देशमा आजः ८ बजे ८ खबर

१. अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरेका छन् । उनले

२. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धीका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार आयोजित विशेष समारोहमा उनले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको बताए ।

३. नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्रौँ गणतन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन् ।

४. संसद्को गतिरोध अन्त्य तथा राजनीतिक सहमति गरी संसदीय छानबिन समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ ।

५. आन्तरिक रोजगारीलाई प्रवर्द्धन तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले विराटनगरमा आगामी जेठ १७ र १८ गते ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ ।

६. कैलालीका किसानले केरामा देखिएको पानामा रोग नियन्त्रणमा सहयोग गर्न माग गरेका छन् । किसानले गत वर्ष कैलालीको टीकापुरका केही किसानको बारीमा देखिएको पानामा रोग नियन्त्रणमा सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।

७. कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ । महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो ।
प्रदेश सरकार र अन्य मातहतका सरकारी कार्यालयको बेरुजु रकम करिब चार अर्ब पुगेको छ ।

८. नेपाली कांग्रेस प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी सरकारले नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । मंगलबार बसेको दलको बैठकपछि बोल्दै कार्कीले प्रदेश सभामा कांगेसको उपस्थिति भएर विरोध भए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने बताएका हुन् ।

Exit mobile version