यस्तो ल्यायो खजुराले नीति

बाँकेको खजुरा गाउँपालिकाको १५ओैं गाउँसभा शनिबार आयोजना गरिएको छ । सभामा अध्यक्ष डम्मर विकले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
अध्यक्ष विकले प्रस्तुत गरेको नीति तथा कार्यक्रम

अबको हाम्रो गन्तव्य गरिवि निवारणका लागि आर्थिक समृद्बि, सुशासन, सामाजिक समावेशिकरण ,समावेशि विकास, सामाजिक न्याय सहितको समतामुलक वितरण तर्फ हुन जरुरी छ ।

संविधानले व्यवस्था गरेका मौलिक हकहरु प्रचलन गराउन पर्ने विषय सबै सरकारहरुका दायित्त्वका रुपमा रहेका छन् ।राजनैतिक आन्दोलनले पुर्णता पाइसकेको वर्तमान अवस्थामा जनताको आर्थिक समृद्बि हासिल गर्ने अभियानमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने अवस्थामा आइपुगेका छौ
भौगोलिक विविधताले भरिपुर्ण खजुरा गाउँपालिकामा विभिन्न जाति भाषा धार्मिक सांस्कृतिक भेषभुषा र परम्परागत सम्पदाहरु रहेका छन् ।

यी हाम्रा पालिकाका मुख्य पहिचान तथा महत्वपुर्ण सम्पति हुन् भन्ने बुझाइ राखी संरक्षण र सम्वर्द्बन गर्नु हामी नवनिर्वाचित जनप्रतिनिधिहरुको परम कर्तव्य हो ।संविधानले दिएका अधिकारहरु स्थानीय सरकारबाट प्रदान गरिने सेवा सुविधाहरु सबै गाउँपालिका बासि समक्ष पुर्याउनु हाम्रो प्रमुख दायित्व हो ।

स्थानीय तहको सरकार जनताको प्रत्यक्ष सहभागिता सेवा र निगरानीमा सञ्चालन हुने भएकोले हामी जनप्रतिनिधिहरु जनताको शासक नभइ सेवक हौ भन्ने मान्यतालाई आत्मसात गर्दै सकारात्मक सोच र तत्परताका साथ प्राप्त स्रोत साधनालाई अधिकतम उपयोग गरि खजुराको विकास र खजुरेली जनताको सेवा गर्न दृढ संकल्प गर्दै जनता नै इतिहासका निर्माता हुन् भन्ने कुरालाई आत्मसात गर्दछौ ।

खजुरेली जनताले विकास निर्माण र आर्थिक विकासमा सहभागिता सूनिश्चितता गर्न “हामी आफै बनाउँ हाम्रो खजुरा,आत्मनिर्भर र समृद्ब खजुरा”भन्ने मूल नारा सहित प्रत्येक नागरिकले खजुरा निर्माणमा योगदान पुर्याउने जनमैत्री नीति अङ्गिकार गर्दछौं ।

सदस्यज्यूहरु अव म पालिकाले बजेट तथा कार्यक्रम तयार गर्दा तय गरेका प्राथमिकता लक्ष्य र उद्देश्य प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

गाउँपालिकाले बार्षिक योजना तथा बजेट तर्जुमा गर्दा निम्न बिषयलाई प्राथमिकता दिइएको छ ।

सुशासन र पार्दर्शितालाई अवलम्वन गर्दै दिगो विकासका अवधारणालाई क्रमशः पुरा गरिने पालिकाको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि स्वास्थ्य सबै नीतिहरुमा लागु गर्दै स्वावलम्वी प्रतिष्पर्धी र स्वस्थ खजुरेली नागरीक उत्पादनमा जोडदिने पालिकाको आर्थिक समृद्बि तथा गरिवी निवारणमा ठोस योगदान पुर्याउने खजुरेली जनताको जीवनस्तर, आम्दानी र रोजगारी ले मुर्त रुप प्राप्त गर्ने महिला बालबालिका मधेशी, मुस्लिम,दलित तथा अल्यसंख्यक पिछडिएका क्षेत्रको जीवनस्तरमा आमुल परिवर्तका लागि प्रभावकारी बन्ने जैविक तथा वातावरणीय पक्षको संरक्षण तथा सम्वर्द्बन गर्न खजुराको विभिन्न भाषा कला संस्कृतिको संरक्षण तथा सम्मवर्द्बन गर्दै सामाजिक सदभावलाई मजबुत गराउने जनताको जीवनस्तर अभिवृद्बि गर्न उत्पादनशिल तथा रोजगारमुलक क्षेत्रमा लगानीको वातावरणलाई ठोस रुप दिने आन्तिरक आय वृद्धिका लागि राजश्व र कर को दायरा बढाउने सबै पेशा व्यवशायलाई पालिकामा दर्ता गर्न लगाईने छ
खजुरा गाउँपालिकालाई खजुरा नगरपालिका निर्माण गर्न आवश्यक आधारहरु तयार भैसकेकाले भुगोल,जनसंख्या तथा आवश्यक आधारको हिसाबमा वडा नं. २,३,४ र ७ लाई विभाजनका लागि स्थानीय सरकारको सिफारिस प्रदेश सरकार हुँदै केन्द्र सरकार सिफारिसका लागि पहल गरिनेछ।

गाउँपालिकाका अधुरा योजनाहरुलाई पुर्ण रुपमा कार्यन्वयन गरिनेछ।

गाउँसभाका सदस्यज्यूहरु अब म क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु

क्षेत्रगत नीति तथा कार्यक्रमहरु
शिक्षा सम्बन्धी नीति
आधारभूत शिक्षा सबैका लागि निःशुल्क र अनिवार्यरुपमा लागू गरिनेछ ।
शैक्षिक पहूँच सुनिश्चतता अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रममा जोड दिइनेछ ।

विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम कार्यसम्पादनमा आधारित प्रोसाहन प्रणाली लागू गरिनेछ ।

सार्वजनिक विद्यालयमा अध्ययरत विद्यार्थीका लागि आवाशीय र गैरआवाशीय छात्रवृत्ति उपलब्ध गराइनेछ ।

सार्वजनिक विद्यालयमा अध्ययनरत बालविकास देखि कक्षा ५ सम्म दिवा खाजा उपलब्ध गराइनेछ ।

शैक्षिक क्षतिको परिपूरण तथा अन्य विपदको लागि सिकाइ आपूरण तथा द्रुत सिकाइ कार्यक्रमलार्इ प्राथमिकता दिइनेछ ।

अतिरिक्त क्रियाकलाप मार्फ प्रतिभाको खोजी कार्यक्रम लागू गरी पालिका स्तरमा अन्तर विद्यालय मेयर रनिङ्गशिल्ड प्रतिययोगिता सञ्चालन र ब्यवस्थापन गरिनेछ ।

शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक क्षेत्रमा अगुवा युवा स्वयम सेवक विकास र परिचालनमा जोड दिइनेछ ।

