नेपालगन्जबाट दुई बालिका हराएपछि खोजिदिन अपिल

बाँकेका दुई बालिकाहरु हराएपछि अभिभावकले खोजी कार्यमा सहयोग गर्न प्रहरी र पत्रकारसँग आग्रह गरेका छन् ।

गत असार १५ गते दिउँसो ३ बजेदेखि १४ बर्षिय आकृति थारु र सोना खड्का हराएको परिवारले जानकारी दिएको छ ।

बालिकाका आफन्तले आकृति राप्तीसोनारी ४ सुर्यलाल पुर गाउँकी र खड्का राप्तीसोनारी ८ बालापुरको भएको बताएका छन् । बालिकाहरु हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं। १३ रामलीला मैदानमा बस्दै आएका थिए ।

बालिकाका अभिभावकले आकृति गहुँगोरो वर्णको ५ फिट हाइटकी र खड्का ५ फुट ३ इन्च हाइटको भएको जानकारी दिए ।

अभिभावकले कसैले बालिकाहरुलाई देखेमा ९८६८२१८५६५, ९८४८०१०३८५ मा सम्पर्क गरिदिन हुन अनुरोध गरेका छन् ।

Exit mobile version