मोरिङ्गा बाबा  सम्मानित 

लुम्बिनी बिश्व शान्ति हरित सम्मान २०२४ बाट बाँकेका हरित अभियन्ता हेमन्तराज काफ्लेलाई सम्मान गरिएको छ ।

वातावरण संरक्षणमा हरित अभियानको माध्यमबाट उत्कृष्ट कार्य गरेवापत नेपालगन्ज–१९ का अभियन्ता हेमन्त राज काप्mलाई लुम्बिनीमा सम्मान गरिएको हो । उनले लुम्बिनीमा १० वटा सितलचिनिको बिरुवा पनि लगाएका छन् ।
बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने गरेका छन् । उनी आफ्नो हरित सोच साकार पार्न निःशुल्क विरुवा उपहार दिने गरेको बताउँछन् ।
हरित अभियन्ता काफ्लेले राष्ट्रपति राम चन्द्र पौड्याल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, प्रदेश ५ का पूर्व मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, गायिका कोमल ओली, पूर्र्व मन्त्री महेश्वर गहतराज, मोहम्मद ईस्तियाक राई, नायक राजेश हमाल, डाक्टर महावीर पुन लगायतलाई समेत निम, जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिएर हरित अभियानको प्रवद्र्धन गर्दै आएका छन् ।
‘रुख प्रति सबैको माया बढोस् भनेर यसरी बिरुवा दिने गरेको हुँ’, अभियन्ता काफ्लेले भने ।

काफ्लेको अभियानको मूल्यांकन गर्दै लुम्बिनी बिश्व शान्ति मञ्चले एक कार्यक्रम बीच उनलाई बुद्ध जन्मभूमि लुम्बिनीमा मोरिङ्गा फर लभका निर्देशक प्याट्रीक चौ र संस्थाका अध्यक्ष बासु गौतमले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Exit mobile version