विश्व वातावरण दिवसको अवसर पारेर आज बुधवार नेपालगन्जमा वातावरण संरक्षणकालागि सरोकारवालासंग अन्तरक्रिया हुने भएको छ ।
‘हाम्रो भूमि, हाम्रो भविष्य’ मूल नाराका साथ नाइस नेपालगन्जले अन्तरक्रिया कार्यक्रम गर्न लागेको अध्यक्ष हेमराज भट्टले जानकारी दिए ।
अध्यक्ष भट्टका अनुसार, नेपालगन्ज उपमहानगरपालिका अन्तरगत जनप्रतिनिधि, वातावरण शाखा संगै सरोकारवाला शाखा, फोहोर मैला ब्यवस्थापनमा काम गर्ने सङ्ग संस्था, हरियाली प्रवद्र्धनमा क्रियाशील अभियन्ता, युवा क्लब, नेपालगन्जमा कार्वन स्मार्ट स्कूल कार्यक्रम संचालित बिद्यालय, लगायत सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया हुने छ ।