For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज मुख्य समाचार

अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण

byDainik Nepalgunj
August 26, 2024
in मुख्य समाचार, विचार
0 0
0
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
Share on FacebookShare on Twitter

राममणि सिटौला

आजभन्दा हजाराँै वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । धुमधामका साथ पूजाअर्चना गर्दै उनको आराधना गरिन्छ ।

अद्भुत कला, असीम पुरुषार्थ र परमार्थले भरिएका कृष्ण सर्वत्र वन्दनीय र पुजनीय छन् । उनी सनातनीहरू माझ कन्हैया, माधव, श्याम, गोपाल, द्वाराकेश, द्वारिकाधीश आदि नामले चिनिन्छन् । सिङ्गो भारतवर्षमा सबैभन्दा अधिक र प्रसिद्व मूर्ति उनकै छ । श्रीकृष्ण संसारभरिका मानिसद्वारा अत्याधिक रुचाइएका अप्रतिम भगवान हुन् । उनी देश, धर्म, सम्प्रदायबाट माथि उठेका सर्वमान्य पुरुष हुन् । आज विश्वमा सबैभन्दा बढी शोध उनैमाथि भइरहेछ ।

‘कृष्ण’ नामबारे अनेकौंँ व्याख्या छन् । ‘कृष्ण’ नाममा भएको ‘क’ कारले ब्रह्माको वाचकलाई बुझाउँछ । ‘ऋ’ कार र ‘ष’ कारले शेषनाग र शिवलाई बोध गराउँछ भने ‘ण’ ले धर्मलाई सङ्केत गर्छ । त्यस्तै ‘विसर्ग’ नारायणको बोधक हो । कृष्ण परब्रह्म, परमात्मा हुन्, भक्तिका दाता हुन् । त्यसैगरी कृष्ण नामको ‘क’ ले कमलकान्त, ‘ऋ’ ले राम, ‘ष’ ले शेषनागको शय्यामा निवासी विष्णु, ‘ण’ ले नरसिंहलाई बुझाउँछ । यी पूर्णतत्त्व, जुन महामन्त्ररूपी शब्दमा समाहित छ, वास्तवमा त्यही कृष्ण नै हो ।

भगवान् विष्णुका आठौँ अवतारका रूपमा द्वापर युगमा जन्मिएका कृष्णलाई सनातन धर्ममा त्यस युगका सर्वश्रेष्ठ पुरुष, युगपुरुष, युगावतारको स्थान दिइएको छ । कृष्ण आदर्श दार्शनिक, निष्काम कर्मयोगी, स्थितप्रज्ञ दैवी गुणले सुसज्जित महापुरुष थिए । योगेश्वर कृष्णका समकालीन कृष्ण द्वैपायन व्यासले कृष्णको चरित्रबारे श्रीमद्भागवत र महाभारतमा विस्तृत रूपमा उल्लेख गरेका छन् । कृष्ण वसुदेव र देवकीका आठौँ सन्तानका रूपमा मथुराको कारागारमा जन्मिएका थिए । देवकी कंसकी बहिनी थिइन् । कंस अत्याचारी राजा थियो । जब ऊ आफ्नी नवविवाहित बहिनीज्वाइँलाई रथमा चढाएर घर पु¥याउन जाँदै थियो, तब आकाशवाणी भयो, “देवकीको आठौँ गर्भबाट तेरो मृत्यु हुने छ । ” यो सुन्नेबित्तिकै उसले बहिनीलाई मार्न तरबार उठायो । तब वसुदेवले बिन्ती गरे, “देवकीबाट जति सन्तान जन्मिन्छन्, ती सबै बुझाउँला तर आफ्नी बहिनीलाई नमार्नू । ”

