For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कतारका अमिरको भ्रमण : विपिनको रिहाइ ‘मुख्य विषय’

byDainik Nepalgunj
April 24, 2024
in News, मुख्य समाचार
0 0
0
कतारका अमिरको भ्रमण : विपिनको रिहाइ ‘मुख्य विषय’
Share on FacebookShare on Twitter

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौँबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मङ्गलबार काठमाडौँ आउनुभएको हो । मङ्गलबार अपराह्न काठमाडौँ ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ मङ्गलबार राति राष्ट्रपति पौडेलले आयोजना गर्नुभएको राजकीय भोजमा सरिक हुनुभएको थियो । कतारी अमिरले आज प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र शिक्षा, खेलकुदलगायत क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौताा हस्तक्षर गर्ने कार्यक्रम छ ।

काठमाडौँबाट प्रकाशित प्रमुख अखबारले राष्ट्रपति पौडेल र कतारी अमिरबीचको भेटवार्तालाई प्रमुखताका साथ छापेका छन् । अधिकांश अखबारले सो भेटवार्तामा इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न राष्ट्रपति पौडेलले गर्नुभएको आग्रहलाई समाचारको मुख्य विषय बनाएका छन् । देशको सबैभन्दा पुरानो गोरखापत्र’ दैनिकले प्रथम पृष्ठमा राष्ट्रपति पौडेल र अमिर थानीबीच भेटवार्ता भेटवार्ता भएको र त्यसबाट बृहत साझेदारीको मार्ग प्रशस्त भएको सम्बन्धी समाचार प्रकाशन गरेको छ । उक्त भेटमा राष्ट्रपति पौडेलले नेपाल र कतारबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारबीचको आपसी सम्बन्ध र जनसम्बन्धको विकास र विस्तारमा योगदान पु¥याउने बताउनुभएको समाचारमा उल्लेख छ ।

भेटमा राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गर्नुभएको सम्बन्धी समाचारलाई पनि प्राथमिकताका साथ छापेको छ । राष्ट्रपतिसँगको भेटमा कतारका अमिरले नेपाल र कतारबीचको लामो सहकार्यलाई थप सुदृढ तुल्याउन कतार सरकारले बलियो पहल गर्ने बताउनुभएको विषयलाई पनि गोरखापत्रले प्रमुखताका साथ समेटेको छ । ‘कान्तिपुर’ दैनिकले राष्ट्रपति पौडेलसँग भेटका लागि शीतलनिवासमा पुग्नुभएका कतारी अमिरको तस्वीर पहिलो पृष्ठमा छापेको छ । कान्तिपुरले कतारी अमिरको नेपाल भ्रमणसम्बन्धी समाचार दोस्रो र तेस्रो पृष्ठमा प्रकाशित गरेको छ । कान्तिपुरले ‘कतारी अमिरः कान्छा युवराजदेखि प्रभावशाली शासकसम्म’ शीर्षकमा पूरा पृष्ठमा अमिरको उदय, कतारी समृद्धिको संवाहक तथा विश्वमञ्चमा समन्वयकारी र नेतृत्वदायी भूमिकामा देखिने प्रयास गरिरहेको विषयलाई समेटेको छ ।

यस्तै तेस्रो पृष्ठमा राष्ट्रपति पौडेलसँग कतारी अमिरको भेटसम्बन्धी समाचार र तस्वीर प्रकाशन भएको छ । उक्त समाचारमा इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता नेपाली विद्यार्थी जोशीको रिहाइका लािग पहल गरिदिन राष्ट्रपति पौडेलले गर्नुभएको आग्रहलाई मुख्य विषय बनाइएको छ । कान्तिपुरले चार जेट विमानसहित कतारी अमिर काठमाडौँ ओर्लिएको, आज प्रधानमन्त्री दाहालसँग द्विपक्षीय भेटवार्ता गर्ने र पाँच समझदारीपत्रमा हस्ताक्षर हुने समाचार पनि प्रकाशन गरेको छ । ‘नयाँ पत्रिका’ दैनिकले कतारी अमिरको भ्रमणसम्बन्धी खबरलाई पहिलो पृष्ठमा नै समावेश गरेको छ । राष्ट्रपति पौडेल र कतारी अमिरबीच वार्ता भएको र सो वार्तामा नेपाली विद्यार्थी जोशीको रिहाइदेखि कतारमा काम गर्ने नेपाली श्रमिकको सुरक्षा र नेपालमा लगानीसम्मका विषयमा छलफल भएको नयाँ पत्रिकाले उल्लेख गरेको छ । नयाँ पत्रिकाले कतारी अमिरले नेपाली विद्यार्थी जोशीको रिहाइका लागि पहल गर्ने, जलवायु परितर्वनको मुद्दामा राष्ट्रपतिको चासो, विमानस्थलमा भव्य स्वागत, आज प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने तथा कतारी अमिरको सुरक्षामा प्रविधिको अधिकतम् प्रयोग उपशीर्षकमा समाचार छापेको छ ।

