सीमाका भित्री नाका बन्द

नेपाल भारत सीमाको बाँके स्थित भित्री दुई नाकाहरू बन्द भएका छन् । भारतमा जारी लोकसभा निर्वाचनलाई लिएर बाँकेको भारतसँग सीमा जोडिएको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाको खण्ड बिहीबारदेखि सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बिहीबार राती साढे १० बजेदेखि शनिबार साँझ ५ बजेसम्म सिल गरिएको जानकारी दिए ।

भारतमा भैरहेको लोकसभा निर्वाचनलाई लिएर यसअघि दुई पटक भारतसँग जोडिएको बाँकेको क्षेत्रफल सिल गरिएको थियो । शनिबार उत्तर प्रदेशको श्रावस्तीमा हुने निर्वाचनलाई लिएर राप्तीसोनारी र नरैनापुर गाउँपालिकासँग भारतसँग जोडिएको सीमा सिल गरिएको हो । यद्यपि, नेपालगन्जको मुख्य नाका भने खुलै रहनेछ ।

Exit mobile version