For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

झिल्के बसको यात्रा सकस

byDainik Nepalgunj
January 4, 2026
in विचार
0 0
0
झिल्के बसको यात्रा सकस
Share on FacebookShare on Twitter

सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको केवल एक ठाउँबाट अर्को ठाउँ पुग्नु मात्र होइन, त्यो समाजसँगै हिँड्नु हो । लामो यात्रामा अनेक समुदायका मानिस, तिनका व्यवहार, बोलीचाली र संस्कार बुझ्ने अवसर मिल्छ । पछिल्ला चार महिनामा म सार्वजनिक यातायात प्रयोग गरेर देशका विभिन्न जिल्लामा पुगेँ—पूर्वको झापादेखि पश्चिमको कैलालीसम्म, पहाडतिर धनकुटा र भोजपुरसम्म । ती यात्रामा भेटिएका मान्छे, देखिएका व्यवहार र अनुभूतिहरूका केही रमाइला पक्षमा सुधार देखिए भने केही अझै ज्यूँका त्यूँ छन् । यात्रा थकानको कारण मात्र होइन, समाज बुझ्ने, जान्ने र सिक्ने अवसर पनि हो ।

गत साता कामको सिलसिलामा मलाई कैलाली जानु प¥यो । म त्यसबेला काठमाडौंमा थिएँ, त्यहीँबाट टिकट काट्ने योजना बनाएँ । एक दशकअघि नेपालगञ्ज बसाइँका बेला चिनिएका केही यातायात व्यवसायी थिए—एक फोनमै जस्तोसुकै अवस्थामा पनि टिकट मिल्थ्यो । तर समयसँगै सम्पर्क टुटे, व्यवसायी फेरिए । त्यसैले यसपटक अनलाइन बस सेवा खोजेँ । अनलाइनमा खोज्दा ‘सुविधायुक्त’, ‘आरामदायी’, ‘डबल डेकर’, ‘स्लिपर’, ‘सोफा सिट’ जस्ता आकर्षक शब्दले भरिएका विज्ञापन भेटिए । सामाजिक सञ्जालभरि प्रचार देखेर म पनि त्यस्तै बसमा काठमाडौं–कैलाली (सुख्खड) सम्मको टिकट काट्न राजी भएँ ।

एउटा अनलाइन सेवामा सम्पर्क गर्दा निकै मिजासिलो ह्वाट्सएप नम्बर आयो । म्यासेज गरेपछि तुरुन्तै—केही आफैँ टाइप गरिएका, केही अटो–जेनरेटेड—सूचना आइरहे । बस नम्बर, टिकट नम्बर, चढ्ने ठाउँ, भाडा र समय सबै उल्लेख थियो । सम्पर्क कर्मचारीको नम्बर पनि पठाइयो । नेपालका यातायात सेवा पनि प्रविधिमैत्री बन्दै गएछन् भन्ने लाग्यो । म दंग परेँ र अनलाइनमै पेश्की तिरेँ । फेरि म्यासेज आयो—“तपाईंको टिकट प्रोसेसमा छ, केही समयमा फोन कल र टिकट आउँछ ।” म ढुक्क भएर काममा लागेँ ।

तर साँझको तीन बजेसम्म भनिएको फोन र म्यासेज आउन छाड्यो । मनमा शंका पलायो—कतै स्क्याम त परिनँ? ह्वाट्सएपमा म्यासेज गर्दा तुरुन्तै उत्तर आयो—“तपाईंलाई अप्ठेरो हुँदैन, समस्या परे यो नम्बरमा फोन गर्नुस् ।” मैले फोन गरेँ, बस कर्मचारीले पाँच बजेसम्म आइपुग्नुस् भने । फेरि काममा लागेँ तर मनमा डर बढ्दै गयो । रकम ठुलो त थिएन, तर स्क्यामरको जालमा परियो कि भन्ने चिन्ताले तनाब थपियो । पाँच बजेसम्म विश्वास गर्ने कि नगर्ने द्विविधामै कोठा पुगेर ब्याग प्याक गरेँ ।

