पूर्वपश्चिम राजमार्गको बाँके खण्ड अवरुद्ध

(तस्विर : हेमन्त चौधरीको भिडियोबाट/एफबी)

बिहीबार राती भएको दुर्घटनामा एक जनाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा गएराति भे १ ख ३०१९ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकल चालक स्थानीय लोकेन्द्र बिष्टको घटनास्थलमै मृत्यु भएपछि स्थानीयबासीले टिप्परमा आगो लगाइदिएका छन् ।

शुक्रबार विहानसम्म टिप्पर चालक र धनी सम्पर्कमा नआएपछि रातीदेखि गरिएको चक्काजाम अझै खुलेको छैन ।

टिप्परको ठक्करले स्थानीयको ज्यान गरेपछि आक्रोशित स्थानीयले टिप्पर जलाइदिएका छन् ।

अहिले सडकमै शव राखेर स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

Exit mobile version