For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

म्याराथनसँगै डिस्कोर्सको शृंखला

byDainik Nepalgunj
November 20, 2025
in विचार
0 0
0
म्याराथनसँगै डिस्कोर्सको शृंखला
Share on FacebookShare on Twitter

देशकै पुरानोमध्येको एक सहर नेपालगन्जमा विचार–मन्थनको सिलसिला निरन्तर छ । यसैको नयाँ स्वरूप नेपालगन्ज कनक्लेव हो । हामीले २०७३ सालमा नेपालगन्ज लिटरेचर फेस्टिबल गरेका थियौं । त्यसैको निरन्तरताका रूपमा डिस्कोर्सको पाँचौ श्रृंखला मंसिर ५ गते शुक्रबार हुँदैछ । यसलाई हामीले स्थानीयदेखि राष्ट्रिय मुद्दाहरूको बहस हुने प्लेटफर्म ठानेका छौं । नयाँ विचार निर्माणको माध्यम मानेका छौं ।

यसवर्ष कस्ता विषयबस्तुमा बहस हुँदैछ ?
नेपालगन्ज कनक्लेवमा यसवर्ष आर्थिक, सामाजिक, राजनीति, खेलकुद्देखि कलासम्बन्धी सेसनहरू संचालन हुने छ । हरेक चुनावमा नेपालगन्जलाई पश्चिम नेपालको आर्थिक राजधानी बनाउने नारा जोडतोडले लगाइन्छ । चुनावपछि यो मुद्दा त्यसै सेलाउँछ । मुलुक संघियतामा गएपछि साबिक मध्य तथा सुदूरपश्चिमको केन्द्र नेपालगन्ज ओझेलमा परेको धेरैको अनुभव छ । देशकै पुरानो औधोगिक सहर, पर्यटनको ट्रान्जिट सहर त्यसरी ओझेलमा पर्नुपर्ने होइन् । प्रदेशको राजधानी नहुँदैमा नेपालगन्ज पछाडि पर्ने कुरा हुँदैन् । यसले नयाँ संभावना खोज्नुपर्छ भन्ने कोणबाट यसपटक कनक्लेवमा बहस हुनेछ । त्यस्तै, जेनजी विद्रोहपछिको नेपालः अन्योल र अवसरबारे अर्को सेसन छ । खासगरी २३–२४ भदौंको जेनजी विद्रोह र सँगै भएका विध्वंसले मुलुक कता जाँदैछ भन्ने अन्योल सिर्जना गरेको छ । सँगै, युवा पुस्ताले आफ्नो काँधमा जिम्मेवारी आएको महसुस गरेको पनि देखिन्छ । त्यस हिसाबले यसमा मसिनो छलफल गर्नुपर्ने छ । बरिष्ठ अभिनेता राजेश हमालसँगको संवाददेखि साइबर दुनियाले फड्को मार्दा त्यसको सदुपयोग कसरी गर्ने भन्नेमा पनि छुट्टै प्रस्तुती हुनेछ । कनक्लेवको वार्मअपमा पनि नेपालगन्जको महानगर सपनाबारे एउटा सेसन तय गरिएको छ भने अर्को खेलकुद्ले राष्ट्रलाई कसरी एकताबद्ध बनाएको छ भन्नेमा पनि छलफल गर्नेछौं ।
यसवर्षको अर्को आकर्षण भनेको स्थापित पब्लिकेसन्स फाइन प्रिन्टको घुम्ती साहित्य मेला पनि जोडिएको छ । फाइनप्रिन्ट फिबर पनि नेपालगन्ज कनक्लेभसँगै हुनेछ ।