कंसले वसुदेवको प्रतिज्ञा स्वीकार ग¥यो र उनीहरूलाई मथुराको कारागारमा बन्दी बनायो । कारागारमा देवकीका जति सन्तान जन्मिए, सबैलाई कंसले हत्या ग¥यो । देवकीको सातौँ गर्भ देवी योगमायाले भगवान् विष्णुको आज्ञानुसार वसुदेवकी दोस्री पत्नी रोहिणीका गर्भमा सारिदिइन् । जब कृष्णको जन्मको दिन आयो, भगवान् विष्णु प्रकट भएर देवकीलाई आफू उनका छोराको रूपमा जन्म लिन लागेको रहस्य बताए । साथै उनले त्यतिखेर सारा पहरेदार निद्रामा मस्त हुने तथा वसुदेवका हतकडी आफैँ खुल्ने पनि जानकारी दिए । आफूलाई टोकरीमा राखेर गोकुल पु¥याउने र नन्दका घरमा भर्खरै जन्मिएको कन्या मथुरा लिएर आउन वसुदेवलाई सल्लाह दिए । भगवानुले भनेअनुसार भदौ अष्टमी तिथि, रोहिणी नक्षत्रका बेला मथुराका कारागारमा कृष्णको जन्म भयो । उनकै लीलानुरूप वसुदेव र देवकी हतकडी मुक्त भए । वसुदेवले टोकरीमा राखेर गोकुल लिएर जाँदै गर्दा भदौरे भेलले यमुना नदी उर्लिरहेकी थिइन् । जब यमुनाले कृष्णको दर्शन गरिन्, तब वसुदेवका निम्ति बाटो खुला गरिदिइन् ।

नागहरूले आफ्ना फणाले कृष्णलाई पानीले नभिजाओस् भनेर ओत दिए । केही समयमा नै वसुदेव यशोदाका काखमा सुतिइरहेकी कन्यालाई उठाई कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के । कन्यालाई देवकीका काखमा सुताई वसुदेव पूर्ववत् कारागारमा बन्दी भएर बसे । केही क्षणमा बालिका रोएको आवाजले पहरेदारका निद्रा खुले र तिनले कंसलाई खबर गरे । अरू बालकलाई झैँ जब कंसले बालिकालाई भुइँमा पछारेर मार्न खोज्यो, तब ती बालिकाले आकाशमा उड्दै भनिन्, “हे पापी, तैंँले मलाई के मार्लास् ? तँलाई मार्ने गोकुलमा पैदा भइसकेको छ ।” उनी योगमाया थिइन् । यसले कंसका मनमा चिसो पस्यो । उसले कृष्णलाई मार्न अनेकौँ उपाय लगाए पनि सबै असफल भए । कृष्णको बाललीला बयान गरी साध्य नै छैन । दही चोरी, पुतना बध, वत्सासुर–वकासुर–लम्बासुर–केशी बध, गोवद्र्धन धारण, गोपिका चीरहरण, कालीय दमन आदि हुन् । कृष्णका चमत्कारका कथा लोकमा त्यति नै प्रसिद्ध छन् । उनले माता यशोदालाई आफ्ना मुखको सारा ब्रह्माण्ड देखाएका थिए । उनले सान्दिपिनी ऋषिका छोरालाई यमराजका मुखबाट फिर्ता ल्याएका थिए भने मथुराकी कुप्री कुब्ज सुन्दरीलाई लक्षणबाटै ठिक गरेका थिए । उनले इन्द्रको अहङ्कार चुर गर्न औँलाले पर्वत उठाएका थिए । बर्बरिकको शिर काटेर एक स्थानविशेषमा राखेका थिए जहाँबाट युद्ध देख्न सकियोस् । जयद्रथ बधका समयमा आफ्नो मायाले समयपूर्व नै सूर्यास्त गराएका थिए भने अभिमन्युकी श्रीमती उत्तराका गर्भमा हुर्किरहेको परीक्षितलाई पुनः जीवित गरेका थिए । उनका यस्ता धेरै चमत्कारका कथा छन् ।

आफ्ना सौर्यले कृष्णले कंसका दरबारका चारूण, मुष्टिक आदि वीरहरूलाई पनि परास्त गरे, अत्याचारी बर्बर कंसलाई मारेर मातापिता र मावलीका पितामह उग्रसेनलाई कारागारबाट मुक्त गरे । उनले मथुरा र गोकुलमा धर्म, न्याय र समताको शासन स्थापना गरे । ‘महाभारत’ मा पनि उनले नायकत्वको भूमिका निर्वाह गरे । उनले भारीसभामा द्रौपदीको चीरहरण हुँदा सारी रूप धारण गरेर द्रौपदीको इज्जत बचाए । पाण्डव र कौरवको लडाइँमा आफूले हतियार नचलाउने सर्तमा पाण्डव पक्षका सारथी भएर काम गरे । त्यही युद्धका दौरानमा पूर्वीय धर्म र दर्शनको महाग्रन्थ ‘गीता’ जन्मियो । यसमा ‘महाभारत’ को युद्धका बिच अर्जुन र कृष्णको संवादको बयान छ श्रीमद्भागवत ‘गीता’ को उत्पत्ति श्रीकृष्णका मुखबाट भएको थियो । यसलाई महर्षि वेदव्यासले श्लोकका रूपमा ग्रन्थमा वर्णन गरेका छन् । ‘

