For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

अङ्गदाताको प्रतिक्षामा मिर्गौला र कलेजोका बिरामी

byDainik Nepalgunj
May 12, 2024
in Health, मुख्य समाचार
0 0
0
अङ्गदाताको प्रतिक्षामा मिर्गौला र कलेजोका बिरामी
Share on FacebookShare on Twitter

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी प्रत्यारोपणका लागि कुरेर बसेका छन् । दाताको पर्खाइमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि कुरेर बसिरहेका छन् । केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अङ्ग नपाएर एक हजार जना मिर्गौला र ५० जना कलेजो प्रत्यारोपणका लागि बिरामी कुरेर बसेको बताउनुभयो । “मस्तिष्क मृत्यु भएपछि अङ्ग नपाएर ती बिरामीले अहिले कुरिरहेका छन्” उहाँले भन्नुभयो, “मस्तिष्क मृत्युपछि कसैले अङ्गदान गरे ती बिरामीको अङ्ग प्रत्यारोपण गर्न सकिन्छ ।” उहाँका अनुसार ती बिरामी १० वर्षदेखि अङ्गदाताको प्रतीक्षामा कुरिरहेका छन् ।

मस्तिष्कले गर्ने सबै काम बन्द भए पनि शरीरका अन्य अङ्गले केही समय काम गरिरहेको हुुन्छ । मस्तिष्कले काम नगरेको अवस्थामा अन्य अङ्गले काम गरिरहेको अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ । सडक दुर्घटनामा परेर, रुखबाट लडेर या कुनै कारणले टाउकामा गम्भीर चोट लागेमा मस्तिष्कको मृत्यु हुन सक्छ । मस्तिष्क मृत्यु भएको मानिसले स्वयम्ले श्वास लिन सक्दैन र श्वासका लागि भेन्टिलेटरको आवश्यकता पर्दछ । भेन्टिलेटरको सहायताले श्वास लिए पनि नाडी, रक्तचाप एवम् जीवनका लक्षण रहिरहेका हुन्छन् । मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानमा पूर्ण रुपमा मृत घोषित गरिन्छ । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले प्रत्यारोपणका लागि कुरेर बसेको बिरामीलाई मस्तिष्क मृत्युबाट अङ्ग पाएको खण्डमा मापदण्डका आधारमा प्रत्यारोपण गर्ने बताउनुभयो । “हजार जना मिर्गौला र ५० जना कलेजो कसले पाउँछ भनेर हामीले मापदण्ड बनाएका छौँ” उहाँले भन्नुभयो, “त्यही मापदण्डका आधारमा मिर्गौला र कलेजो प्रत्यारोपण गछौँ ।”

बढी अङ्क ल्याउनेको पालो पहिले उहाँका अनुसार मापदण्डअनुसार सबैभन्दा बढी अङ्क ल्याउनेको पहिले पालो आउने गर्दछ । मिर्गौला सबैभन्दा बढी अङ्क लामो समयसम्म कुर्ने बिरामी, त्यसपछिको अङ्क म्याचिङ राम्रो भएको, तेस्रो अङ्क अङ्गदाता र ग्रहणकर्ताबीचको उमेरको फरक (नजिकको उमेर) भएकालाई र चौथो महिलालाई अङ्क दिइन्छ । महिलाले पुरुषको तुलनामा तीन गुणा बढी अङ्क पाउँछन । “सबै पुरुषले महिलाको अङ्ग झिकेर प्रत्यारोपण गरेका हुन्छन् । धेरैजसो महिलाले अङ्ग दिने देखिएको छ । त्यसैले मस्तिष्क मृत्युबाट आएको अङ्ग महिलालाई तीन गुणा बढी दिने व्यवस्था मापदण्डमा रहेको छ,” उहाँले भन्नुभयो । मस्तिष्क मृत्युबाट अङ्ग केन्द्रमा उपलब्ध भएपछि सबैभन्दा बढी अङ्क ल्याउने बिरामीलाई बोलाएर अङ्ग प्रत्यारोपण गरिन्छ । उहाँले केन्द्रमा अहिलेसम्म पाँच जना मस्तिष्क मृत्युबाट १० जना बिरामीको मात्र अङ्ग प्रत्यारोपण भएको बताउनुभयो । तीन जना कलेजो र सात जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