कनक्लेवबाट के नतिजा निकाल्दै हुनुहुन्छ ? यसले नेपालगन्ज र सिंगो लुम्बिनीलाई के फाइदा हुन्छ ?
कनक्लेव निरन्तर बहसको माध्यम मात्र हो । यहाँ स्थानीयदेखि प्रादेशिक र राष्ट्रिय मुद्दामाथि डिस्कोर्स हुन्छ । विषयविज्ञका विचार सुन्ने, आफ्ना तर्क राख्ने र मुद्दालाई उजागर गर्न यस्ता कनक्लेव उपयोगी हुन्छ । अहिलेको अन्योलग्रस्त परिस्थितिमा मुलुकलाई नयाँ दिशाबोध गराउन पनि यस्ता छलफल महत्वपूर्ण हुन्छन् भन्ने हामी ठान्छौं । अर्को कुरा भनेको एउटा जिवन्त र गतिशिल सहरका लागि बहस, छलफल र संवाद जरुरी छ । पश्चिमको अगुवा सहर भएको नाताले नेपालगन्जले त्यो दायित्व लिनु पर्छ । हामीले त्यसैको पहल गरेको हो । डिस्कोर्सको संस्कृति विकास गर्न पनि यो महत्वपूर्ण छ । यसले नेपालगन्ज, लुम्बिनी प्रदेश मात्र हैन, सिंगो देशकै लागि विचार निर्माणमा मद्दत पुग्ने हाम्रो विश्वास छ ।

कनक्लेवको प्राथमिकता के हो ?
नेपालगन्ज कनक्लेवको मुख्य प्राथमिकता आर्थिक सामाजिक मुद्दामा केन्द्रीत छ । युवा उद्यमी मञ्च पनि यसको साझेदार छ । नेपालगन्ज म्याराथनसँग जोडिएर हरेक वर्ष मंसिर पहिलो साता हामी कनक्लेव गर्दैआएका छौं । त्यसैले खेलकुद्लाई महत्व दिइने देशकै एक मात्र कनक्लेव पनि हो । अर्को, नेपालगन्जको शान्ति बेलाबेलामा असामाजिक तत्वले खल्बल्याउन खोजे पनि यो मुलतः सद्भावको सहर हो । किनभने, सिंगो देशको प्रतिनिधित्व हुनेगरी धार्मिक, जातिय र सामुदायिक विविधता यसको विशेषता हो । त्यही विविधतामा एकताको सहर हो नेपालगन्ज । त्यस अर्थमा कनक्लेवको अर्को प्राथमिकता सामाजिक सद्भाव र एकता हो । हामी विविध विचारमा मन्थन गर्ने, कला, साहित्य, खेलकुद्मार्फत समाज र सिंगो देशलाई जोड्ने कुरामा विश्वास गछौं ।

बहसका निष्कर्ष के हुन्छन् ? गत वर्ष निकालिएका निचोड कतै कार्यान्वयन भए त ?
हेर्नुस्, यो निरन्तर प्रक्रिया पनि हो । हामीकहाँ अझै पढ्ने, लेख्ने, सुन्ने, बहस गर्ने, विचार मन्थन गर्ने संस्कृतिको विकास हुन सकेको छैन । त्यसअर्थमा हामी सुरुवाती चरणमै छौं । कनक्लेवका विषयबस्तु, मुद्दा र निचोड सरोकारवाला निकायमा पक्कै पुग्छ । आमसञ्चारमाध्यममार्फत पनि त्यो पुगेको छ । विषयविज्ञ र सरकारी प्रतिनिधिमार्फत पनि पुग्छ । मुद्दाको उजागर हुन्छ । यो विषय कहाँ पुग्यो भनेर फाइल बोकेर हामी हिड्दैनौं । त्यो जिम्मेवारी सम्बद्ध अर्को सरोकारवालाको हो भन्ने ठान्छौं । यसबर्षदेखि बहस छलफललाई राम्रो दस्तावेजीकरण गर्ने योजना छ ।

बहसका लागि समय अपर्याप्त भयो भन्ने लाग्दैन ?

