिव्य उपदेश आज पनि उतिकै सान्दर्भिक छन् । बीस बर्षको कलिलै उमेरमा राजा बनेका उनले आफ्नो जीवनकालका झन्डै तीस बर्ष युद्धमै बिताए । अनवरत मेहनत गरि नेपाल देशको जन्म दिएर जनताको सेवा र देश विकासमा कदम राख्ने बेला ५२ बर्षको उमेरमै संसार छोडन बाध्य भए । नेपाल एकीकरण गर्ने महापुरुष नेपालका राष्ट्रिय विभूति हुन । उनको सम्झनामा नेपालले एकता दिवस मनाउनु पर्दछ ।
मिती ः– २०८० पौष २६ गते दाङ सन्दर्भ ः३०२ औ पृथ्वी जयन्ती

Previous Post

कृतज्ञ राष्ट्रको सम्झनामा बडामहाराज पृथ्वीनारायण शाह

Next Post

दक्षिण कोरियाली संसद्द्वारा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने विधेयक पारित

Next Post
दक्षिण कोरियाली संसद्द्वारा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने विधेयक पारित

दक्षिण कोरियाली संसद्द्वारा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने विधेयक पारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

खेर जाला है भोट !

February 17, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

February 17, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version