कसरी असुल होला४९ प्रतिशत भन्सार राजश्व !

चालु आर्थिक बर्ष सकिन दुई महिना बाँकी रहँदा नेपालगन्ज भन्सार कार्यालयको राजश्व असुली लक्ष्यको तुलनामा निकै निराशाजनक रहेको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, चालु आ.व. २०८०÷०८१ मा निर्धारित बार्षिक लक्ष्यको ५१.२३ प्रतिशत मात्रै राजश्व असुली भएको छ । अब बाँकी दुई महिनामा लक्ष्य भेटाउनका लागि भन्सारले बाँकी ४९ प्रतिशत राजश्व असुली गर्नुपर्ने हुन्छ, जुन विगतका बर्षहरूमा आर्थिक बर्षको अन्त्यमा हुने असुलीलाई आधार मान्दा असम्भव जस्तै देखिन्छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८०÷०८१ का लागि कुल २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य प्राप्त गरेकोमा बैशाख मसान्तसम्म जम्मा १४ अर्ब ६८ करोड २२ लाख ९० हजार मात्रै असुली गर्न सफल भएको छ । चालु आर्थिक बर्षको कुनै पनि महिनामा नेपालगन्ज भन्सारले आफ्नो
मासिक लक्ष्य अनुसार असुली गर्न सकेको छ ।

आयात–निर्यातमा भएको कमी नै भन्सार राजश्व असुलीले लक्ष्य प्राप्त गर्न नसकेको बताइन्छ । तर, स्थानीय स्तरमा चोरी, तस्करी नियन्त्रण हुननसक्दा त्यसले भन्सारको लक्ष्यमा असर परेको व्यवसायीहरूले बताउँदै आएका छन् ।

बाँकेमा हालै जिम्मेवारीमा आएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आउने वित्तिकै जिल्लाको राजश्व चुवाहट नियन्त्रण समितिको बैठक राखेर राजश्व असुलीका विषयमा चुहावट नियन्त्रण गर्न सरोकारवाला कार्यालयलाई निर्देशन दिएका थिए ।

Exit mobile version