बाघकाे आक्रमणबाट बर्दियाकाे बाँसगढिमा एक महिलाको ज्यान गयाे

पाटे बाघकाे आक्रमणबाट बर्दियाकाे बाँसगढीमा एक महिलाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बाँसगढी नगरपालिका वडा नम्बर ४ बढुवार गाउँ नजिक आज दिउँसो २ बजेतिर जनचेतना सामुदायिक वन किनारमा बाघको आक्रमणबाट बाँके बैजनाथ गाउँपालिका ८ हस्नापुर गाउँकी ३५ वर्षिया मनिषा राेकायकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ हस्नापुरबाट बर्दिया बाँसगढी नगरपालिका ४ मा दिदि कैलाशपति थारुसंग घर तर्फ जाँदै गर्दा जनचेतना सामुदायिक वन किनारमा राेकायलाई बाघले आक्रमण गरेको साथमा रहेकी दिदिलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

बाघकाे आक्रमणबाट महिलाकाे घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएको छ । बाघले महिलाको घाँटीमा आक्रमण गरेकाे छ । इलाका प्रहरी कार्यालय बाँसगढिबाट गएकाे प्रहरी टाेलीले घटनास्थल पुगि शवलाई पाेष्टमाटमका लागि जिल्ला पठाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version