नमुना युवा संसद अभ्यास कार्यक्रम सञ्चालन गरी युवाहरुलार्इ शासन प्रणालीको क्षमता विकास गर्न जोड दिइनेछ ।

विद्यार्थी संख्या र विषय अनुसार विद्यालयको दरबन्दी मिलान र विद्यालयको समायोजन कार्यलार्इ प्राथमिकता दिइनेछ ।मुख्यत जहाँ विद्यार्थी त्यहाँ शिक्षकको नीति लागु गरिनेछ।

पालिका स्तरमा कक्षा ५ र ८ को परीक्षा सञ्चालन र ब्यवस्थापन गरी सिकाइ सुधारमा जोड दिइनेछ ।

पालिका अनुदान शिक्षकहरुको पारिश्रमिक समयानुकुल वृद्धि गर्न जोड दिइनेछ ।

संघिय र पालिका अनुदान र सट्टा शिक्षकमा कार्यरत शिक्षकहरुको लागि चाडपर्व खर्च र पोशाक खर्चको ब्यवस्था गरिनेछ ।

तहगत प्रधानाध्यापक र धार्मिक विद्यालयका धर्मगुरुलार्इ नियुक्ति र ब्यवस्थापनका लागि मासिक प्रोत्साहन रकमलार्इ निरन्तरता प्रदान गरिनेछ ।

कक्षा ११ र १२ मा अध्ययनरत मुस्लिम मधेशी दलित गरिब असाहय छात्राहरुलार्इ छात्रवृत्ति प्रदान गरिनेछ ।

युवाहरुको लागि उद्यमशिलता र वित्तिय साक्षरता सम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

विद्यालय शिक्षालार्इ प्रविधिमैत्री बनाइ सूचना सञ्चार प्रविधिको बहुप्रयोगमा जोड दिर्इ शिक्षाको गुणस्तर अभिवृद्धिमा जोड दिइनेछ ।

खजुरा गाउँपालिकामा सञ्चालित लुम्बिनी प्राविधिक विश्वविद्यालयमा अध्ययन गर्न चाहाने खजुरेली युवा विद्यार्थीहरुलार्इ पूर्ण छात्रवृत्ति दिने नीति लागू गरिनेछ ।

ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको ब्यवस्थापन पक्षमा सुधार गर्न र छात्रवृत्तिका लागि आवश्यक बजेटको ब्यवस्था गरिनेछ ।
सामुदायिक सिकाइ केन्द्रलार्इ पूर्णरुपमा परिचालन गरी वैकल्पिक शिक्षाको माध्यमबाट साक्षोत्तर सीपमूलक कार्यक्रम सञ्चालन गर्न जोड दिइनेछ ।

सामुदायिक विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत तपसिलका कार्यक्रम सञ्चालन र ब्यवस्थापनमा जोड दिइनेछ ।

विद्यालयमा आँप बगैचाको ब्यवस्थापन गर्न आवश्यक बजेटको ब्यवस्था गरिनेछ ।

सिलार्इ कटाइ तालिमको सामुदायिक विद्यालयमा ब्यवस्था गरी सेनीटरी र झोला पोशाक उत्पादन गर्ने।

जनतासँग अध्यक्ष कार्यक्रम मार्फत सामुदायिक विद्यालयको स्तरोन्नती गर्नको लागि कक्षाकोठा सवलीकरण कार्यक्रमको ब्यवस्था गरी विद्यालयमा खानेपानी शौचालय मर्मत सम्भार वाइरिङ्ग फ्यान र कार्पेटीङ्गको ब्यवस्था गरिनेछ ।

पालिकाबाट सूचना सञ्चार प्रविधि प्राविधिक धारको १ वटा विद्यालयमा अनुमति दिर्इ सञ्चालन र ब्यवस्थापन गरिनेछ ।

गरिब असाहय र पछाडि पारिएका लक्षित समूहका विद्यार्थीहरुको लागि समताका कार्यक्रम(पोशाक झोला स्टेशनरी र छात्रवृत्ति) लागू गरी विद्यालयमा झिकाउने टिकाउने र सिकाउनका लागि विद्यालयको ब्यवस्थापन समितिलार्इ जिम्मेवार बनाउने नीति लागू गरिनेछ ।
विद्यालय शिक्षालार्इ प्रभावकारी बनाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावक बीच अन्तरक्रिया गरी सिकाइ सहजीकरण कार्यलार्इ सुधार गरी कमजोर बालबालिकाहरुको क्षमता सुधार र विषयगत सिकाइ उपलब्धी सुधारमा कार्ययोजना निर्माण गरी मेन्टोरिङ्ग गरी विद्यालय सुपरीवेक्षणलार्इ थप सुधार गरिनेछ ।

सिकाइ उपलब्धी कमजोर भएका र शैक्षिक सत्र २०८० मा NonGraded (NG) भएका सम्पूर्ण विद्यार्थीहरुको स्तर सुधारका लागि विभिन्न थप उपायहरु लागू गरिनेछ ।

सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आवत जावतको लागि इरिक्साको ब्यवस्थ गरिनेछ ।

पालिका स्तरमा नमुना विद्यालय स्थापना गर्ने नीति लागू गरिनेछ ।
सामुदायिक माध्यमिक विद्यालयमा नर्सिङ्ग कार्यक्रम लागू गरिनेछ ।
एकीकृत शैक्षिक ब्यवस्थापन सूचना प्रणालीका तथ्याङ्कको आधारमा आवधिक पालिकाको शैक्षिक योजना र विद्याल सुधार योजना निर्माण गरी ब्यवस्थापन पक्षमा सुधार गर्ने

मातृभाषा, नेपाली भाषा र अंग्रेजी भाषाको माध्यमबाट सामुदायिक विद्यालयमा सिकाइ सहजीकरण गर्ने ब्यवसाथापन गरिनेछ ।
प्रारम्भिक बालविकास र शिक्षाको न्यूनतम मापदण्ड लागू गरी प्रभावकारीरुपमा कक्षा सञ्चालन गर्ने
राष्ट्रिय र अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसँग समझदारी कायम गरी शिक्षा युवा र खेलकुदका कार्यक्रम लागू गरिनेछ ।

विद्यार्थीहरुको कार्यगत सीमितताको पहिचान गरी अपाङ्गता भएका विद्यार्थीहरुको थप सहयोगका लागि नजिको स्वास्थ्य संस्थामा उपचारका लागि आवश्यक ब्यवस्था गर्ने।

स्वास्थ्य सामाजिक विकास शाखा महिला बालबालिका र जेष्ठ नागरिक शाखा कृषि शाखा उद्यमविकास शाखा प्रधानमन्त्री रोजगार शाखा बन तथा वातावरण शाखा विपद ब्यवस्थापन शाखासँग समन्ववय गरी एकीकृत कार्ययोजना निर्माण गर्ने।