अचानक फोन आयो—“दाइ, तपाईं अनलाइन टिकट काट्ने हैन ? कलंकी पाँच बजेसम्म आइपुग्नुस्, हाम्रो गाडी नम्बर यो हो, बसपार्कबाट हिँडिसक्यौँ ।” म त साढे चार बजे सातदोबाटोमा थिएँ । अनलाइन टिकट काट्ने सेवामा तुरुन्तै म्यासेज गरेँ—कर्मचारी र गाडी नम्बर किन फरक? उताबाट गम्भीरतापूर्वक क्षमा माग्दै म्यासेज आउन थाले । मेरो छटपटी बढ्यो । हतारिँदै कलंकी पुगेँ, म्यासेज गर्दै, फोन कुर्दै ।

पाँच, छ, सात बज्यो—बस आइपुगेन । “चोकमै छु” भन्ने उत्तर मात्र आउँथ्यो । उता कलंकी ओरालोमा झिल्के बसहरूको लर्को, सयौँ बस, हजारौँ यात्रु । “जाने हो…?” भन्दै चुरोटको गन्धसहित तान्न आउने मुन्द्रे दाइ–भाइहरू । कहिले हाँसेर, कहिले झोक्किएर फर्काइरहेँ । काठमाडौं–धनगढी लेखिएको एउटा झिल्के बस नजिक आयो, तर कसैले सोधेन । निरास भएँ ।

एकछिनपछि फेरि फोन आयो—“दाइ, बस आइपुग्यो, तपाईं कहाँ?” “म यहीँ छु,” मैले भनेँ । “हामी पेट्रोल पम्प अगाडि छौँ ।” थाहा भयो—मलाई छोडेर करिब ५० मिटर अगाडि पुगेछन् । म हतारिँदै बस चढेँ । बल्ल सास फेरेँ ।

बसभित्र राम्रै सिट पाइयो । अनलाइनले भनेजस्तो ‘सोफा’ नभए पनि बस ठीकठाक थियो । यो बीचमा मैले पेश्की फिर्ता मागेको थिएँ । अनलाइन सेवाबाट म्यासेज आयो—“दुख पाउनु भएकोमा क्षमाप्रार्थी छौँ, सुधार गर्छौँ, तपाईंको रकम फिर्ता प्रोसेसमा छ ।” शब्द मीठा थिए ।

बसले गति लियो । फिल्म चल्न थाल्यो । कोही घुर्न थाले, कोही मोबाइलमा रिल र टिकटक—बस नै गुन्जिने गरी । सुरुमा भद्र देखिएका कर्मचारी बिस्तारै रुखा बन्दै गए । चार्जर, हिटर मनलाग्दी खोल्ने–बन्द गर्ने, चर्को गाना, क्याबिनमा खचाखच यात्रु । ठेट नेपाली झिल्के बसको चरित्र देखिन थाल्यो—न समयमा हिँड्ने, न सोध्दा सम्मानजनक जवाफ । नेता चुनावअघि र जितेपछि जस्तै व्यवहार परिवर्तन ।

रात्री यात्रा भएकाले अधिकांश यात्रु निद्रामा थिए । म भने समाजकै चरित्र देखेर सोचमग्न थिएँ । उता अनलाइन सेवासँग ह्वाट्सएपमा दोहोरी चलिरह्यो—उनीहरू आफूलाई ‘रिकग्नाइज्ड’ भन्दै लिंक पठाउँथे, म गैरजिम्मेवार नहुन आग्रह गर्थेँ ।

