सदुगुरुको जन्मोत्सवमा रक्तदान

सद्गुरुदेव मदन बाबाको ४५औं जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका –१९ स्थानगाउँमा श्री मदन बाबा भक्ति केन्द्र केन्द्रीय समिति काठमाडौंले बाबाको जन्मोत्सवको अवसरमा बुधबार रक्तदान आयोजना गरेको हो ।

‘अनन्त परम्उद्दारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी श्रद्धेय मदन बाबाज्यू स्वयंले रक्तदान गर्नुभएको कार्यक्रममा ४५ जना शिष्य, भक्तजन श्री शम्भुहरुले रक्तदान गर्नुभएको थियो’, गंगा न्यौपानेले भनिन् ।

४५औं जन्मोत्सवको अवसरमा जेठ ३० र ३१ गते साँझ महाआरति गरि हर्ष उल्लासका साथ मनाउन नेपाल अधिराज्यको विभिन्न जिल्लाबाट भक्तजनहरु दाङ्ग पुगेका थिए ।

जन्मोत्सवको अवसर पारेर जेठ ३१ गते श्री मदन बाबा भक्ति केन्द्रको लुम्बिनी प्रदेश सम्मेलन पनि गरिने श्री मदन बाबा भक्ति केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष मन्जु जिएमले जानकारी दिइन् ।

Exit mobile version