शुक्रबार वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा भएको मानसिक स्वास्थ्य सम्वन्धी वजेट र मानसिक स्वास्थ्य साथै कार्यक्रमको कामको समीक्षा भएको छ । सामाजिक विकास मन्त्रालय संगको साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले मानसिक स्वास्थ्यको क्षेत्रमा कर्णाली प्रदेशमा गरेको कामको समिक्षा गरेको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दीर्घ वहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका उपसचिव एवम प्रवक्ता महेन्द्रजंग शाही, सामाजिक विकास मंत्रालय स्वास्थ्य महाँशाखा प्रमुख विर्ष वहादुर शाहि, कर्णाली प्रदेश अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. सुशिल समदर्शी लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको प्रतिनिधित्वमा कार्यक्रम भएको थियो ।
मानसिक स्वास्यको अवस्था र प्रदेश सरकारको मानसिक स्वास्थ्य रणनीतिक योजना कार्यान्वयनमा सि.एम.सि नेपालले विभिन्न साझेदार संघसंस्थाहरू संग मिलेर गरेको प्रयास र त्यसको समिक्षा एवम वजेट निमार्णको पूर्व सन्ध्यामा मानसिक स्वास्थ्यमा वजेट किन जरुरी छ भन्ने विषयै केन्द्रीत रहको सि.एम सि नेपालका कर्णाली प्रदेश प्रमुख हिमाल गैरेले बताए ।
कार्यक्रममा मानसिक स्वास्थ्यका रोकथामका कार्यक्रमहरू के भैरहेको छ र कसरी जान जरुरी छ, उपचारमा तालिम तथा प्रर्वधनात्मक कामको प्रभावकारीता, प्रदेशले आपूर्ति गर्ने मानसिक स्वास्थ्य समस्या भएकालाई दिईने औषधीको व्यवस्थापनको विषयमा व्यापक छलफल रहेको थियो । सहभागीहरू मध्येबाट कर्णाली प्रदेशमा अहिलेको बजेट पर्याप्तता नभएको र बजेट वृद्धीको आवश्यक रहेको सुझाव समेत आएको थियो भने सरकारी स्तरवाट वजेट उपलव्धता रहेको तर प्रभावकारी कार्यान्व्यनमा केहि चुनौति रहेको प्रतिकृया थियो ।
यता आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका उपसचिव एवम प्रवक्ता महेन्द्रजंग शाहीले वजेट सिलिङ्ग अर्थबाटै जाने भएकाले, बजेट प्रस्ताव सामाजिक विकास मन्त्रालयबाट बढेर आएको बजेटलाई जस्ताको त्यस्तै पठाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा वाल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दीर्घ वहादुर पोखरेलले मानसिक स्वास्थ्यका विषयमा आफु जानकार रहेको र यो संवेदनशिल विषय पनि भएकाले वजेटमा यसलाई आगामि आर्थिक वर्ष ०८१।०८२ मा प्रथामिकताका साथ राख्ने बताए ।
सामाजिक विकास मन्त्रालय संगको साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले आयोजना गरेको यो कार्यक्रमको सहजिकरण सि.एम.सि नेपालका कार्यक्रम संयोजक लक्ष्मन नाथले गरेका थिए ।