प्रत्येक विद्यालयबाट १।१ जना शिक्षक , शिक्षिकालाई लाइफ स्किल तालिम संचालन गरि फोकल पर्सन तयार गरि प्रत्येक विद्यालयमा लाइफ स्किल कार्यक्रम संचलान गरिनेछ।

यूवा तथा खेलकुद सम्बन्धी नीति

वडा स्तरीय क्रिकेट प्रतियोगिता, कबड्डी प्रतियोगिता, साइकलिङ्ग प्रतियोगिता,भेट्रान प्रतियोगिता,ब्याटामिन्टन प्रतियोगिता,जुडो प्रतियोगिता, मासेलट प्रतियोगिता,चेस प्रतियोगिता गरिने छ।

राष्ट्रिय खेलकुदमा विजेता खेलाडीहरुलाई सम्मान कार्यक्रम लागु गरिनेछ।
अन्तराष्ट्रिय स्तरका खेलकुदमा सहभागी र विजेता खेलाडीहरुलाई पुरस्कार तथा सम्मान गरिनेछ।

खेलप्रति रुचि बढाउन पालिका, अध्यक्ष कप, राष्ट्रपति रनिङग शिल्ड प्रतियोगिता खेलकुद कार्यक्रमहरुमा उत्कृष्ट हुने खेलाडीहरुलाई प्रोत्साहन गरिनेछ ।

खजुरा गाउँपालिका भित्र दर्त भएका क्लब ‍हरुलाई खेलकुद सामाग्री वितरण गरिनेछ।

वडा स्तरीय मिनि म्याराथन कार्यक्रम गरिनेछ।

खजुरा गा.पाका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण खेलकुद प्रतियोगिता गरिनेछ।

शहिद डम्बर राना भाट स्मृति फुटवल प्रतियोगिता संचालन गर्न स्थानीय हिमालय युवा क्लब सँग साझेदारि गरिनेछ।शहिद स्मृति किक्रेट खेलकुद प्रतियोगिता संचालन गरिनेछ।

स्वास्थ्य सम्बन्धी नीति
खजुरा गाँउपालिका भित्रका आम स्थानिय बासीको लागी बिबिध किसिमको प्रतिकारात्मक¸ प्रवर्धनात्मक तथा उपचारात्मक सेवा प्रदानको लागी खजुरा गाँउपालिकालाई अगाडि बढाईने छ।

खजुरा गाँउपालिका भित्रका गर्भवती तथा सुत्केरीलाई आपतकालिन अवस्थामा निशुल्क एम्बुलेन्सको ब्यवस्थालाई निरन्तरता दिईनेछ।
खजुरा गाँउपालिका भित्रको गर्भवतीहरुको निशुल्क ल्याव परिक्षणको ब्यवस्था गरिनेछ। आर्थिक अवस्था कमजोर भएको सुत्केरी तथा गर्भवतीहरुको आपतकालिन उपचार तथा ब्यवस्थापन गर्दा आवश्यक उपचार खर्चको ब्यवस्थापन गरिनेछ।

खजुरा गाँउपालिका भित्र रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई बिशेष सुत्केरी सेन्टरको रुपमा एम्बुलेन्स सेवा तथा भिडियो एक्स रे सेवा सहितको निशुल्क सेवाको रुपमा बिस्तार गरिनिछ। गर्भवती आमा तथा सुत्केरी आमाको मृत्युलाई न्युनीकरण गर्ने गरी बिशेष कार्यक्रम गरिनेछ।

शिक्षा शाखा संगको समन्वयमा बिद्यालयको स्वास्थ्य शिक्षा कार्यक्रमलाई बिशेष प्रथामिक्ता दिईनेछ र बालबालिकाको स्वास्थ्य परिक्षण कार्यक्रमलाई निरन्तरता दिईनेछ।

अध्यक्ष संग जेष्ठ नागरीक कार्यक्रमलाई बिशेष प्रभावकारी बनाउदै अगाडि बढाईनेछ।जेष्ठ तथा असक्त नागरीकहरुलाई घर घरमा गएर सेवा प्रदान गर्न कार्यरत स्वास्थ्यकर्मिहरुलाई बिशेष तरिकाले खटाईने छ।

खजुरा गाँउपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आवश्यक्ताको आधारमा तालिमको ब्यवस्थापन गरिनेछ।

खजुरा गाँउपालिका भित्रका जेष्ठ नागरीक तथा अशत्त¸ अपाङग ब्यत्तीहरुको स्वास्थ्य परिक्षण तथा ल्याब परिक्षण सेवालाई खजुरा गाँउपालिका भित्रका स्वास्थ्य संस्थाहरु बाट निशुल्क ब्यवस्था गरिनेछ।

खजुरा गाँउपालिका भित्र रहेको स्थाइ बासीलाई निशुल्क रेबिज बिरुदको खोपको ब्यवस्थाको लागी आवश्यक बजेट तथा ब्यवस्थापन कार्य अगाडी बडाईने छ।

खजुरा गाउँपालिकामा सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्न जनचेतनामुलक कार्यक्रम संचलान गरिनेछ।

आर्थिक रुपमा बिपन्न तथा पडित नागरीकलाई स्वास्थ्य उपचार रकमको ब्यवस्थापन गरिनेछ। यसको लागी आवश्यक बजेटको ब्यवस्थापन गरिनेछ।

पुर्ण खोपको दायरालाई बढाउन बिशेष कार्यक्रम ल्याईनेछ।पुर्ण खोप पाउनु बालबालिकाको अधिकार भएको कुरालाई सुनिश्चितता गरिनेछ।
खजुरा गाँउपालिकामा क्षयरोग तथा कुष्ठरोग नियन्त्रणको लागी बिशेष कार्यक्रम ल्याईनेछ। यसको लागी आवश्यक बजेटको ब्यवस्थापन गरिनेछ।

आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कर्मचारी तथा सामाग्रीको अभावलाई समाधान गर्नको लागी आवश्यक पहल गरिनेछ। यसको लागी कम कार्य लोड भएको स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मि खटाईनेछ।

हाल क्यान्सर¸ उच्चरत्तचाप¸ मृगौलाको समस्या लगायत बिभिन्न किसिमका नसर्ने रोगहरुको समस्या दिनप्रतिदिन बढ्दै गएको देखिएकोले यसको नियान्त्रणको लागी आवश्यक पहल गरिनेछ।

खजुरा गाउँपालिकामा कार्यरत महिला स्वयमसेविका तथा आमा समुहलाई प्रभावकारी परिचालन गरिनेछ र महिला स्वयमसेविकाले पाउने सेवा सुविधा विस्तार गरिनेछ।

खजुरा गाउँपालिका भित्र मेडिकल व्यवासय गरि रहेका संघ संस्थालाई सुचिकृत गराईनेछ र यिनिहरुको अनुगमनलाई प्रभावकारी बनाईनेछ।
खजुरा गाउँपालिका भित्र निशुल्क आँखा शिविर संचालन गरि निशुल्क अपरेशनका लागि आँखा अस्पताल सँग समन्वय गरिनेछ।

