डुवानको जोखिमविरुद्धकृत्रिम घटना अभ्यास

बाढी तथा डुबानबाट जोगाउने पूर्वतयारीका लागि नेपालगन्जमा बुधवार बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगन्जको धम्बोझीस्थित वाटरपार्कमा जिल्ला विपद व्यवस्थापन समिति बाँकेले बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास आयोजना गरेको हो ।

विपद व्यवस्थापन सूचना अधिकृत रूपन ज्ञवालीका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको १५० जनाको टोलीले बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरेका थिए । स्रोतसाधन, क्षमता र जनशक्तिको प्रभावकारी समन्वय गरेर खोज तथा उद्धारलाई प्रभावकारी बनाउन संयुक्तरूपमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र रिजालले पूर्व तयारी गर्न सके क्षति न्यूनिकरण गर्न सकिने बताए ।

नेपाली सेनाको श्री नम्बर ४ बाहिनीका बाहिनीपति एवं सहायक रथी रोशन शमशेर जबरा र रेडक्रसका जिल्ला सभापति गोवद्र्धन सिंह सम्झना लगायततले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यस प्रकारको अभ्यास गरेर साधन, स्रोत र जनशक्तिलाई तयारी अवस्थामा राख्नुपर्ने बताए ।

बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास कार्यक्रममा बज्र दलका गणपति एवं प्रमुख सेनानी रविन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीद्वय जोरासिंह माझी र लालबहादुर गुरुङ, एसपी तुलबहादुर कार्की, सशस्त्रका एसपी विमल डाँगी लगायतको उपस्थिति थियो ।

वर्षेनी आउने बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्ने र सबै सरोकावालाबीचको समन्वय प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम अभ्यास गरिएको हो । जिल्ला विपद समितिले बाँकेले विभिन्न प्रकोपबाट २५ हजार घरपरिवार र मनसुनजन्य विपदबाट १५ हजार घरपरिवार प्रभावित हुने आँकलन गरेको छ ।

Exit mobile version