कतिपय औषधीहरू नै लागुऔषधका रूपमा प्रयोग हुने गरेका छन् । त्यस्ता औषधीहरू चिकित्सक नलेख्दा सम्म बिक्री गर्न पाइँदैन । त्यसैले पनि लागू औषध दुव्र्यसन तथा ओसारपसार बिरुद्धको एकिकृत अभियान तथा लागू औषध बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मंगलबार कोहलपुर क्षेत्रका औषधी पसलको अनुगमन गरिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा औषधी ब्यवस्था बिभाग, वाणिज्य तथा आपूर्ति कार्यालय, जिल्ला प्रहरी कार्यालयबाट खटिएको कर्मचारीहरूको संयुक्त टोलीले औषधी पसलहरूको अनुगमन गरेको हो ।
त्यस्तै, लागू औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा मंगलबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले रिकभरिङ्ग नेपालसँगको समन्वयमा रक्तदान जीवनदान भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा लागू औषध दुव्र्यसन तथा ओसारपसार बिरुद्धको एकिकृत अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा सचेतनामूलक कार्यक्रमसँगै सरोकारवालाहरू बीच लागुऔषध नियन्त्रणका लागि छलफल, अन्तरक्रिया कार्यक्रमहरू आयोजना भैरहेको छ । आज बुधबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाइँदैछ ।