स्थापना दिवसमा युनियन बाँकेले स्वास्थ्य शिविर तथा फुटसल प्रतियोगिता गर्दै

नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । युनियनको ३३ औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र मैत्रीपूर्ण फुटसल प्रतियोगिता कार्यक्रम गर्ने भएको हो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा बसेको सचिवालय समितिको बैठकले  २०८१ जेष्ठ १२ गते प्रेस युनियनकर्मीसँग स्वास्थ्यकर्मी र महिला उद्यमीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको छ । फुटसल प्रतियोगिताको तयारी र व्यवस्थापनको जिम्मेवारी शाखाका उपाध्यक्ष कमल खत्रीलाई दिएको छ ।

यस्तै जेष्ठ १३ गते बाँकेका सम्पूर्ण पत्रकारहरुलाई लक्षित गरि निःशुल्क स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण शिविर गर्ने निर्णय गरेको छ । नेपालगञ्ज गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिकिल्निक एण्ड डाइग्नोष्टिक सेन्टरसंँगको सहकार्यमा स्वास्थ्य शिविर गरिने भएको हो ।

फुटसलका लागि नेपालगञ्ज वडा नं–१० मा रहेको बागेश्वरी फुटसल एण्ड स्र्पोट्स हबसँग प्राविधिक सहकार्य गरेको छ । स्थापना दिवसको अवसरमा केही रचनात्मक गतिबिधि गर्ने भनेर पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र फुटसल प्रतियोगिता गर्न लागिएको युयिनयन बाँके शाखा सचिव भिष्म लोधले जानकारी दिनुभयो ।

Exit mobile version