बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ छिटईपूवामा बुधबार राती भएको आगलागीमा ३२ वटा घर जलेका छन् । २७ वटा घर पूर्ण रुपमा ५ वटा घर आंशिक रुपमा जलेको हो ।
स्थानीय बासिन्दाका अनुसार हावाहुरीका बेला आगलागी भएकाले एक घरमा लागेको आगोले बस्ती नै सखाप भएको हो ।
आगलागीबाट मानवीय र पशुवस्तुको क्षति भने हुन पाएन । ‘एकपछि अर्को घरमा आगो दन्किएपछि पशुवस्तु जोगायौं’, आगलागी पीडित लल्लन अहिले भने, ‘घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा जोगाउन सकिएन, सबै जल्यो ।’
आगलागीका लागि पुगेको दमकल बाटो नहुँदा बस्ती नजिकैबाट फर्किएको कौशल चन्दले जानकारी दिए । ‘बोरिङ्गको पानीले आगो निभउने प्रयास गरेपनि बस्ती जोगाउन सकिएन ।’
बिहीबार राती करिब ९÷साढे ९ बजेतिर आगलागी भएको बताउने आगलागी पीडित बिहीबार मध्यान्ह सम्म पनि भोकै रहेको जानकारी दिए ।
