समाजसेवी शाहको १ सय १ बर्षमा निधन

नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पताललाई आफ्नो सर्वस्व दान गरेका समाजसेवी श्रीजंग शाहको निधन भएको छ ।

फत्तेबाल अस्पतालले बिहीबार शाह प्रति समवेदना व्यक्त गर्न श्रद्धाञ्जली सभा समेत आयोजना गरेको छ ।

समाजसेवी शाहको १०१ वर्षको उमेरमा बुधबार साँझ काठमाडौंमा निधन भएको थियो ।

शाहले बुवा फत्तेजंग र आमा बालदिब्यश्वरीले आफ्नो घरजग्गा दान गरेर निर्माण गरेको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पताललाई ६ वर्षअघि सर्वस्व दान गरेका थिए ।

उनले करिब सवा अर्ब भन्दा बढीको आफू बसिरहेको काठमाडौं कान्तिपथको घरसहित ३ रोपनी ३ आना ३ पैसा २ दाम जग्गा दान गरेका थिए ।

Exit mobile version