क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो संगठनलाई डुडुवा गाउँपालिकामा विस्तार गरेको जनाएको छ ।
शनिवार एकता अधिवेशन निसारको संयोजकमा १९ सदस्यीय संगठन विस्तार गरेको हो ।
क्रान्तिकारीले दिएको जानकारी अनुसार, दिपक सह– संयोजक रहेको पालिका संगठन समितिसँगै दुर्गेस संयोजक रहने गरि ९ सदस्यीय क्रान्तिकारी युवा संगठन नेपाल पनि गठन गरिएको छ ।
अधिवेशन उद्घाटन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका बाँके जिल्ला इन्चार्ज दिपक शाहीले जनतन्त्र, जनजिविका र राष्ट्रियता कमजोर बनेकोले तल्लो वर्गका जनताहरु, किसान, मजदुर, श्रमजीवि सर्वहारा जनताको उत्तम व्यवस्था नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना आवश्यक रहेको बताए ।
‘गरिव किसान मजदुर श्रमजीवि, सर्वहाराको अवस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ,’ प्रमुख अतिथि शाहीले भने, ‘वैदेशिक हस्तक्षेप नाङ्गो रुपले बढ्दै जानुले देश संचालन गर्ने एजेण्टहरुले लुटपाट भ्रष्टाचार गरेर अकुत सम्पति कमाएर अवैध ढंगले व्यक्तिगतरुपमा सार्वजनिक सम्पतिको दुरुपयोग गरेर दोहन गरिरहेका छन् ।’
पार्टी केन्द्रीय सदस्य, बाँके जिल्ला संयोजक परिवर्तन, बाँके सह–संयोजक हरि न्यौपाने, सागर, मुक्ति लगायतले कार्यक्रममा धारणा राखेका थिए ।