बुद्धको अवशेष राखिएको रामग्राम स्तुप

गौतम बुद्धका सूर्यवंशी आमाबाबु दुई फरक महाजनपद राज्यका थिए । उनका पिता राजा शुध्दोदन शाक्य राज्यका थिए भने उनकी आमा रानी माया कोलिया राज्यकी राजकुमारी थिइन् । बुद्धको विवाह आफ्नै मामा कोलियाका राजाकी छोरी यशोधरासँग भएको थियो । बुद्धका अवशेषको आठौं भाग कोलिया राज्यको राजधानी रामग्रामस्थित स्तुपमा सूरक्षित राखिएको छ । रामग्राम नेपालको लुम्बिनी प्रदेशको क्षेत्राधिकार अन्तर्गत पर्दछ ।

बुद्ध धर्मग्रन्थका अनुसार बुद्धको निर्वाणपछि उनको अवशेष १६ महाजनपदका आठ शासकहरूलाई बराबर हुने गसी बाँडिएको थियो । प्रत्येक शासकले आफ्नो राजधानी परिसर छेउछाउ स्तुप बनाए र बुद्धको अस्थिधातु त्यहाँ समाधिस्थ गरे ।

महापरिनिर्वाण सुत्तका अनुसार बुद्धलाई उनको महापरिनिर्वाण पछि कुशीनगरमा दाहसंस्कार गरिएको थियो । प्रारम्भमा कपिलवस्तुको शाक्य कुलले मात्र बुद्धका अवशेषको दावी गर्ने विश्वास थियो । यद्यपि शाक्य कुलका साथै अन्य छवटा कुलाधिपति शासक र एक राजाले बुद्धका अवशेषहरू दाबी गरे । यो विवाद सुल्झाउन द्रोण नामक ब्राम्हणले बुद्धको अस्थिधातुलाई आठ भागमा बाँडे  ।
निम्नानुसारलाई बुद्धका अवशेषहरूको बराबर भाग प्राप्त थिएः १. अजातशत्रु, मगधका राजा; २. बैसालीका लिच्छवीहरू; ३. कपिलवस्तुका शाक्यहरू; ४. अल्लाकाप्पाको बुलिहरू; ५. रामग्रामका कोलियाहरू; ६. वेठदीपका ब्राम्हणहरू; ७. पावाका मल्लहरू; ८. कुशीनगरका मल्लहरू

बौध्द धर्मका अनुयायी बनेपछि सम्राट अशोकले बुद्ध धर्म सबै मानिसका लागि मात्र नभई वनस्पति र जनावरका लागि पनि लाभदायक छ भन्ने विश्वास गरेर दक्षिण र मध्य एशियामा ८४,००० स्तुप, सङ्घराम, विहार, चैत्य र बौध्द भिक्षुहरूका लागि आवासहरू स्थापना गरे ।
वर्षौं पछि जब अशोकले आफ्ना ८४,००० स्तुपहरूमा पुनर्स्थापित गर्नका लागि बुद्धका वशेषहरू सङ्कलन गर्न थाले । पहिलो सात स्तुपहरूमा भएका अस्तुधातु सङ्कलन गर्न कुनै समय
लागेन । त्यसपछि सम्राट अशोक रामग्राम पुगे । त्यहाँका नाग सम्प्रदायले अशोकलाई बुद्धका अस्थिधातु हस्तान्तरण गर्न अस्वीकार गरे  । तिनीहरू आफ्नो अंशको अस्थिधातु निरन्तर पूजा गरेर राख्न चाहन्थे । नागहरूको समर्पण र भक्तिभावलाई बिचलित गर्नु नहुने निष्कर्श सहित अशोक त्यहाँबाट खाली हात फर्के ।

सम्राट अशोकको कथा अशोकवदनामा उल्लेख भए अनुसार उनले संकलन गरेका बुद्ध अवशेषहरूलाई पुनः वितरण गरेर जम्बुव्दिप भरि आफुले बनाउन लगाएका बनाएका ८४,००० स्तुपहरूमा राखे । यो अशोकको सबैभन्दा प्रशिध्द र पौराणिक कार्य बन्यो  । शताब्दीयौंदेखि भारतका पवित्र स्थलहरूमा जाने तीर्थयात्रीहरूले उनीहरूले भेटेका लगभग हरेक प्राचीन स्तुपलाई अशोकलाई श्रेय दिएका
छन् । अशोकावदनाको संस्करणमा यस्तो बर्णन छः “अशोकसँग सुन, चाँदी, पुखराज र क्रिस्टलबाट बनेका ८४,००० बक्साहरूमा अवशेषहरू राखिएको थियो । यसबाहेक, ८४,००० कलश र ८४,००० शिलालेखहरू तयार
गरियो । पृथ्वीभरि १००,००० मानिसहरूको जनसंख्या भएका ठूला, मध्यम र साना सहरहरूमा निर्माण गरेका ८४,००० स्तुपहरूमा बुद्धका अस्थिधातु भएका ८४,००० बक्साहरू राखियो  ।“

