देशमा आजः ८ बजे ८ खबर

१. गृह मन्त्रालयले असार १० मा विज्ञप्ति जारी गर्दै सम्बन्धित स्थानीय तह र वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको व्यवस्था मिलाइने भने पनि जनशक्ति अभावमा कार्यान्वयन हुन सकेको छैन ।
२. सुदूरपश्चिममा एकीकृत समाजवादीको नेतृत्वमा रहेको एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सम्मिलित संयुक्त सरकारले भागबन्डा तथा बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनका लागि मन्त्रालय विभाजन गरेको छ ।
३. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २४ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । १० असारमा बसेको मन्त्रिपरिषद् बैठकले संघयि मामिला मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत गर्दै २४ जना कर्मचारी कटौती गरेको हो ।

४. कर्णाली प्रदेश सभाको बैठक १० दिनदेखि अवरुद्ध छ । आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथि गहन छलफल हुनुपर्ने सदन असार ६ यता चल्न सकेको छैन । बजेटको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दलहरूबीच विवाद हुँदा प्रदेश सभा बैठक प्रभावित बनेको हो ।

५. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौँमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन गरेका थिए ।

६. सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए ।

७. मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशाल यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेश गरेको हो ।

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ । मन्त्रालयले ती विवरण १५ दिनभित्र उपलब्ध गराउन सार्वजनिक आग्रह गरेको छ ।

Exit mobile version