वडाकै बजेटमा करोडबढीको सडक योजना

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले आफ्नै वडाको बजेटबाट करोड बढीको योजना कार्यान्वयनमा ल्याएको छ । सुर्खेतरोडसँग नजिकै भएरपनि सडक तथा नालाको दृष्टिले पछाडि रहेको पुरानो बस्ती शिवशक्ति टोलमा करोड बढी लागतको सडक स्तरोन्नती योजना कार्यान्वयनमा ल्याइएको हो ।

बिहीबार वडाध्यक्ष दीपक कुमार बर्माले शिव शक्ति टोलमा आरसीसी नाला निर्माण शिलान्यास गरे । यसअघि १४ लाख बजेटमा आरसीसी नाला सहित ग्राभेल सडक स्तरोन्नती गरिएको शिव शक्ति टोलमा १८ लाख वडाको बजेटबाट थप क्षेत्रफलमा योजना कार्यान्वयन अगाडि बढाइएको वडाध्यक्ष बर्माले जानकारी दिए ।

‘यो सकिएसँगै सडक क्षेत्रफल क्लियर हुँदै गर्दा अस्फाल्ट पीचका लागि एक करोड बढी बजेट ल्याउन आवश्यक पहल अगाडि बढिसकेको छ’, वडाध्यक्ष बर्माले भने, ‘अघिल्लो आर्थिक बर्षमै योजनामा परिसकेपनि अर्थमन्त्रालयले बजेट कटौती गरेकाले वडाकै बजेटबाट योजना कार्यान्वयन अगाडि बढाइएको हो ।’

Exit mobile version