बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको राससलाई जानकारी दिनुभयो । लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गर्नुभयो । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- Dainik Nepalgunj

Related Content
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य
by
Dainik Nepalgunj
May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’
by
Dainik Nepalgunj
May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि
by
Dainik Nepalgunj
May 9, 2026
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती
by
Dainik Nepalgunj
May 9, 2026
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
by
Dainik Nepalgunj
May 9, 2026