केसी मन्त्री नियुक्त

प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना) लुम्बिनी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री बनाइएकी छिन् । मन्त्री केसीले सोमबार सपथ ग्रहण गरेकी हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफैसँग राखेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी केसीलाई दिएका हुन् ।

मन्त्री केसी बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।

Exit mobile version