खजुरा गाउँपालिका भित्र आवश्यकता अनुसार निशुल्क स्वस्थ्य शिविर संचलान गरिनेछ।

५ वर्ष मुनिका बालबालिकाहरुको पोषण अवस्था सुधारका लागि विभिन्न कार्यक्रम ल्याइनेछ।

भौतिक पुर्वाधार सम्बन्धी नीति
स्थानीय पुर्वधार सहयोग कार्यक्रम(LISP) सँग साझेदारी गरेर स्थानीय पुर्वधारको विकास अन्तर्गत ग्रामींण सडक सुधार, पुर्णस्थापना, साना सिचाँई, खानेपानी तथा सरसफाई, भवन मर्मत, विपद जोखिम न्यूनीकरण,जलवायु उत्थानशिल र वैकल्पिक उर्जा सम्बन्धी योजना तथा कार्यक्रमहरु कार्यान्वयन गरिनेछ।

बसपार्क निर्माण कार्य अगाडी बढाइनेछ।

खजुरा गाउँपालिका वडा नं. २ मा रहेको बहुउद्देशिय सामुदायिक भवन र वडा नं. ६ मा रहेको सुरक्षित सामुदायिक भवन निर्माण कार्यलाई अगाडी बढाईनेछ।

वडा नं २ मा रहेको अनाथलय भवन संचालनमा ल्याइनेछ।

वडा नं १ को वडा कार्यालय निर्माण गरि संचालनमा ल्याइनेछ।

विद्युत लाईन पुग्न बाँकी बस्तीहरुमा विद्युत लाईन विस्तार गरिनेछ।

विद्युत लाईन प्रसारणका लागि विद्युत प्राधिकरण सँग आवश्यक समन्वय गरी विद्युत तार,पोल खरिद र सडक बत्तिको लागि बजेटको व्यवस्था गरिनेछ।

बैकल्पिक उर्जाको प्रयोग लाई प्रोत्साहन गर्दै सौर्य उर्जा निर्माणलाई निरन्तरता दिइनेछ।साथै विद्युतिय चूलो साझेदारीमा प्रदान गर्ने कार्यक्रम संचालन गरिनेछ।

पालिका स्तरिय भौतिक पुर्वाधार निर्माणका कार्यमा बालमैत्री अपाङगमैत्री पुर्वाधार निर्माणको नीति लिइनुका साथै निर्माण भैरहेका संचरचनाहरुको मर्मत र बन्न बाकी रहेका भौतिक पुर्वधारहरुको क्रमश: स्तरोन्नती गर्दै लगिने छ ।

अधुरा योजनाहरुलाई पूर्णता दिन आवश्यक बजेटको विनियोजन गरिने छ ।

४. सडक गुरुयोजना अनुसार सडकको मापदण्ड निर्धारण गरि सडक निर्माण कार्यलाई प्राथमिकता दिईनेछ।

बजार र आवश्यक स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।

मर्मत संभार कोष बाट आवश्यकता अनुसार सानातिन मर्मत कार्य निरन्तरता दिइनेछ ।

भवन आचारसंहिताको अधिनमा रहि मापदण्ड अनुसारको नक्सा बनाइ घर बनाउन प्रोत्साहन गरिने छ ।

आवाद्यिक योजनालाई टेकेर एक वडा एक गौरवको योजना, पालिकाको गौरवको योजना छनौट गरी संचालन गरिने छ।

विपन्नका लागि आवास योजना कार्यक्रमका लागि आवश्यक वजेट विनियोजन गरिनुका साथै फुसको छाना विस्थापित गरि सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

नक्सामा बाटो रहेको तर फिल्डमा बाटो नरहेका स्थानहरुको पहिचान गरि तत्काल बाटोको ट्र्याक खोल्न बजेटको व्यवस्था गरिने छ । यसै गरी चलन चल्तीमा बाटो रहेको नक्सामा बाटो नरहेको वाटाहरुलाइ नक्सा कायमका लागि नापी कार्यालय सँग सहकार्य गरिने छ।

यस पालिका भित्र व्यवस्थित बजार ढल निकास गुरुयोजना निर्माणका लागि आवश्यक बजेट व्यवसथापन गरिने छ ।

मानखोला लगायत अन्य स्थानमा झोलुङ्गे पुल निर्माणको योजनाहरु आगाडी बढाईने छ ।

स्थानिय स्तरको विकासमा टोलविकास संस्थालाई सहभागि गराईनेछ ।

समग्र खजुराको विकासका लागि मुल सडकबाट वडा कार्यालय जोडने, वडाबाट पालिका जोडने सडक हरु क्रमश कालोपत्रे गर्दै लगिने छ ।

आर्थिक अभावका कारण पालिकाबाट निर्माण हुन नसक्ने ठुला योजनाहरु प्रदेश सरकार र संघिय सरकार निर्माण गर्न सँग अनुरोध गरिने छ ।

ठूला पुलहरु निर्माणका लागि डोलिडार पुल महाशाखा भौतिक पूर्वाधार मन्त्रालय सँग समन्वय गरि आवश्यक प्रकृया अगाडि वढाईने छ ।

खजुरा गाउँपालिकालाई व्यवस्थित शहर निर्माणका लागि सम्बन्धीत निकाय र संघिय सरकारसँग अनुरोध गरिने छ ।

नेपाल विद्युत प्राधिकरण खजुरा उप-वितरण केन्द्रलाई तत्काल खजुरा वितरण केन्द्रको रुपमा स्थापना गर्न पहल गर्ने नीति लिइएको छ।

सार्वजनिक निजि साझेदारी विकास कार्यक्रमहरु संचालन गर्नुको साथै एक मेघा वाट विद्युत उत्पादन गर्न सौर्य पलानट निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिनेछ।

कृषि सम्बन्धी नीति
प्रत्येक वडामा कृषि उत्पादनलाई जोड दिन कृषि प्राविधिकको व्यवस्था गर्ने र युवा कृषकका लागि कृषि पेशामा आवद्ध गर्नलाई १ वडा १ पकेट क्षेत्र कार्यक्रमलाई विस्तार गर्ने ।

व्यवसायिक खेति गर्न किसानलाई मल, विउ खरीद गर्नमा गाउँपालिका बाट आवश्यक सुविधा उपलब्ध गराइने व्यवस्था गर्ने साथै अर्गानीक खेती, जडिबुटि खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने ।

कृषि उपज न्युनतम समर्थन मुल्य निर्धारण समिति बनाई कृषि उपजमा मुल्य तोकिनुकासाथै बजारीकरणका लागि सहजिकरण गर्ने ।

सिचाइका लागि दिर्घकालिन गुरुयोजना बनाई पालिका भर लागु गर्ने छ ।
व्यक्ति,समुह तथा सहकारीबाट विउ उत्पादन गर्नेलाई विशेष अनुदानको व्यवस्था गरिने छ ।

