देशमा आजः ८ बजे ८ खबर

१. अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेको बताएका छन् । नाफिजले बिहीबार काठमाडौंमा आयोजना गरेको बजेटमाथिको छलफल कार्यक्रममा उनले सरोकार भएका सबै क्षेत्रबाट सन्तुलित बजेट आएको भनेर प्रतिक्रिया पाइरहेको बताएका हुन् ।

२. रुकुमपश्चिमको सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका–१ खलङ्गामा पानीको चरम अभाव भएको छ । विगत एक महिनादेखि जिल्ला सदरमुकाम खलङ्गा, बागबजार, सेरिगाउँलगायत आसपासका क्षेत्रमा खानेपानीको चरम अभाव भएको हो ।

३. खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबारदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।

४. सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ ।

५. नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ ।

६. विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै रहेको बताएका छन् ।

७. रोजगारदाता र रोजगारीको खोजीको दुरीलाई हटाउने भन्दै सरकारले श्रमाधान रोजगार मेला बिहीबार कोशीबाट सुरु भएको छ । यो मेला सातवटै प्रदेशमा हुँदैछ ।

८. माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यमिक तह (कक्षा १० र १२) सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो ।

Exit mobile version