रामग्राममा रहेको बुद्धको अवशेष भएको गौतम बुद्धसँग सम्बन्धित प्राचीन र महत्त्वपूर्ण अवशेषहरू मध्ये एक
हो । रामग्राम विशेष गरी बुद्धको दाहिने तल्लो स्क्यापुला हाडसँग सम्बन्धित छ । यो अवशेष २० औं शताब्दीको प्रारम्भमा नेपालको नवलपरासी जिल्लाको निग्लिहवा गाउँको एउटा ढिस्कोमा पुरातात्विक उत्खननका क्रममा फेला परेको थियो । उक्त अवशेष ढुङ्गाले बनेको सानो बक्सामा फेला परेको थियो । रामग्राममा अवशेष राखिएको साइटको ऐतिहासिक र धार्मिक महत्वलाई थपेका छन्  । तीर्थयात्री र बौध्दहरूले यी अवशेषहरूलाई बुद्धको ज्ञान र शिक्षाको प्रतीकको रूपमा पवित्र वस्तुहरू मान्दछन् । यी अवशेषहरू भएका स्तुपहरू पूजनीय तीर्थस्थलहरू हुन्  । संसारभरका मानिसहरूले तिनीहरूलाई आदर गर्न र आध्यात्मिक ज्ञान प्राप्त गर्न यी तीर्थस्थलहरू भ्रमण गर्छन् ।

पश्चिम नवलपरासीको रामग्राम स्तुपमा उत्खननका क्रममा पुरातत्वविद्ले बुद्ध कालका अवशेष फेला पारेका छन्  । यस ऐतिहासिक स्थलमा उत्खननले पोखरी र विहार संरचना (मठ) फेला पारेको छ जुन बुद्धको समयमा (लगभग ५ औं शताब्दी ईसापूर्व) निर्माण भएको
मानिन्छ । उत्खननले बिहार र पोखरी बनाउन प्रयोग हुने केही इँटाहरू फेला पारेको थियो । बुद्ध शाक्यमुनिको अवशेष रहेको उनको आठ मौलिक स्तुपमध्ये एउटा रामग्राम स्तुपबाट भेटिएको अवशेष भएको विज्ञहरूको दाबी
छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट करिब ७ किलोमिटर दक्षिणमा रहेको रामग्राम नगरपालिकाको जिल्ला ७ स्थित इँटाको ढिस्कोमा उक्त स्तुप रहेको छ  । ऐतिहासिक धरोहरको संरक्षणमा उचित पहल नगरिएका कारण उपेक्षित रहेको स्थानीयको भनाइ छ  । यसको ऐतिहासिक महत्वका बाबजुद पनि उत्खनन, अन्वेषण र अनुसन्धान र विकासलाई प्राथमिकतामा नराखेका अधिकारीहरूले यो क्षेत्र ओझेलमा परेको स्थानीयको गुनासो छ । यो क्षेत्र कुनै समय प्राचीन कोलिया राज्यको राजधानी भएको उनीहरूको दाबी छ  ।

सन् २०१४ मा, पुरातत्वविद्हरूको टोलीले तत्कालीन बन्जारिया गाविसमा अवस्थित पण्डितपुर पुरातन कोलिया राज्यको राजधानी थियो भन्ने व्यापक प्रमाण फेला पारेको थियो । अनुसन्धान टोलीले दावी गरेको छ कि उनीहरूले पत्ता लगाएको सामग्री ईसापूर्व सातौं शताब्दीको हो । ईसापूर्व उत्खननका क्रममा कुशाण काल (लगभग ईसापूर्व दोस्रो शताब्दीदेखि पहिलो शताब्दीसम्म) इनारको मुख, पुखराज, चुरा, क्रिस्टल, ढुङ्गा र मानव आकृतिहरू फेला परेका थिए । रामग्राम क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्न योग्य ऐतिहासिक र पुरातात्विक महत्वको ठाउँ हो भन्ने कुराको बौध्द कालको महत्वपूर्ण प्रमाण हो  । रामग्राम स्तुपलाई सन् १९९६ देखि युनेस्को विश्व सम्पदा सूचीमा समावेश गर्न नेपाली अधिकारीहरू काम गरिरहेका छन्  । (खष्मजगपबथबकतजब२नmबष्।िअयm)

Exit mobile version