अर्धनिद्रामै ब्यूँझिँदा दाउन्ने जाममा परिएछ । बिहानको छ बजिसकेको थियो । कसैले पानी, शौचालय, चियापानीबारे केही बताएन । सोध्दा—“जाम खुल्दैन, हतार नगर्नुस्”—ठुस्स जवाफ । पिसाबको हतार, बाहिर ओर्लन सक्ने अवस्था छैन । दाउन्ने–बुटवल–गोरुसिङ्गे काट्यो, कतै रोक्ने कुरा भएन । अन्ततः बस एकातिर साइड लाग्यो—न ट्वाइलेट, न पसल । पुरुषहरू जसोतसो, महिलाहरू झन् अप्ठेरोमा । बस फेरि कुद्यो ।

दिउँसो दुई बजे अनकन्टार आफ्नै चिनजानको होटलमा रोके—“खाना खानुस् ।” मैले चिया मात्रै खाएँ । कुकीज दोब्बर मूल्यमा किन्नु प¥यो । हुस्सु हट्दै उज्यालो देखिन थाल्यो ।

अघिल्लो दिन पाँच बजेदेखि सुरु भएको यात्रा १८–१९ घण्टा बितिसक्दा पनि गन्तव्यको ठेगान थिएन । मोबाइल चार्ज गर्ने भने पनि खोलिएन । अन्ततः होटलमा बिन्ती गरेर चार्ज गरेँ, घर–परिवार र साथीभाइलाई सम्पर्क गरेँ । कोहलपुर पुग्दा साढे चार बजिसकेको थियो । सुख्खड पुग्न अझ चार घण्टा लाग्ने थाहा पाएपछि म त्यहीँ ओर्लिएँ । भाडा उही हो भनेर मुन्टो बटार्ने कर्मचारीलाई धेरै नसुनी बसबाट उत्रेँ र नेपालगञ्जका साथीहरूलाई सम्पर्क गरेँ ।

गन्तव्य सधैं आफूले सोचेझैँ हुँदैन रहेछ । रिस, हाँसो, दिक्क—सबै मिसिए । सय किलोमिटर अगाडि नै मेरो यात्रा टुंगियो ।

कहिले र कसरि सुधार्ने?

बास्तबमा हामी सार्वजनिक सेवाहरूलाई सुधार्ने काममा एक इन्चिपनि अगाडी बढेका छैनौ, यसको ज्वलन्त उदाहरण सार्वजनिक यातायात हुन, छोटो न लामोदुरी दैनिक लाखौ मानिस ओहोरदोहोर गरिरहने सार्वजनिक यातायातहरूको न ब्यबस्थापन न ब्यबहार न त प्रणाली नै केहि गतिलो छैन, भनेको रकम तिरेर यात्रुले दैनिक रूपमा विभिन्न प्रकारका दुब्र्यबहार, अपमान सहनु परेको छ, यात्रा गर्दा एकप्रकारको मनोरंजन, आरामदायी हुनुपर्नेमा ओर्लदा रिसराग राख्नु पर्ने अवस्था रहेको छ, पैसा तिरेको सेवा त भनेको जस्तो बनाउन सकेका छैनौ भने कसैले देश बनाउछु भनेर दिएको गफ कसरि पत्याउनु? यो अब्यबस्थित सार्वजनिक सेवा सुधार गर्न त्यति धेरै अप्ठ्यारो हो कि यसमै बिचौलिया धन्दा चलाएर रमाईरहेका हौ? एकाध बाहेक सार्वजनिक यातायात चढ्न लायक नै छैनन्, कतिपय बाध्यता त कतिपय सुधार गर्न सुझाब दिन पनि फेरिपनि विकल्प चाहि सार्वजनिक यातायात नै हो,

Previous Post

मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

Next Post

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

April 4, 2026
नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

नेपालगन्जमा मनाइयो ६९औँ राष्ट्रिय सहकारी दिवस

April 3, 2026
वेष्टर्न सहकारी पुरस्कृत

वेष्टर्न सहकारी पुरस्कृत

April 3, 2026
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

बाँकेमा शुरु भयो एसइई उत्तरपुस्तिका जाँच

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version