For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मातृभूमि जोगाउन ‘भृकुटी’ले दिएको सन्देश

byDainik Nepalgunj
April 28, 2024
in News
0 0
0
मातृभूमि जोगाउन ‘भृकुटी’ले दिएको सन्देश
Share on FacebookShare on Twitter

पुस्तक समीक्षाः

राजा शिवदेव प्रथमले राजा बनाएका सातौँ शताब्दीका महासामन्त (पहिले सामन्त) आफ्ना भानिज÷ज्वाइँ अंशुवर्मा र उनकी छोरी भनिएकी ‘भृकुटी’ (कसैले नरेन्द्रदेवकी भनेका छन्) बारे इतिहासमा विवाद छ । तथापि इतिहास लेखन तथा अध्ययन अध्यापनका दौरान ती दुईलाई बाबुछोरीकै रूपमा मानिन्छ र दुवै नेपालका राष्ट्रिय विभूतिमा पनि दरिएका छन् । ‘भृकुटी’ हाम्रा काव्य, निबन्ध, नाटक आदिमा आइरहने नाम हो । ‘भृकुटी’ आख्यानमा कम आएकी छन् जसको पूर्ति पूर्वप्रशासक गोविन्दप्रसाद कुसुमले उपन्यासमार्फत गर्नुभएको छ । राजा अंशुवर्मा र भृकृटी इतिहासमा विवादका रूपमा रहे पनि दुवै नेपालका राष्ट्रिय विभूतिमा दरिएका छन् । नेपालको स्वर्णकाल मानिएको लिच्छविकालकी नेपालकी राजकुमारी ‘भृकुटी’ नेपालको अस्तित्व जोगाउन र बौद्धधर्मको प्रचारप्रसार गर्न दिएको योगदानका कारण नेपाली इतिहास, धर्मसंस्कृति, दर्शन, शिल्प एवं वास्तुकला तथा साहित्यमा सधै स्मरणीय छन् । उनीमाथि लिखित समीक्ष्य उपन्यासले पनि सोही तथ्यलाई इतिहास, काल्पनिक घटना विवरण, जनश्रुति, कथा र संवादमार्फत उजागर गर्ने प्रयास गरेको छ ।

इतिहासमा अंशुवर्माले हाँडीगाउँ, विशालनगर क्षेत्र (देवपत्तन ?) स्थित कैलाशकूट दरबारबाट शासन चलाएको उल्लेख भए पनि कृतिमा पाटनबाट देखाइएको छ जसबाट पाठक सुरुमै अलमलमा पर्न सक्छन् । देवपत्तन सहर जीर्ण बनेपछि पाटन सरेको देखाइएको छ । जनताको अभिमतानुसार उनकै कल्याणमा समर्पित राजा अंशुवर्मा तिरहुत, सिम्रौनगढ आदि ससाना राज्यबाट हुन सक्ने विरोधप्रति पनि सचेत थिए । त्यसैले व्यापार व्यवसाय बढाउन र एकार्काप्रति उत्तर र दक्षिण राज्यबाट आक्रमण भएमा रोक्नका सहयोग गर्ने उपाय खोजिरहेका थिए । दक्षिण मगध र उत्तर तिब्बत राज्यसँग सम्बन्ध बढाउने उपायका सिलसिलामा उनले छोरी भृकुटीको विवाह तिब्बती सम्राट् स्रङ चङ गम्पोसँग विवाह गराइदिए । सम्राट्ले सपनामा देखेका भनिएकी राजकुमारी भृकुटीलाई माग्न आफ्ना दुई मन्त्री र सहयोगी पठाइदिएको र तिनैका साथमा बौद्ध गुरु पद्मसम्भवलगायत आवश्यक मानिस हात्ती–घोडामा चढाएर पठाइएको थियो ।

बौद्ध धर्मसंस्कृति र राजपाट सञ्चालन तथा संस्कृत र पाली भाषाको जानकार मानिएकी भृकुटीले चन्दनका काठ ,कस्तुरी, नेपाली हस्तकलाका सामान, हिरा, भोजपत्र, घरबुनुवा कपडाका अतिरिक्त सुन र पित्तलले बनाइएका बुद्ध तथा ध्यानी बुद्ध र ताराका मूर्ति पनि तिब्बत लगेकी थिइन् । यसले नेपाली संस्कृति चिनाउन र दुई देशबिच व्यापार प्रवद्र्धनमा सहयोग गरेको थियो । उनकै कारणबाट बाह्य आक्रमणको सम्भावित खतरा ट¥यो र नेपालको राष्ट्रिय सार्वभौमिकता जस्तो संवेदनशील विषय अक्षुण्ण रहन गयो । आफ्नो बुद्धि, ज्ञान र विवेकबाट उनले असभ्य मानिएको तिब्बती समाजमा सुधार र मानिसहरूको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सकेकी थिइन् भने सातौँ शताब्दीमा नेपालमा प्रचलित संस्कृत र पाली भाषाको प्रशिक्षण पनि गराएकी थिइन् ।

