सिक्टाका लागि १ अर्ब ६० करोड

सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड विनियोजन गरेको मन्त्री पुनले घोषणा गरे ।

सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने सरकारले जनाएको छ ।

Exit mobile version