पालिका लाई कृषि तथा पशुपंक्षिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिइने छ ।

कृषि क्षेत्रलाई प्रतिस्पर्धी र उत्पादनमुखी बनाउन सिचाई, कृषि सड्क, ग्रामिण विद्धुतिकरण, हाट बजार, थोक बजार ,कृषि उपज संकलन केन्द्र, प्रशोधन केन्द्र जस्ता पुर्वाधारहरुको निर्माण तथा संवर्धन गर्ने नीति लिइने छ ।

कृषक पाठशालाको अवधारणालाई अगाडी बढाउने नीति अवलम्वन गर्नुका साथै तरकारी फलफुल ,दुध ,अण्डा, माछा, मासु उत्पादनको आधारमा अनुदान उपलब्ध गराउने नीति लिइनेछ ।

“हरेक गृह हरित गृह “अभियान संञ्चालन गरि हरेक घरमा हरित गृह तथा करेशावारी संचालन गर्न प्रोत्साहन गरिने छ ।

खेतियोग्य जमिन र बाँझो राखेका जमिनलाई सम्बन्धित सरोकारवालाई उत्पादन गर्न प्रेरित गर्ने यदि सो हुन नसकेको अवस्थामा स्थानीय सरकारले लिजमा लिइ गरिब किसानलाई उत्पादनमा जोड दिन आवश्यक व्यवस्था मिलाउने छ ।बाँझो राख्नेलाई नियमानुसार कार्वाहीको दायरामा ल्याईनेछ।

पालिकामा उत्पादित कृषि उपजलाई सहकारिहरु सँग समन्वय गरि सङ्कलन केन्द्रमा सङ्कलन गर्ने व्यवस्था मिलाई किसानलाई उत्पादन देखि बजार सम्म पुर्र्याउन आवश्यक व्यवस्था गरिनेछ।

कृषि सहकारी र कृषक समुहसँग सहकार्य गरी कृषि उद्योग संचालन गरिने छ।

विशिष्टीकृत सहकारी संघ निर्माण गरि शित भण्डारलाई संचालन गरिनेछ।
स्थानीय विउ विजन (धान,गहु,मकै लगाएत तरकारी) लाई उत्पादन गरि वितरण गर्ने।

गरिव एवम् कमजोर कृषकलाई स्तरोन्ती गर्न (कृषक सँग जनप्रतिनिधि) कार्यक्रम संचालन गरिनेछ ।

पालिकाको रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार युवाहरु मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत श्रम सहकारीमा आवद्ब हुने गरि कम्तिमा ३०० कृषि स्वयम् सेवक तयार गरि कृषि उत्पादन तथा उद्दमी कार्यक्रम सञ्चालन गर्न कार्यविधि तय गरि लागु गरिने छ ।

किसानलाई आवश्यक पर्ने सहुलीयत कृषि कर्जा किसानको घरदैलोमा सरल र सहज रुपमा उपलब्ध गराउन बैंक वित्तीय संस्थाहरु सँग समन्वय गरि उपलब्ध गराउन पहल गरिने छ ।

सबै वडाका खेति योग्य जमिनहरुको माटो जाँच गरि प्राङ्गारिक खेतीलाई जोड दिदै कम्पोष्ट मल उत्पादन कार्यलाई जोड दिई रासायनिक मलको सहज आपूर्तिका लागि आवश्यक समन्वय गरिनेछ ।

व्यवसायिक विउ उत्पादक विषेश पकेट कार्यक्रम किसानहरुलाई प्रोत्साहन स्वरुप सिचाइ मिटरमा उठेको विलको चालिस प्रतिशत रकम अनुदान स्वरुप उपलब्ध गराइने छ ।

अनुदान कार्यक्रमलाई ठोस बनाउन अनुदान सफ्टवेयर राखि अनुदानको न्यौचित वितरण गरिने छ ।

कृषि कल सेन्टर स्थापना गरि किसानहरुलाई टेलिफोन बाटै प्राविधिक सहयोग उपलब्ध गराईने छ ।

उपाध्यक्ष सँग उत्कृष्ट कृषक समुह (पुरस्कार वितरण) कार्यक्रम लागु गरिने छ।

उपाध्यक्ष सँग कृषक समुहलाई प्रविधि

हस्तानतरण(जाम,जेलि,अचार,चिप्स) कार्यक्रम लागु गरिने छ।

उन्नत विउ, घाँस विउ वितरणका लागि खरिद गर्दा स्थानीय उत्पादन लाई पहिलो प्राथमिकता दिइनेछ।

व्यवसायिक कृषकहरुलाई कृषि बिमामा आवद्ध गराईनेछ।

5 कठ्ठा भन्दा बढिमा व्यवसायिक खेति गर्ने कृषकलाई व्यवसाय दर्तामा प्रोत्साहन गर्ने र उत्कृष्ठ रहेको कृषि फर्मलाई प्रोत्साहन अनुदान प्रदान गरिने।

सामुहिक खेति प्रणालिलाई प्रोत्साहन गर्ने तथा उत्कृष्ठ करषक समुहलाई।
किसान सुचिकरण द्वारा सम्पुर्ण कृषकहरुको तथ्याङ्क राख्ने र कृषि सम्बन्धि सम्पुर्ण सूचनालाई सुचिकृत कृषकहरुलाई बल्क मेजक द्वारा सूचना प्रदान गरिने।

कृषि क्षेत्रको सम्भाव्यता अध्यन अनुसार निर्माण गरिएको योजना प्रत्येक वडामा प्राथमिकिकरणमा रहेको वालि अनुसारको पकेट स्थापन गरि उत्पादन देखी बजारिकरण सम्म जोड्ने।

बिज्ञ संग कृषकहरुलाई जोडि कृषकहरुको समस्या समाधान गर्ने, परामर्श प्रदान गर्ने र दक्ष कृषक बनाउने।

कृषि प्राबिधिक तथा कृषि स्नातकमा अध्यनरत बिद्यार्थिहरुलाई प्ररिचालन गरि कृषकहरुको खेतबारीमा सेवा तथा परामर्श प्रदान गर्ने।

कृषिक्षेत्रमा सिचाइको समस्यालाई न्युनिकरण गर्नको लागि ठुलो सिचाई आयोजना, लिफ्ट सिचाई, सोलार सिचाई, डिपबोरिङ्गलाई सञ्चालनमा ल्याउन जोड दिने।

सिड मनि बैकको स्थापना गरि सामुदायिक बिद्यालयहरुलाई कृषि प्रयोजनको लागि प्रदान गरिने छ।

कस्टम हायरिङ्ग सेन्टर स्थापना गरि कृषि यान्त्रिकरणमा जोड दिने।
कपास विकास केन्द्रिय कार्यालय सँग सहकार्य गरि कपास उत्पादन गर्न विउ, औषधि, मलमा अनुदान र ओरेन्टेसन तालिम दिइनेछ।