पक्कै पनि । एक घण्टामा गम्भीर विषयको बहस पक्कै निष्कर्षमा पुग्न सक्दैन् । तर, यी सेसनले बहसलाई नयाँ धरातलमा ल्याउन मद्दत पक्कै पुग्छ । गत वर्ष दुई दिने कनक्लेव राखेका थियौं । तर, बदलिएको परिस्थितिले यसवर्ष केही खुम्याउनुपरेको साँचो हो । बहस, छलफललाई एउटै बसाईमा टुंग्याउनुपर्छ भन्ने पनि हुँदैन् । यो निरन्तर प्रक्रिया हो, डिस्कोर्स चलिरहनुपर्छ ।

यसले नीतिगत प्रभाव पार्छ त ?
हाम्रो अपेक्षा त्यो हो । छलफलको संस्कृति विकास गर्ने, तर्क र तथ्यका आधारमा विचार निर्माण गर्ने मात्र होइन्, राष्ट्रको नीति सुधारमा समेत यस्ता बहसले योगदान गर्नसक्छन्, गरेका छन् भन्ने हामी ठान्छौं । यसलाई अझ प्रभावकारी बनाउन कनक्लेव मात्र होइन् अरू धेरै प्लेटफर्म चाहिन्छ । हामीले स्वस्थ विचार विमर्शको संस्कृति विकास गर्नु पर्छ ।

युवा उद्यमीसँगको साझेदारीको अर्थ के हो ?
हामी मुलुकको अर्थसामाजिक विकासलाई उच्च महत्व दिन्छौं । हामी युवा शक्तिमा विश्वास गछौं । उत्पादनमा विश्वास गर्ने उद्यमी हातहरू नै राष्ट्रनिर्माणका साझेदार हुन् । नेपालगन्ज म्याराथन भन्नुस् वा कनक्लेभ हामीले सुरुदेखि नै एउटा नारालाई महत्वका साथ उठाउँदै आएका छौं–शान्ति, सद्भाव र एकताः राष्ट्रनिर्माणमा हाम्रो प्रतिबद्धता । त्यो नारालाई सार्थक बनाउन पनि नेपालगन्ज कनक्लेवले युवापुस्तासँग हातेमाले गरेको हो । जसरी खेलकुद्मा युवा पुस्ता जोडिन्छ, त्यसैगरी कनक्लेवमा पनि युवाहरूको साथ, सहयोग र साझेदारी छ ।

अन्त्यमा, कनक्लेवलाई धारा नेपालगन्ज म्याराथनकै पूर्वसन्ध्या आयोजना गर्नुको अर्थ के हो ? यो म्याराथनको पुरक कार्यक्रम हो ?
नेपालगन्ज म्याराथन हाम्रो सहरको ब्राण्ड भइसकेको छ । नेपालगन्ज अब म्याराथनको सहरले चिनिन थालेको छ । हामी म्याराथनसँगै डिस्कोर्सको शृंखला पनि अघि बढाउन चाहन्छौं । हामीले २०१५ मा नेपालगन्ज म्याराथन सुरु गर्दा पनि सँगै बहुभाषिक सांस्कृतिक कार्यक्रम पनि संचालन गरेका थियौं । एकैपटक डिस्कोर्स, साहित्य, खेलकुद्को उत्सव मनाउन चाहन्छौं । त्यसअर्थमा पनि हामी यी इभेन्टलाई सँगसँगै संचालन गर्दैआएका छौं । आयोजक टिम, साझेदार र सिंगो सहरको सद्भावले यी दुवै सँगसँगै छन्, संगसँगै अघि बढ्छन् । मंसिरको पहिलो साता नेपालगन्ज उत्सवमय भइरहने छ ।

Previous Post

धारा म्याराथन जित्नेलाई दुई लाख

Next Post

नेपालगन्ज कनक्लेव : विचार संस्कृति र शहरको नाडी छाम्ने मञ्च

Next Post
नेपालगन्ज कनक्लेव : विचार संस्कृति र शहरको नाडी छाम्ने मञ्च

नेपालगन्ज कनक्लेव : विचार संस्कृति र शहरको नाडी छाम्ने मञ्च

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सार्वजनिक ऋण २४ खर्बभन्दा बढी

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

May 18, 2026
रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो : जेलेन्स्की

ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

May 18, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर

May 18, 2026
वडाबाटै जलवायु नीतिको आवश्यक

वडाबाटै जलवायु नीतिको आवश्यक

May 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version