गीता’ ले हाम्रो जीवनका मार्गमा आउने विपत्तीबाट उम्कनका निम्ति मार्गप्रशस्त गर्छ । यसमा मुख्य रूपमा ज्ञानयोग, कर्मयोग र भक्तियोगलाई महत्त्व दिइएको छ । ‘महाभारत’ को १८ पर्वमध्ये भीष्म पर्वको एक हिस्सा हो गीता । यसमा कुल १८ अध्याय छ । तिनको कुल श्लोक ७०० छ । वेदको सार उपनिषद् हो । उपनिषद्को सार ‘गीता’ हो । उपनिषद् गाई हो भने ‘गीता’ दुग्धधारा । यसमा सृष्टिको उत्पत्ति, जीव विकासको क्रम, हिन्दू सन्देशवाहको क्रम, मानवोत्पत्ति, योग, धर्म, कर्म, ईश्वर, भगवान्, देवीदेवताको उपासना, प्रार्थना, यम, नियम, अन्तरिक्ष, जीवन प्रबन्धन, राष्ट्र निर्माण, त्रिगुणको सङ्कल्पना, सबै प्राणीमा मैत्रीभाव आदिको चर्चा छ, अनेकौँ योगहरूको वर्णन छ । पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचाँै छैटौँ, साताँै, आठौंँ, नवाँैं दसौँ, एघारौंँ बाह्रौँ, तेह्रौँ, चौधौंँ, पन्ध्राँैं, सोह्रौंँ, सत्रौंँ र अठारौंँ अध्यायमा क्रमशः विषाद, साङ्ख्य, कर्म, ज्ञान, ज्ञान कर्मसन्न्यास, आत्मसंयम योग, ब्रह्म, राजविद्याराज, विभूति, दैवासुत्स्म्द्वि, श्रद्धा विभाग, मोक्ष सन्न्यास योग आदिको चर्चा छ ।

आफ्ना बन्धुबान्धव देखेर युद्धदेखि डराएका अर्जुनलाई साङ्ख्य योगमा युद्धदेखि भाग्नु कायरताको संज्ञा दिँदै आत्माको अमरताबारे बताइएको छ । कर्म योगमा कर्मको गम्भीर विवेचना हुनाका साथै अनासक्त भावको निरुपणको उपाय बताइएको छ । ज्ञान कर्म सन्न्यास योगमा सगुण भगवान्को प्रभाव, कर्म योगको विषय, योगी महात्मा पुरुषको आचरण, तिनीहरूको महिमा आदिको चर्चा हुनाका साथै पृथक् यज्ञको फलबारे दर्साइएको छ । सारमा यी योग कसरी स्थितप्रज्ञ बन्ने र मोक्ष प्राप्ति गर्ने भन्ने विषयमा केन्द्रित छ । यी योगहरू योगेश्वर कृष्णका वाणी हुन् । ‘गीता’ का प्रत्येक श्लोकमा ज्ञानका प्रकाशहरू छन् जसले अज्ञानको अन्धकार नष्ट पारेर उज्यालोको मार्गमा हिँडाउँछ र मानिसलाई परमपदको अधिकारी बनाउँछ । कृष्ण चरित्रमा जति पनि चमत्कारका कथा छन्, त्यसको सतहीभन्दा पनि प्रतीकात्मक अर्थ छन् । कृष्णले औंँलामा गोवद्र्धन पर्वत उठाएको कथा झट्ट सुन्दा मानिसले प्रश्न उठाउन सक्छन्–के औंँलामा पनि पहाड उठाउन सकिन्छ र ? तर यसको साङ्केतिक अर्थ छ । गोवद्र्धन पर्वत उठाउनाको अर्थ हो– कृषिमा क्रान्ति ल्याएर गोवंशको रक्षा गर्नु । उनको उद्देश्य भनेकै लक्ष्मी माताको प्रतीक गौमाताको रक्षा गर्नु थियो । गोवंशको रक्षा नभई कृषि युग अगाडि बढ्न सक्दैनथियो । उनले गोवद्र्धन उठाए भन्नाको अर्थ हो, उनले गाईको रक्षा गरेर कृषि युगलाई अगाडि बढाए । यस्तै कालीय दमनको कथाको पनि साङ्केतिक अर्थ छ । कालीय नाग रूपक हो । कृष्णले संसारलाई आतङ्कित पारेको कालीय नाग दमन गरे । कालिय नागको प्रवृत्ति मानिसभित्र पनि छ । हामी आफूभित्रको क्रोध, अहङ्काररूपी कालीय नागमाथि जब विजय प्राप्त गर्छौँ, तब हामी श्रीकृष्ण प्राप्त गर्छौँ । यसको अर्थ यही हो ।