पशुसेवा सम्बन्धी नीति
व्यवस्थित मासुपसल सञ्चालनका लागि मासु व्यवसायीलाई प्रोत्साहन गर्ने ।
व्यवसायिक पशुपंक्षि पालकलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा प्रोत्साहन गर्ने निति लिइने छ ।

पशुपालक कृषकलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन प्रत्येक वडामा एक एक प्राविधिकका साथै घाँस उत्पादनका लागि पकेट क्षेत्रहरु विकास गरीने छ ।

वर्षे तथा हिउदे घास निःशुल्क वितरण गरिनेछ।

पशुनश्ल सुधारका लागि भैरहेको नि:शुल्क कृतिम गर्भाधारण सेवालाई निरन्तरता दिइने छ ।

कृषकहरुले उत्पादित दुध व्यवस्थित रुपमा संकलन र बजारिकरणका लागि समुह, व्यक्तीहरुलाई अनुदानमा क्यान, डि फ्रिज बितरण गरिने छ, चिस्यान केन्द्र स्थापनाका लागि अनुदानको व्यवस्था गरिने छ र उत्पादनमा अनुदान दिने नितिलाई जोड दिइनेछ।

छाडा पशु व्यवस्थापनमा युवाहरुलाई आवद्ध गराउदै व्यवस्थित गौशाला निर्माण गरि कृषि तथा पशु तालिम केन्द्र अर्गानिक उत्पादन केन्द्र निर्माण गरिनेछ ।

सिमाना पारीवाट आउने मासु जन्य र कृषिजन्य अवैध आयतलाई नियन्तरणका लागि सम्बन्धि निकाय सँग समन्वय गरिने छ ।
पशु कल सेन्टर स्थापना गरि किसानहरुलाई टेलिफोन बाटै प्राविधिक सहयोग उपलब्ध गराईने छ ।

पशु सुत्केरी भत्तालाई निरन्तरता दिइनेछ।

बाख्रा,गाई,भैसी पालन पकेट क्षेत्र स्थापनाका लागि विषेश बजेट व्यवस्थापन गर्ने।

उन्नत जातका पशु (खसी, बोका, पाठापाठी, बँगुर) वितरणका लागि खरिद गर्दा स्थानीय उत्पादन लाई पहिलो प्राथमिकता दिइनेछ।

पशु सेवा नपुगेको क्षेत्र छनोट गरी सिबिर संचालन गरिनेछ।

बार्षिक पशु सेवा खोप नियमित गरिनेछ।

ब्यबसायिक फर्म हरुलाई प्राथमिकतामा राखी औसधि तथा घास को बिउ वितरण गरिनेछ।

ब्यबसायिक फर्म हरुलाई प्राथमिकतामा राखी चारा मसीन बितरण गरिनेछ।

पसुपालक कृषक लाई निसुल्क औसधि उपचार गरिनेछ।

सूचना प्रविधि सम्बन्धी नीति
१. पालिकाको स्मार्ट पालिका अन्तर्गत डिजिटल प्रोफाईल तयार गरि सेवा प्रवाहलाई एकिकृत प्रणाली सँग आबद्ध गरि यस गाउँपालिका लाई डिजिटल खजुरामा परिणत गर्ने तर्फ अगाडि बढाईने छ ।

२. Digital Literacy (डिजिटल साक्षरता) र साइवर सुरक्षा सम्वन्धी कार्यक्रम संचालन गरिनेछ।

३. पालिका र वडा बाट दिइने सेवालाई सहज, सरल,चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउन सूचना प्रविधि प्रणाली सेवामा जोड दिइने छ र आवश्यक पर्ने विभिन्न सफ्टवेयर लागु गरि सेवालाई सहज बनाईनेछ।

४. जनप्रतिनिधीहरु तथा कर्मचारीहरुलाई सूचना प्रविधि सम्बन्धी क्षमता विकास कार्यक्रम संचालन गरिनेछ ।

६. खजुरा गाउँपालिका कार्यालयमा सर्वसाधरणका लागि फ्रि वाइफाइ इन्टरनेटको व्यवस्था गरिनेछ।

७. पालिकाका सेवा र सूचनाहरु अनलाइन मार्फत प्रशारण गर्ने र वडा कार्यालयबाट उपलब्ध हुने सेवा सुविधाहरुलाई विद्युतीय प्रणालीबाट उपलब्ध गराउने व्यवस्थालाई अझ प्रभावकारी बनाईनेछ।

८. सेवा प्रवाहमा टोकन प्रणाली, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, डिजिटल नागरिक वडापत्र, डिजिटल नोटिस बोर्ड र सामाजिक सञ्जाल लगायत विविध प्रविधिसँग जोडिनेछ ।

९. स्थानीय तह संस्थागत स्वमूल्यांकन कार्यविधि, २०७७ , स्थानीत तह वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि,२०७७ र स्थानीय आर्थिक विकास मुल्याङ्कन कार्यविधि २०७९ ले तय गरेका सूचकहरुमा देखिएका राम्रा अभ्यासहरुलाई निरन्तरता दिदै सुधार गर्नुपर्ने क्षेत्रहरु पहिचान गरि क्षमता विकास योजना तयार गरिनेछ र त्यसको कार्यान्वयमा तिव्रता ल्याइनेछ । गाउँपालिकाबाट सञ्चालन गर्ने क्रियाकलापहरुमा नवप्रवर्तन (Innovation) लाई जोड दिइनेछ ।

१०. गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा, विकास कार्यहरुको प्रभावकारी रुपमा संचालन गर्न, गराउन सेवाग्राहीहरुबाट सुझाव संकलन, गुनासो व्यवस्थापन, र नागरिक वडापत्र सम्बन्धी कार्यलाई आधुनिक प्रविधिमैत्री बनाई चाँडो भन्दा चाँडो सम्बोधन गर्ने प्रणालीको स्थापना एवम् संचालनको व्यवस्था मिलाइनेछ ।यस्तो कार्य वडास्तरमा समेत विस्तार गरिनेछ ।

११. अनुगमन प्रणाली, तथ्याङ्क संकलन तथा सुशासन प्रवर्द्धन जस्ता विषयलाई विद्युतीय माध्यामको प्रयोग गरी बढी भन्दा बढी अनलाइनमा आधारित बनाइनेछ ।

१२. एकिकृत व्यवस्थापन प्रणाली (Integrated Management System) सम्बन्धी कार्ययोजना बनाई बिभिन्न सेवाहरुलाई एकिकृत गरि सेवा प्रवाह विस्तार गरिनेछ।

१३. सेवा प्रवाहका हरेक क्षेत्रमा प्रविधिको विकास तथा विस्तार गरी विद्युत्तीय शासन (E-Governance) लाई कार्यान्वयन गर्ने नीति लिईनेछ ।

