‘ए’ डिभिजन लिग : सेमिफाइनलको समिकरण पूरा

मिलन युवा स्पोर्टस क्लब र कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा जित हासिल गरेका छन् । आइतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा मिलन युवा स्पोर्टस क्लबले कारकादो युवा स्पोर्टस क्लबलाई १–० ले हरायो ।

मिलनको जितमा दिक्षान्त गिरीले गोल गरेका थिए । उनले खेलमा प्लेयर अफ द म्याचको पुरस्कार जिते ।

यसैगरी अर्को खेलमा कोहलपुर रेसिङ सहारा क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको छ । नवदुर्गाको जितमा ईश्वर श्रेष्ठले २ गोल र विपिन सिंजाली मगरले १ गोल गरे । विपिनले ५ मिनेट र ४४औं मिनेटमा गोल गरेका थिए । विपिनले ३३औं मिनेटमा गोल गरे । खेलमा ईश्वर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

आइतबारको दुई खेल सँगै लिग चरणको खेल सकिएका छन् । अब मंगलबार देखि नकआउट चरणको खेल सुरु हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई सेमिफाइनल खेलहरू हुनेछन् ।

पहिलो सेमिफाइनलमा रोयल नेपालगन्ज एफसी र धम्बोझी क्लबबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा कोहलपुर रेसिङ सहारा क्लब र न्यु डाँफे स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ ।

प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।

Exit mobile version