राष्ट्रिय विभूति भनेर मानिएकी भृकुटीको खास योगदान र नेपाली खासगरी अझ महिलाहरूमा उत्प्रेरणा जगाएकी उनको योगदान उजागर गरिएको प्रस्तुत कृति नेपाली भाषा, धर्म, संस्कृति तथा आदर्श नारीको अध्ययन अनुसन्धानका लागि उपयोगी देखिएको छ । साङ्ग्रिला मिडिया ग्रुप प्रालि (साङ्ग्रिला बुक्स) द्वारा प्रकाशित कृतिमा शासकले जनतालाई गर्ने माया, अनुशासन, दण्डसजाय, जनजीवन, रहनसहन, नेपाली नारीहरुको अवस्था, खेतीपाती, वास्तु र शिल्पकला तथा सती प्रथाका अनेक प्रसङ्ग छन् । “यो उपन्यास लेखनको मुख्य उद्देश्य भृकुटीले गरेका कामलाई उजागर गर्नु र जन्मभूमि नेपालप्रति आफ्नो कर्तव्य पालनामा उनले देखाएको निष्ठालाई बाहिर ल्याउनु रहेको छ । भृकुटीलाई राष्ट्रिय विभूतिको सम्मानभित्र मात्र कैद गरेर राखिएको छ । यसरी कैद गर्नु भनेको उनीप्रतिको सम्मानमा कञ्जुस्याइँ गर्नु हो । त्यसबेलामा उनले गरेको कार्यबाट आजका हामी नेपालीले कूटनीतिक, सामाजिक, आर्थिक र सुशासनका सवालमा बुझ्नुपर्ने, सिक्नुपर्ने र पालना गर्नुपर्ने विषयहरू धेरै छन् । यस उपन्यासले त्यस दिशातर्फ पनि सङ्केत गरेको छ”, उपन्यासकारले ‘मेरा कुरा’ मा कृति लेख्नाको तात्पर्य स्पष्ट गरेका छन् ।

कृतिमा राजा वा शासकमा हुनुपर्ने स्वभाव र कर्तव्य उल्लेख गरेर लेखकले आधुनिक राजनीतिज्ञ वा शासकलाई पनि शिक्षा दिन खोज्नुभएको छ । “विद्वान्हरू भनेका राजा–महाराजाभन्दा उच्चकोटिका व्यक्ति हुन् । जुन राजाले विद्वान्हरूको कदर गर्छ, जुन शासकले राजपाट चलाउने सवालमा विद्वान्हरूको सल्लाह लिएर निर्णय गर्छ, त्यो शासक सफल शासक हो । त्यो राजा असल राजा हो”, भृकुटीले राजालाई बताएको यो कुरा नेपालका वा जुनसुकै देशका कार्यकारी प्रमुखका हकमा पनि ग्रहणयोग्य छ । सातौँ शताब्दीको वरपरको नेपाल, तिब्बत र मगध राज्यका पालाको समय भए पनि कृतिमा रहेका संवादहरू आधुनिक भाषामै लेखिएकाले पाठकलाई निकै अप्ठ्यारो महसुस हुन्छ । त्यतिबेला नेपालमा पाली र संस्कृत भएका प्रचलन भएकाले सोही भाषा कृतिमा प्रस्तुत गर्न नसकिएका लेखकले स्पष्टीकरण दिएकाले यसबारे धेरै भन्नु परेन । ऐतिहासिक उपन्यास भए पनि कृतिलाई रोचक बनाउन लेखकले निकै काल्पनिक कुराहरू प्रसङ्गका क्रममा ल्याउनुभएको छ । त्यसले पाठकलाई एक छिन मनोरञ्जन त देला तर ऐतिहासिक तथ्य सम्बद्र्धनमा केही काम लाग्दैन । कतिपय घटना, रतिरागात्मक प्रसङ्ग, भृकुटीको विवाहका भोजका क्रममा रक्सी खाएर घरसम्म जान नसकेको एक नागरिकको अवस्था आदि अनावश्यक विषयले कृतिको मोटाइ बढ्न गएको छ । कुनै कुनै शब्दचयन जस्तो ‘सैनिक’ हुनुपर्नेमा ‘सेना’ (पूरै बल), ‘छ्याकटे जुँगा’, ‘अभीर’ नै गल्ती छ भने वर्णविन्यास र वाक्य संरचनामा थुप्रै अशुद्धि भेटिन्छ । ‘भृकुटी’ नामको अर्थ र उनले सम्बोधन गरिने ‘हरित तारा’ को पनि अर्थ भेटिन्न । तथापि एउटा राष्ट्रिय विभूतिलाई भीमकाय कृतिमा ल्याएर लेखकले इतिहासमा अलपत्र परिरहेका अन्य राष्ट्रिय व्यक्तित्वहरूबारे पनि खोजीनिधी गर्न भने अनुसन्धाताहरूलाई पनि प्रेरणा भने मिल्ने छ ।

Previous Post

गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा

Next Post

वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

Next Post
वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

इजरायल र लेबनानलाई वार्ताको ‘अवसर’ लिन १७ मुलुकको आग्रह

April 15, 2026
प्रधानमन्त्री समक्ष सांसद राईले बुझाए बाँकेकाे विकास एजेण्डा

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

April 15, 2026
तयारीमा गगनको ‘संवाद यात्रा’

कांग्रेसको ‘जरा अभियान’ मा

April 15, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

बाँकेमा खोपको मात्रा पूरा नगर्ने बालबालिका आठ सय

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version