सार्वजनिक सेवा प्रवाह सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति

बेरुजु फछर्यौट समिति निर्माण गरि बेरुजुलाई कम गरिनेछ।

हरेक महिना भए गरेका काम प्रशासनिक तथा आर्थिक विवरण पालिका र वडा बाट अनिवार्य सार्वजनिक गरिने छ ।

सार्वजनिक जवाफदेहिता, पारदर्शिता र जनउत्तरदायित्व प्रवर्द्धन गर्नका लागि सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, हेल्प डेस्क, नागरिक भेला, सामाजिक परीक्षण नागारिक सेवा सन्तुष्टि मापन जस्ता सुशासन संयन्त्रको प्रयोग गरिने छ ।

पालिका, वडाले गरेका हरेक निर्णयलाई ३ दिन भित्र सार्वजनिक गर्ने परिपाटिको विकास गरिने छ ।

खजुरा गाउँपालिकाको विकासमा सहभागिता र सूचनाको हक बारे टोल सुधार समितिहरुलाई वस्तिस्तरमा तालिम प्रदान गरिनेछ।

खजुरा गाउँपालिका अन्तर्गत विषयगत समितिहरुलाई औचित्य र जिम्मेबारी बारे अनुशिक्षण गरि सेवा प्रवाहलाई चुस्त दुरुस्त गराईनेछ।
सार्वजनिक खरिद योजना बनाई सार्वजनिक खरिद प्रकृयालाई पुर्ण पारदर्शि बनाईने छ ।

कर्मचारिलाई आवश्यक तालिमको व्यवस्था गरि सेवा प्रवाहमा नविनतम अवधारणालाई आत्मसाथ गरिने छ ।

गुनासो व्यवस्थापन, सूचनाको हक कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाईनेछ ।

पालिकाको मासिक आम्दानी र खर्च सार्वजनिक गर्ने निति अबलम्बन गरिनेछ ।

पालिकावासीलाई आधारभूत सेवा सुविधा सहजतापूर्वक प्रदान गर्न सेवा प्रवाहलाई प्रभावकारी बनाउन नतिजामा आधारित कार्य सम्पादन प्रणाली तथा संस्थागत क्षमता अभिवृद्धि गरिने छ । कर्मचारीहरुको क्षमता वृद्धि गर्न, मनोवल उच्च राख्न र कार्य सम्पादनलाई व्यवस्थित गर्नका लागि तालिम, प्रशिक्षण, कार्य सुरक्षा, प्रोत्साहन भत्ता तथा कार्यसम्पादनमा आधारित पुरस्कारको व्यवस्था गरिनेछ ।

सेवा प्रवाह र प्रशासनिक कार्यलाई सहज वनाउन यस गाउँकार्यपालिकाको भवनलाई अझै व्यवस्थित बनाईनेछ । वडा कार्यालय तथा स्वास्थ्य केन्द्रका भवनहरु व्यवस्थित गर्दै लगिनेछ ।

जनताको गुनासो व्यवस्थापनका लागि गाउँपालिकामा अध्यक्षको संयोजकत्वमा र वडा कार्यालयमा वडा अध्यक्षको संयोजकत्वमा गुनासो व्यवस्थापन समिति गठन गरी गुनासोको सुनुवाईका लागि सहकार्य गरिनेछ । पालिकावासीहरुको राय सुझाव संकलन गर्न, गुनासो व्यवस्थापन र जवाफदेहिता वहन गर्नका लागि हरेक वडा र गाउँपालिकामा गुनासो पेटीकाको व्यवस्था गरिनुका साथै हरेक महिनाको एक दिनलाई जनतासँग स्थानिय सरकार कार्यक्रम संचालन गरिनेछ ।साथै जनताका हरेक गुनासो सुनुवाई गर्न जनताका सुख दुखमा साथ दिन जनताका जनप्रतिनिधि जनताकाकै घरदैलोमा कार्यक्रम संचालन गरिनेछ ।

कार्यालयमा तत्काल आवश्यक पर्ने थप जनशक्तिको व्यवस्थापन सार्वजनिक खरिद ऐन तथा करार सेवा निर्देशिकाको आधारमा गरिनेछ ।
पटक/पटक सेवा खरिद गर्दा हुने कार्यबोझ र असहजतालाई विचारगरी पुराना सेवा करारमा लिई निरन्तरता पाएकाहरुलाई उनिहरुको योग्यता र आचारणको आधारमा कार्यालयको आवश्यकता र साधन स्रोत तथा क्षमतालाई हेरी निरन्तरता दिने नीति लिइनेछ ।

प्रदेश सुशासन केन्द्र सँग समन्वय गरि उपलब्ध जनशक्तिको क्षमता विकास लागि तालिम संचालन गरिनेछ ।

न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको आधार बनाइनेछ ।

टोल विकास तथा उपभोक्ता समितिहरुलाई तालिम प्रदान गरि पालिकाको योजनाका काम प्रवाहकारी हुनेछ।

पालिकाको समग्र तथ्याङ्क अध्यावधिक गरी तथ्याङ्कको आधारमा आयोजना तर्जुमा र नतिजाको आधारमा अनुगमन तथा मूल्याङ्कन गरी पालिकाको गतिविधि प्रभावकारी बनाइनेछ ।

स्थानिय तह संचालनका लागि आवश्यक पर्ने थप नीति, आवधिक योजना तथा गुरुयोजना र कानूनको तर्जुमा गरी गाउँपालिकाको कार्यलाई थप व्यवस्थित बनाइनेछ ।

गाउँपालिका नगर प्रहरीको भर्ना गरी पालिकाको सुरक्षा तथा व्यवस्थापन लाई सुदृढ गरिने छ ।

अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, र प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख सँग कार्यसम्पादन सम्झौता गरी नतिजामा आधारित रही दण्ड पुरस्कारको व्यवस्था गरिने छ ।

आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न तथा अनुभव संगाल्न कर्मचारीलाई पर्यटन काजको लागि आवश्यक बजेट विनियोजन गरिने छ ।

अभिलेखका आधारमा सहिद परिवार वेपत्ता परिवार घाइते परिवार द्बन्द्ब पिडित परिवार विपन्न गरिव परिवारलाई पालिकाबाट प्रदान गरिने सेवासुविधालाई विषेश प्राथमिकता दिन नागरिक परिचय पत्र उपलब्ध गराइने छ ।

पालिका भित्र भए गरेका कामहरुको प्रगति विवरण प्रकाशनमा ल्याउन अर्धवार्षिक रुपमा पालिका बुलेटिन र बार्षिक रुपमा पालिका स्मारीका प्रकाशित गरिने छ ।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन योजना (ONM) अनुसार कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाईनेछ।
शहिद वेपत्ता परिवारजनहरुलाई सम्मान कार्यक्रम गरिनेछ।

