नरैनापुरमा पत्रकारद्वय माथि दुव्र्यवहार

बाँकेको नरैनापुर गाउँपालिकामा रिपोर्टिङ्गमा गएका दुई जना पत्रकारमाथि दुव्र्यवहार भएको छ ।

खबरगन्ज डटकम अनलाईनका खगेन्द्र दाहाल र सत्यम खबर डटकम अनलाईनका चन्द्रेश्वर राज त्रिपाठी माथि शिक्षा शाखामा तालाबन्दीको रिपोर्टिङ्गका क्रममा दुव्र्यवहार भएको हो ।

नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रम बिद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै अभिभावकहरुले नरैनापुर गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका थिए ।

पत्रकार त्रिपाठीले शिक्षा शाखाका बिद्यालय निरीक्षक कृष्ण कुमार थारुले बोलाएका व्यक्तिहरुले गाली गलौज गर्दै सञ्चार सामग्री समेत तोडफोड गरेको बताएका छन् ।

पत्रकार दाहालले समाचार संकलनका क्रममा केही व्यक्ति आक्रामक हुँदै क्यामेरा तोडफोड गर्ने धम्की दिएको बताएका छन् ।

पत्रकार त्रिपाठीले घटनालाई लिएर इलाका प्रहरी कार्यालय भगवानपुरमा जाहेरी लिएर समेत पुगेका थिए । त्यसक्रममा छिट्टै सम्पर्क गर्ने भनेर प्रहरीले फर्काएको त्रिपाठीले बताए ।

Exit mobile version