‘मानव स्वास्थ्यमा योगको महत्व’

नेपालगन्ज उपमहानगरपालिकाका प्रशान्त बिष्टले मानवलाई स्वस्थ्य रहनका लागी योग अभ्यास जरुरी रहेको बताएका छन् । योग समिति नेपालका पाँचौ ब्याजका योग प्रशिक्षकद्वारा गुरु तथा अग्रज योग प्रशिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले मानव स्वास्थ्यमा प्रत्यक्ष सम्बन्ध राख्ने योगलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । योग अभ्यास तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले मानव स्वास्थ्यका लागि योग उपयोगी रहेको बताए । ‘आजको ब्यस्त दुनियामा शारिरीक तथा मानसिक रूपमा स्वस्थ रहनका लागी योग अध्यास जरुरी छ,’ प्रजिअ रिजालले भने ।

कार्यक्रममा योग समिति नेपालका अध्यक्ष योग गुरु आयुर्वेदचार्य गिरिराज भट्टराईले योग अभ्यास गराएका थिए । योग अभ्यासमा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्ट, बाँकेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, सशस्त्र प्रहरी निरिक्षक बिमल डाँगी, भेरी अस्पतालका डा. संकेत रिसाल, डा. प्रबिण गुप्ता लगायतका अतिथि सहभागी भएका थिए । ठुलो संख्यामा उपस्थित सहभागीहरूलाई योग अभ्यासका साथ योग नेतृत्व, ध्यान, क्रिया, प्रणायाम आसनले कार्यक्रमलाई पुरै योगमय बनाएको थियो ।

कार्यक्रममा मन्तब्य राख्ने क्रममा योग गुरु गिरिराज भट्टराईले गरौ योग, रहौ निरोग भन्ने मुल नाराका साथ योग समिति नेपालले प्रत्येक दिन बिहान निशुल्क योग कक्षा संचालन गर्दै आएको जानकारी दिएका थिए । योग समिति नेपालले मानव स्वास्थ्यलाई मध्यनजर राख्दै योग कक्षा संचालन गर्दै आएको र यसको बिस्तारका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको योग गुरु भट्टराइले बताएका थिए ।

योग समिति नेपाल, पाँचौ ब्याज योग प्रशिक्षक सम्मान समुहका संयोजक वसन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्की, जिल्ला आयुर्वेद कार्यालयका डा. शिवराज सुवेदी, योग प्रशिक्षक अम्बिका कोइराला लगायतका वक्ताले शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहनका लागी योग जरुरी रहेको बताएका थिए ।

योग प्रशिक्षक मेघराज बराल र सविता शर्माले संचालन गरेको कार्यक्रमा योग गुरु गिरीराज भट्टराई लगायत १०६ जना योग प्रशिक्षकलाई सम्मान गरिएको थियो । पाँचौ ब्याची योग प्रशिक्षकहरूले सन्देशमूलक योग नाटक, नृत्य र कबिता बाचन गरि सहभागीहरूलाई योग अभ्यासका साथ मनोरञ्जन प्रदान गरेका थिए ।

Exit mobile version