गृहमन्त्रीको पुत्ला दहन

सहकारी र पासपोर्ट विवादमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको पुत्ला दहन गरिएको छ । नेपालगन्जमा बुधवार सदरलाइनस्थित टांगा स्टेशन नजिकै एउटा समूहले बिहीबार बेलुकी पुत्ला दहन गरेको हो ।

‘सहकारी ठगीमा आफु संलग्न भएपनि सत्ताको दुरुपयोग गरेर प्रहरीलाई मुद्दा चलाउन नदिएको’ आरोप लगाएका प्रदर्शनकारीहरुले सहकारी ठगीका विषयमा निरन्तर समाचार लेखेकै कारण कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको नागरिकतामा विवाद झिकेर पक्राउ गरिएको दावी गरे ।

‘गृहमन्त्री राजिनामा दे, सहकारी ठग मुर्दाबाद जस्ता नारा लगाउनीहरुले पुत्ला दहन गरेको केहीबेरमै प्रहरी आएर हस्तक्षेप गर्दै आगो निभाएको थियो । ‘सत्ताको दुरुपयोग गर्दै लोकतन्त्रको हत्या प्रयास गरेकाले पुत्ला दहन गर्नु परेको हो,’ प्रदर्शनमा स्थानीय युवा सफिक सिद्दीकीले दैनिक नेपालगन्जसँग भने ।

Exit mobile version