कृष्णको हातको सुदर्शन चक्रको विम्बात्मक अर्थ हो ––आत्मचक्र । यो एउटा आफैँसँग साक्षात्कार गरिने आत्मसाक्षात्कार हो । सुदर्शन ‘सु’ र ‘दर्शन’ भन्ने शब्दले बनेको छ । ‘सु’ भनेको राम्रो र ‘दर्शन’ भनेको दृष्टिकोण हो । जब हामीभित्र खराब दृष्टिकोण अन्त्य भएर असल दृष्टिकोण बन्न थाल्छ, तब हामी सुदर्शन प्राप्त गर्छौैँ । त्यसले कृष्णले दुष्टलाई नाश गरे झैंँ हामीभित्रको दुष्टता नाश गर्छ । त्यो आत्मसाक्षात्कारबाट सम्भव छ । कृष्णसँग जोडिएका अरू धेरै कथाका प्रतीकात्मक अर्थ छन् । भनिन्छ, भगवान् कृष्ण सोह्र अध्यात्मिक, चौध विद्या, चौँसट्ठी सांसारिक कलामा पारङ्गत थिए । त्यसैले उनी जगन्नाथ, जगद्गुरू कहलिन्छन् । उनी आफूलाई भगवानभन्दा पनि मित्र, सखा भन्न रुचाउँथे । उनले सधैँ मित्रतालाई नै महत्त्व दिए । चाहे सुदामा हुन्, अर्जुन हुन्, सबैलाई उनले साथीका रूपमा हेरे । उनले आफ्ना महत्त्वपूर्ण ज्ञान बाँडे । उनको सबैभन्दा बढी मित्रता ब्राह्मण सुदामासँग थियो । आफ्नो दरिद्रताका कारण सुदामा कृष्णलाई भेट्न हिचकिचाइरहेका थिए । जब उनले कृष्णलाइ भेटे, उनी भावविभोर भए । भनिन्छ, त्यतिखेर कृष्णले आफ्नै आँसुले सुदामाको पाउ धोएका थिए ।

उनका माध्यमबाट द्रौपदी, राधा, रुक्मिणी, सत्यभामा, गोपीलगायत हजारौंँ महिलालाई मोक्ष प्राप्ति भयो । केही विधर्मीहरू कृष्णका सोह्र हजार रानी थिए भनेर उनको चरित्रमाथि प्रश्न उठाई बौद्धिक विलास गर्छ्न् तर यथार्थ बिल्कुल फरक छ । सोह्र हजार त उनका भक्त मात्र थिए । उनी त आफ्ना बालसखा राधा र आफ्ना पत्नीलाई मात्र प्रेम गर्थे । राधालाई माता लक्ष्मीको अवतार पनि मानिन्छ । श्रीमद्भागवतमा उनको विराट् स्वरूपको पनि चर्चा आउँछ । उनले आफ्नो त्यो स्वरूप अक्रूर, उद्वव, राजा मुचुकुन्द, शिशुपाल, धृतराष्ट्रको सभामा देखाएका थिए । अद्भुत कला, अविश्वसनीय चमत्कारले भरिएका कृष्ण सनातन धर्मका आधारतम्भ र अप्रतिम भगवान हुन् । कृष्णाष्टमीका अवसरमा कृष्णप्रति शतशत नमन– “श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव ः” (लेखक नेपाली लोकसाहित्य र संस्कृतिका जानकार हुनुहुन्छ)

Previous Post

लुम्बिनीमा बढ्यो अपराधका घटना

Next Post

नेपालगन्जमा ‘नाइट रन’ तयारी

Next Post
नेपालगन्जमा ‘नाइट रन’ तयारी

नेपालगन्जमा ‘नाइट रन’ तयारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

थप १९ चिकित्सकको लाइसेन्स खारेज

May 1, 2026
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी

May 1, 2026
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी

वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी

May 1, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

May 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version