यस्तै केन्द्रमा अहिलेसम्म एक हजार २३८ जनाको मिर्गौला र २३ जनाको कलेजाको प्रत्यारोपण गरिएको छ । केन्द्रले मुलुकको दुई तिहाई बढी अङ्ग प्रत्यारोपण गर्ने गरेको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो । उहाँले मिर्गौला प्रत्यारोपण ९९ प्रतिशत र कलेजो ९० प्रतिशतभन्दा बढी सफलता रहेको छ । मिर्गौला प्रत्यारोपण पूर्ण रुपमा निःशुल्क हुने गर्दछ भने कलेजो प्रत्यारोपण विश्वकै सस्तो दरमा १५ देखि २० लाखमा गरिने केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो । केन्द्रमा पहिलोपटक २०६९ मिर्गौला र नेपालमा सबैभन्दा कलेजो प्रत्यारोपण केन्द्रमा सन् २०१६ मा भएको हो । केन्द्रले कलेजो प्रत्यारोपण मुलुककै दक्ष चिकित्सकबाट गर्दै आइरहेको छ । “शुरु–शुरुमा विदेशी चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण गरे पनि अहिले हामी आफै यहिका चिकित्सकबाट गर्न थालेका छाँै,” उहाँले भन्नुभयो, “कलेजो प्रत्यारोपण जोखिमपूर्ण रहेकोले हामी विदेशी चिकित्सकलाई पनि तयारी अवस्थामा राखेका हुन्छौँ ।”

मिर्गौला एक व्यक्तिबाट अर्को व्यक्तिमा झिकेर प्रत्यारोपण गर्नेे भनेको कलेजो आधा काटेर प्रत्यारोपण गर्ने हो । उहाँका अनुसार कलेजो तीन महिनामा ९० प्रतिशत पलाउने गर्दछ । उहाँले कलेजो काटेर प्रत्यारोपण गर्न कार्य जटिल रहेकाले नेपालमा २५ वर्ष पहिल्यै कलेजो प्रत्यारोपण गर्न सफल भएको बताउनुहुन्छ । “हामी विश्वको तुलनामा २५ वर्ष अगाडि नै कलेजो प्रत्यारोषण गर्न सफल भएका हौँ,” उहाँले भन्नुभयो, “सरकारको सहयोग र चिकित्सकको मिहेनतले हामीले सोचेभन्दा अगाडि नै कलेजो प्रत्यारोपण ग¥यौँ ।” मादकपदार्थ र भाइरल हेपाटाइटिस बी र सी तथा कमलपित्तको कारणले कलेजो बिग्रने, कसैले जन्मजात कलेजो बिग्रेको हुन्छ, त्यस्ता मानिसको कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

अङ्गदान जनचेतना आवश्यक अङ्गदान भएको पवित्र दान हो अर्थात महादान हो । कुनै जातजाति धर्ममा निषेध गरिएको छैन । तर मृत्युपछि खरानी भएर जाने अङ्गदानबारे जनचेतना जगाउन नसक्दा अङ्गदाता सोचेजस्तो भेटिएका छैनन् । शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०७२ अङ्गदान गर्न सकिने व्यवस्था गरेको छ । ऐनले बिरामीलाई तीन तरिकाले लिन÷दिन सक्ने व्यवस्था गरेको छ । पहिलो आफ्नो नजिकका ५२ नातेदार, दोस्रोमा दुवै तर्फबाट लिन÷दिन मिल्ने अवस्थामा र तेस्रो मस्तिष्क मृत्युबाट दानमा आएका मिर्गौलालाई अङ्गदान गर्न सकिने व्यवस्था गरिएको छ ।

हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छ । “एउटा मिर्गौलाले हाम्रो शरीरलाई धान्ने गर्दछ । एउटा मिर्गौला भगवानले हामीलाई त्यतिकै थपदिएको हो,” कार्यकारी निर्देशक डा. श्रेष्ठले भन्नुभयो, “एउटा मिर्गौलाले हामीलाई पुग्छ दुई वटा मिर्गौला राखिराख्नु भन्ने आवश्यकता छैन । आवश्यक परेको बेला आफ्नो नातेदारलाई आँखा चिम्लेर दिए हुन्छ । त्यसो भए आफ्नो नातेदार पनि बाँच्न सक्नेछन् ।” उहाँले जनचेतनाको कमीले अझै पनि मानिसहरुले अङ्गदान नगर्ने गरेको बताउनुहुन्छ । “मस्तिष्क मृत्युपछि मानिसको अङ्ग त्यतिकै जलेर खरानी भएर जान्छ” उहाँले भन्नुभयो, “खेर जाने अङ्ग गाडेर वा जलेर खरानी हुने तर दान दिन किन नहुने ? एक जनाबाट आठ जनाको ज्यान जोगाउन सकिन्छ ।” मिर्गौला दान लिनेहरु स्वस्थ हुने गरेको पाइएको उहाँको भनाइ छ । “मिर्गौला दान नदिनेभन्दा दिनेहरु झनै स्वस्थ्य भएका छन् । मिर्गौला दाताहरुले प्रत्येक वर्ष स्वास्थ्य परीक्षण गराउने गर्दछन्,” उहाँले भन्नुभयो, “दान नदिनेहरु मलाई के भएको छ र म स्वस्थ्य छु भनेर बस्ने गरेका छन् । मिर्गौला दाताको समस्या छ भने समयमा थाहा भएर उपचार हुने भयो । अर्को स्वास्थ्य व्यक्ति मलाई केही भएको छैन भनेर स्वास्थ्य परीक्षण पनि नगराउने र भित्रभित्र केही न केही समस्या देखिने गरेको छ ।”

उहाँले मृत्युपछि खराबी भएर जाने आठ वटा अङ्ग सबैले दान गरेर अरुलाई बचाउनुपर्ने बताउनुहुन्छ । दुई वटा मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यानक्रियाज मस्तिष्क मृत्युपछि अङ्गदान गर्न सकिन्छ । केन्द्रमा अहिलेसम्म दुई हजार ३०० भन्दा बढी व्यक्तिले मृत्युपछि अङ्गदान गर्ने भनेर मन्जुरीनाममा गरेका छन् । तीमध्ये हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड,’ नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा समेत रहनु भएको छ । केन्द्रले मुटु र फोक्सोको प्रत्यारोपण गर्नका लागि कानून बनाइसकेको छ । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मुटु र फोक्सोको प्रत्यारोपण गर्नका लागि चिकित्सकलाई तालिम, भवन निर्माण जस्ता कार्य गर्न बाँकी रहेको बताउनुभयो । केन्द्रलाई पाँच सय शैय्या बनाएर १५०÷१५० शैय्या मुटु र कलेजोलाई, दुई सय शैय्या मिर्गौला लाई बनाउनुपर्दछ । मुटु, फोक्सो, प्यानक्रियाज र सानो आन्द्राको प्रत्यारोषण मस्तिष्क मृत्यु भएका मानिसबाट निकालेर गरिन्छ । मस्तिष्क मृत्यु हुने बित्तिकै ती अङ्ग निकालेर प्रत्यारोपण गर्नुपर्ने हुन्छ । मिर्गौला २४ घण्टाभित्र, कलेजो र प्याक्रियाज् १० देखि १२ घण्टाभित्र, मुटु र फोक्सो चारदेखि छ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ । यस्तै केन्द्रले सात वटा प्रदेशमा प्रत्यारोपण विस्तार गर्ने तयारीसमेत गरेको कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । अहिले पोखरा र सुर्खेत प्रत्यारोपण सुरु गरिसकेको छ । हेटौँडा, धनगढी, विराटनगर, वीरगञ्जमा प्रत्यारोपण गर्नका लागि सम्झौता भइसकेको र चाँडै नै प्रत्यारोपण गर्ने उहाँको भनाइ छ ।

Previous Post

चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

Next Post

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा

Next Post
चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

April 18, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version