‘अन्नपूर्ण पोष्ट’ दैनिकले कतारका अमिरको नेपाल भ्रमणसम्बन्धी समाचार ‘विपिन उद्धारको पहल गरिदिन कतारी राजासँग राष्ट्रपतिको आग्रह’ शीर्षकमा ‘एङ्कर न्यूज’का रुपमा प्रकाशन गरेको छ । उक्त समाचारमा कतारी अमिर थानीले ‘नेपालसँग सहयोगका क्षेत्र बढाउन कतार प्रतिबद्ध’ उपशीर्षकमा सोसम्बन्धी विषयलाई पनि छापेको छ । अन्नपूर्ण पोष्टले कतारी राजालाई विमानस्थलमा २१ तोपको सलामी दिइएको, सुरक्षा व्यवस्था कडा पारिएको तथा अमिरको भ्रमणमा मन्त्री र उच्च पदस्थ अधिकारी सहभागी भएको उल्लेख गरेको छ । ‘राजधानी’ दैनिकले पनि अमिरको नेपाल भ्रमणसम्बन्धी समाचारलाई प्रमुखताका साथ प्रकाशन गरेको छ । पहिलो पृष्ठमा ‘राष्ट्रपति पौडेल र कतारका अमिरबीच द्विपक्षीय छलफल’ शीर्षकमा समाचार छापिएको छ । मध्यपूर्वमा बढेको द्वन्द्वप्रति राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गर्नुभएको विषयलाई समाचारमा समेटिएको छ । राजधानीले दोस्रो पृष्ठमा ‘कतारी अमिर नेपालमा’ शीर्षकमा ‘फोटो फिचर’ पनि छापेको छ । कतारी भ्रमणदलमा सहभागी, प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता तथा सम्झौता र दक्षिण एसियामा पहिलो श्रम सम्झौता गर्ने मुलुक कतार उपशीर्षकमा भ्रमणसम्बन्धी समाचार प्रकाशन गरेको छ ।

‘हिमालय टाइम्स’ दैनिकले ‘मध्यपूर्व एसियाबाट पहिलो उच्चस्तरीय भ्रमण’ शीर्षकमा पहिलो पृष्ठमा कतारी अमिरको भ्रमणसम्बन्धी समाचार छापेको छ । हिमालय टाइम्सले ‘डेढ सय जनाको भ्रमण दल, ११ जनाको विशेष प्रतिनिधिमण्डल छुट्टै’, ‘विपिन जोशी रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिको आग्रह’, ‘आज प्रधानमन्त्रीसँग भेटवार्ता, के–के विषयमा हुँदै छ समझादारी र सम्झौता ?’, ‘कतारबाट नेपालले पैसा र प्रविधि ल्याउन सक्नुपर्छः पूर्वराजदूत उपाध्याय’ र ‘श्रमिकको हितअनुकूल श्रम सम्झौता परिमार्जन गर्न आवश्यक ः पूर्व–परराष्ट्रमन्त्री डा खड्का’ उपशीर्षकमा पुरक समाचार पनि प्रकाशन गरेको छ । अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ले राष्ट्रपति पौडेल र कतारी अमिरबीचको भेटवार्तासम्बन्धी समाचारलाई पहिलो पृष्ठमा छापेको छ । कतारी अमिरको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएकोसम्बन्धी समाचार पनि राइजिङ नेपालमा छ । अर्को अङ्ग्रेजी दैनिक ‘द काठमाडौँ पोष्ट’ले पनि राष्ट्रपति पौडेल र कतारी अमिरको भेटसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा प्रकाशन गरेको छ । सो भेटमा राष्ट्रपति पौडेलले नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन गरेको आग्रहलाई प्रमुख विषय बनाइएको समाचार काठमाडौँ पोष्टले छापेको छ । विद्युतीय सञ्चार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सार्वजनिक तथा निजी क्षेत्रका प्रसारण संस्था तथा सबै ‘अनलाइन न्युजपोर्टल’ले कतारी अमिरको भ्रमणसम्बन्धी समाचार एवं तस्वीर प्रकाशन एवं प्रसारण गरेका छन् ।

Previous Post

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

Next Post

प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै

Next Post
प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै

प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version