१. सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ । भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२. जनमत पार्टी सांसद अब्दुल खानले बजेटमाथि मन्त्रालयगत छलफलमा कृषि मन्त्रालयले छुट्याएको बजेटमा रासायनिक मलका लागि रकम अपर्याप्त रहेको बताएका छन् ।
३. माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षकको राजनीतिक आवद्धता नखोज्न वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् ।
४. रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
५. गण्डकी प्रदेशमा माओवादीको ’फ्लोर क्रस’ गरेका सांसद फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
६. राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी रहेको बताएकी छन् ।
७. अर्थमन्त्री वर्षमान पुनले भावी पुस्तालाई स्वदेशमै टिकाउने लक्ष्यसहित स्मार्ट र डिजिटल पूर्वाधार निर्माण आवश्यक रहेको बताएका छन् ।
८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।