दश लाखको मोबाइल डिस्प्ले बरामद

भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याएको १० लाख बढीको मालसामान बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय
बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगन्ज–२१ बसन्त मल्ल चोक नजिकबाट मोबाइलको स्क्रिन गार्ड र ढुवानीमा प्रयोग भएको २ थान मोटरसाइकल र ३ थान साइकल बरामद भएको हो । प्रहरीले ९ हजार २ सय ८० पिस मोबाइलका स्क्रिन गार्ड तस्करी गरेर ल्याएको फेला पारेको हो ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बरामद गरेको मालसामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको जानकारी दिएका छन् ।

Exit mobile version