शम्भु प्रसाद थारु
बाँकेको जानकी गाउँपालिकाले विकास पूर्वाधारमा प्रगाति गर्दै गएको छ । चालु आर्थिक बर्ष २०८१ मा एक सय ५० मिटर सडक पिच गरिएको गरेको छ । पालिकाको वडा नं. ४ मा रहेको मुनिजरपुर र वडा नं. ५ को गुरुवा गाउँको सडक पिच गरेको पालिकाका इन्जिनियर प्रजेश आलेले बताए । गाउँपालिकाले चालु आर्थिक बर्ष ०८०÷८१ मा सबै वडामा ३ किलामिटर कोलिया बाटो पिसिसि गरेको छ, भने वडा नं. ३ मा एक सय ८० मिटर पक्कि नाली निर्माण गरिएको इन्जिनियर आले बताए ।
जानकी गाउँपालिकाको चालु आर्थिक बर्षको ४७ करोड बजेट मध्ये ११ करोड रूपैयाँ बिकास बजेटमा छुट्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको गौरबको योजना मध्ये वडा नं. ५ मा रहेको ईश्वरी ताललाई संरक्षण गर्ने योजना अगाडी बढाएको छ । ताललाई कृषि, पर्यटन तथा बहुउद्देश्य योजनाको रूपमा अगाडी बढाइएको छ । ईश्वरी तालमा गत आर्थिक बर्षका ७३ लाख रूपैया बजेट बिनियोजना गरिएको थियो भने अगामी चालु आर्थिक बर्ष २०८१÷८२ का लागि ७० लाख रूपैया बजेट बिनियोज गरिएको योजना शाखा प्रमुख पौडेलले बताइन् । तालको पूर्ण रूपमा निर्माण सम्पन्न गर्न करिब ७ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।
ईश्वरी ताल निर्माणका लागि बहुबर्षिय योजना अगाडी सारिएको छ । अहिलेसम्म तालको ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । ताल निर्माण सम्पन्न भै सञ्चालनमा आएपछि गौरवको योजनाको रूपमा साबित हुने पालिका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले बताए । ताल निर्माण सम्पन्न भएपछि सिक्टाको पानी जम्मा गर्ने र पर्यटीय गतिबिधि संञ्चालन गरी पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए । तालमा जम्मा भएको पानीले कृषि प्रयोजनका लागि पनि प्रयोग गर्ने योजना रहेकाले बहुउद्देश्य योजनाको रूपमा ताललाई अगाडी बढाइएको प्रमुख प्रशासकिय अधिकृत पौडेलको भनाइ छ । तर तालमा भएको अतिक्रमणका कारण पनि निर्माणको काममा चुनौती रहेको गाउँपालिकाले जनाएको छ ।
जानकी गाउँपालिकाको गौरबको योजनाको रूपमा एतिहासिक जोगा गाउँ पार्क निर्माण तथा ताल संरक्षण गर्ने योजना पनि अगाडी बढाइएको छ । गत आर्थिक बर्षमा तालको वरीपरी वाल बाउण्डरी निर्माण गरिको छ । करिब १२ करोड लागत अनुगमान गरिएको जोगा गाउँ ताललाई बहुबर्षिय योजनाको रूपमा अगाडी सरिएको छ । तला तथा पार्क निर्माण भएपछि धार्मिक पर्यटकसंगै घुमफिर तथा रमाउनका लागि अन्तरिक पर्यटक समेत बृद्धि गर्ने योजना राखिएको छ ।
गाउँपालिकाको एतिहासिक मन्दिरको रूपमा रहेको वडा नं. ५ को गुरुवा गाउँमा नागा बाबा मन्दिर तथा ताल निर्माण गर्ने योजना राखिएको छ । बजेट अभावका कारण उक्त योजना अहिले अल्पत्र आवस्थामा रहेको छ ।
गाउँपालिकाको अर्को गौरबका योजनाका रूपमा १५ शौयाको अस्पताल पनि निर्माण भैरहेको छ । करिब ११ करोड ४४ लाखको लागतमा निर्माण भैरहेको अस्पताल अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत निर्माणको काम सम्पन्न भैसकेको छ । अस्पताल संञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सहज र निशुल्क सेवा उपलब्ध गराइने पालिका अध्यक्ष छब्बन खाँले बताए । ४ करोड २२ लाखमा निर्माण भैरहेको पालिकाको प्रशासनिक भवन १२ करोड लागतमा निर्माण भैरहेको छ । प्रशासनिक भवन करिब ७५ प्रतिशत निर्माणको काम भैसकेको छ । प्रशासनिक भवन संञ्चालनमा आएपछि कर्मचारी तथा सेवाग्राहीलाई सेवा लिन सहज हुने छ ।
गाउँपालिकाले बर्षेनी भौतिक पुर्वाधार तर्पm आवश्यक बजेट बिनियोजना गर्दै आएको छ । पालिका सडक, नाली तथा ठुला र गौरबका योजनामा आश्यक बजेट बिनियोजन गरी पालिकालाई भौतिक पुर्वाधारमा बिकसित पालिका बनाउने योजनाका साथ अगाडी बढेको पालिका अध्यक्ष छब्बन खाँले बताए । उनले भने, ‘बजेटको अभावका कारण सोचे अनुसार पालिकाका गौरब तथा ठुला योजना अगाडी बढ्न नसके पनि बजेटलाई हेरेर आवश्यक बजेट बिनियोजन गर्दै आएको छु ।’ आप्mनो कार्यकालमा सबै ठुला तथा गौरबको योजना सम्पन्न गरी विकसित पालिका बनाउने योजना रहेको उनले बताए ।