बाँकेमा विश्व रक्तदाता दिवस मनाइयो

शुक्रबार विभिन्न कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइएको छ ।

“रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद” भन्ने मुल नाराका साथ शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा प्राजातन्त्रिक उद्योग व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको छ ।
त्यस्तै, स्वयंसेवी रक्तदाता समाजले १६ पिन्ट रक्तदान गरेका छन् ।
दिवसको पूर्वसन्ध्यामा बिहीबार जनमत अद्र्धसाप्ताहिक, एसओएस ने.ग. र नेपाल स्वयंसेवी रक्तदाता समाजले ४१ पिन्ट रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगंज (भेरी अस्पताल परिसर), कोहलपुर मेडिकल कलेज र शुशिल कोइराला पखर क्यान्सर अस्पतालमा रक्त संचार युनिट संचालन भइरहेको छ । उक्त केन्द्रहरुबाट बार्षिक १९ हजार पिन्ट भन्दा बढी रगत वितरण हुने गरेको छ । दैनिक करिब १२० पिन्ट भन्दा बढी रगतको माँग हुने गरेकोमा ९० पिन्टसम्म रगत पूर्ति हुने गरेको रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताएका छन् ।

दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बाँके जिल्लामा अस्पतालको संख्या बृद्धि संगै रगतको माँग दिन प्रतिदिन बढदै गइरहेको छ । त्यो अवश्यकता पूर्ति संस्थागत र स्वयंसेवी रक्तदाताबाट मात्र सम्भव हुने कुरा उल्लेख गर्दै मानवीय कार्यमा योगदान गर्ने सबै रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

बाँके जिल्लाका निवासी स्वयंसेवी पुरुष रक्तदाता गोपीनाथ वैश्य १५६ पटक, पवन जैसवाल १०० पटक र स्वयंसेवी महिला रक्तदाता सरिता देवी ज्ञवाली शर्माले ७७ पटक रक्तदान गरि इतिहास रचेका हुन । उहाँहरुलाई दिवसका अवसरमा जनमत अर्धसाप्ताहिक र प्राजातन्त्रीक उद्योग व्यवसायी संघले सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी तथा सदस्य, कर्मचारी, विभिन्न संघसंसस्थाका प्रमुख, प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।

Exit mobile version