बाल्मिकी टोललाई सुन्दर बनाउने प्रतिबद्धता

नेपालगन्ज उपमहानगरपालिकामा फोहोर मैला ब्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बाल्मिकी समुदायका स्थानीयहरूले टोललाई सरसफाई युक्त बनाउने प्रतिबद्धता गरेका छन् । युरोपियन युनियनको सहयोग, रेसटलेस डेभलपमेन्ट नेपाल, क्रियशन, यूथ इनोभेसन ल्यावको समन्वय र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा नाईस नेपालगन्जले बुधबार बाल्मिकी टोलमा गरेको समुदाय स्तरीय अभिमुखिकरणमा उनीहरूले यस्तो प्रतिबद्धता गरेका हुन् ।

अभिमुखिकरणको क्रममा भएको छलफलमा बोल्दै स्थानीय रूपरानी बाल्मिकीले घरबाट निश्किने फोहोर बर्गिकरण नगरेर नै बिर्सजन गर्ने गरेको बताउदै आज देखि घरबाट नै छुट्याएर बिर्सजन गर्ने प्रतिबद्धता गरिन । यसैगरी अर्का सहभागी पिन्टु बाल्मिकीले फोहोर मैला ब्यवस्थापन गरि टोललाई सफा गर्न टोल विकास समिति मार्फत समेत काम गर्ने बताए ।

कार्यक्रमका सहभागीहरूले फोहोर नगरपालिकाबाट आउने गाडीमा बिर्सजन गर्ने गरेको भएपनि सबै फोहोरसँगै राख्ने गरेको बताए । अभिमुखिकरण पश्चात कुहिने र नकुहिने फोहोरलाई छुट्याएर बिर्सजन गर्ने बताएका छन् । छलफलको क्रममा टोलका विभिन्न स्थानहरूमा कुहिने, नकुहिने फोहोर बिर्सजन गर्न ठुला साईजका डस्टविनहरू राख्न सकेमा टोलबासीहरूलाई सहज हुने बताएका थिए । प्लाष्टिक जन्य फोहोरले समस्या सिर्जना गरिरहेका भन्दै प्याष्टीकको प्रयोग न्यूनीकरणमा समेत लाग्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै बाल्मिकी समाजका अध्यक्ष तथा वडा नम्बर १ का सदस्य जगदिस बाल्मिकीले नेपालगन्ज नगरपालिकाको फोहोर मैला ब्यवस्थापनमा बाल्मिकी समुदायको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै सबै मिलेर बाल्मिकी समुदायलाई सुन्दर टोल बनाउन लाग्ने बताए ।

घरघरबाट निश्किने फोहोरलाई सहि समयमा सहि स्थानमा बिर्सजन गर्ने, आआफ्नो घर अगाडी सफा राख्ने समय समयमा टोल समिति मार्फत सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् । बातावरण संरक्षणका बिषयमा अभिमुखिकरण गर्ने संस्थाहरूलाई धन्यबाद ज्ञापन गर्दै अध्यक्ष बाल्मिकीले सबै टोलबासिहरूलाई अभियानमा सहयोग गर्न अनुरोध गरेका थिए ।

अभिमुखिकरणमा नेपालगन्ज उपमहानगरपालिकामा फोहोर मैला ब्यवस्थापनमा भइरहेका कार्यहरू, वातावरण विकासका कारणहरू, संरक्षणका उपायहरू लगायतका बिषयमा नाईस नेपालका अध्यक्ष हेमराज भट्टले जानकारी गराएका थिए ।

Exit mobile version