राजश्व र वित्तिय व्यवस्थापन सम्बन्धी नीति
कर प्रणालीलाई स्वच्छ र पारदर्शि बनाउदै स्वेच्छिक करबुझाउने परिपाटिको विकास गर्न सबै व्यवसायिहरुलाई चालु आ.व भित्र दर्ताका लागि विशेष पहल गरिने छ।

गाउँपालिका बाहिर दर्ता भएका तर गाउँपालिका क्षेत्रभित्र काम गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संघ सहकारी निर्माण व्यवसायि सप्लायर्सहरुलाई सूचिकृत गराइ करको दायरमा ल्याइने छ ।

गाउँपालिका भित्र सञ्चालनमा रहेका साना व्यवसाय, व्यवसायिक, कृषि तथा पशुपंक्षी लघु उद्योग लाई सूचिकृत गरि करको दायरामा ल्याइने छ ।
गाउँपालिका भित्र रहेका सहकारी वित्तिय संस्था उद्योगहरु लाई सूचिकृत गरिने छ ।

प्रगतिशिल करको अवधारणालाई अगाडि बढाइ बढि कर तिर्ने लाई सम्मान तथा पुरस्कृत गरिने छ ।

करका दर हरु लाई निश्चित विन्दुमा राखि दायरा विस्तार गर्दै अगाडी बढिने छ ।

वन पैदावार, कृषिजन्य, उत्पादन, पशुजन्य उत्पादनको निकासी पैठारीलाई करको दायरमा ल्याइने छ ।

सम्पुर्ण क्षेत्रलाई सचिकृत गर्न तथा करको दायरमा ल्याउन आवश्यक निति तय गरि छुट दिइनेछ।

गाउँपालिकामा सुचिकृत नभएका व्यवसायहरुलाई अनिवार्य सुचिकृत गर्न लगाएर मात्र भुक्तानी दिइनेछ।

विभन्न कबाड सामान निकासीका लागि कार्य अगाडी बढाइनेछ।

उद्योग, व्यवसाय लाइ प्रर्वद्धन गर्ने योजना तथा कार्यक्रम ल्याईने छ ।

कर तिर्ने सोच तथा बानी बिकासका लागि करदाता शिक्षा अभियान संचालन गरिने छ ।

संस्कृति तथा पर्यटन सम्बन्धी नीति

खजुरा गाउँपालिका भित्र रहेका भाषा, साहित्य, कला संस्कृतिको अध्यन्न, संरक्षण, सम्बर्धन र विकास तथा अनुसन्धान गरिनेछ।

खजुरा गाउँपालिका भित्र रहेका साहित्यकारका साहित्यिक कृतिहरुको विधागत समालोचना, खजुराका आख्यान(कथा, उपन्यास), खजुराका कविता, प्रकाशन गरिनेछ।

यस गाउँपालिका भित्र रहेका विभिन्न जात, जाति, धर्म सम्प्रदायका संस्कृतिक पहिचान झल्कने प्रदर्शनिमुलक कार्यक्रम गरिनेछ।

खजुरामा प्रतिभाको खोजी कार्यक्रमलाई निरन्तरता दिईनेछ।

स्थानीय साहित्य कला प्रतियोगितालाई निरन्तरता दिईनेछ।

अन्य प्रदेश, स्तानीयन पालिका तथा संघिय सरकार एंव नेपाल प्रज्ञा प्रतिष्ठान, नाट्य कला प्रतिष्ठान,ललितकला लगायत सरोकारवाला संस्थाहरु सँग समन्वय र सहकार्यमुलक कार्यक्रम गरिनेछ।

भाषा, साहित्य संस्कृति सम्बन्धी प्रादेशिक, राष्ट्रिय स्तरको सभा, सम्मेलन,गोष्ठी लगायत कार्यक्रम गरिनेछ।

विभिन्न साहित्य पुरस्कार व्यवस्था गरिनेछ।

साहित्यिक सांस्कृतिक विधागत प्रशिक्षण संन्चालन गरिनेछ।

खजुराको विकास बारे पाको पुस्तासँग वैचारिक अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ।

नियमित रचनावाचन कार्यक्रम संचालन गरिनेछ।

गाउँपालिकाको ताल तलैयाको संरक्षण गरिनेछ।वडा नं. ८ मा रहेको घिया ताल निर्माण गरिनेछ।

वडा नं. २ मा रहेको सहिद पार्क निर्माण कार्यलाई तिब्रता प्रदान गरिनेछ।
घियामा थारु संस्कृति,परिकार र धौलागिरी गाउँमा मगर संस्कृति,परिकार सहितको होमस्टे प्रवर्द्वन गर्न तालिम र भ्रमण गर्ने व्यवस्था मिलाइनेछ

खानेपानी तथा सरसफाई सम्बन्धी नीति
अध्यक्षसँग रोजगार कार्यक्रम निर्माण गरि खानेपानीको पाइप विस्तार गरिनेछ।
खजुरा गाँउपालिका सम्पुर्ण नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुच पुर्याउने उद्देश्यले कार्यक्रम संचालन गरीने छ ।

खजुरा गाँउपालिकाको खानेपानी,सरसफाइ तथा स्वच्छता योजना (वास योजना ) अध्यावधिक गर्न तथ्याङ्क संकलन गरी NWASH-MIS प्रणालिमा अध्यावधिक गरीने छ ।

खजुरा गाँउपालिका सम्पूर्ण वडाहरुमा सुरक्षित खानेपानीको व्यवस्थापन गर्न प्रदेश सरकार, संघिय सरकार तथा सरोकारवाला निकायसंग पहल गरिने छ ।

समुदाय तथा विद्यालयहरुमा पूर्ण सरसफाइ सम्बन्धि जनचेतनामुलक गतिविधिहरु संचालन गरीने छ ।

खजुरा गाँउपालिका अन्तरगतका १० वटा सामुदायिक विद्यालयलाई नेपाल सरकारको निति अनुसार Three star उन्मुख विद्यालय बनाईने छ ।
खजुरा गाँउपालिकामा संचालनमा रहेका र निर्माणाधिन खानेपानी योजनाहरुमा खानेपानी सुरक्षा योजना लागु गरी पानीको गुणस्तर जाँच गर्न राष्ट्रिय गुणस्तर मापदण्ड अनुसार न्यूनतम परिमितिहरुको जाच गरीने छ र सोको लागी पालिकामा मिनि ल्याव स्थापना गरी पानीको गुणस्तर सम्बन्धमा समुदायलाई सचेतिकरण गरीने छ ।

खानेपानी सरसफाइ तथा स्वच्छता संग सम्बन्धित यस पालिकामा कार्यरत विभिन्न गैर सरकारी संघ संस्थाहरुलाई पालिका संग सहकार्य गरी गतिविधिहरु संचालन गर्ने व्यवस्था मिलाइने छ । र सो गतिबिधिहरुमा आवश्यकता अनुसार Matching fund को व्यवस्था गरीने छ ।
खानेपानी तथा सरसफाइ संरचनाहरु दिगोपन र नियमित संचालन

Exit mobile version